छैठौं महिला उद्यमी सम्मेलन आयोजना हुदैँ
नेपालबहस संवाददाता
माघ ५, २०७६ सोमबार ०:४१:५३
५ माघ, काठमाडौं । छैठौं महिला उद्यमी सम्मेलन २०२० काठमाडौँमा आयोजना हुने भएको छ । नेपाली युवा उद्यमी फोरमको सिग्नेचर कार्यक्रम यो वर्ष माघको दोश्रो हप्ता विगत चार वर्ष जस्तै यो वर्ष पनि लक्ष्मी बैंकको प्रायोजनमा आयोजना गरिने भएको छ ।
कार्यक्रम कनेक्ट, कोलाबोरेट र क्रियट भन्ने नाराका साथ आयोजना गरिदैँछ । त्यसैगरि कार्यक्रमको प्लाटिनम स्पोनसर अन्तर्राष्ट्रिय श्रम संगठन रहेको छ जसले महिला उद्यमशिलतालाई प्रबद्र्धन गर्दै आएको छ । गतवर्षको सम्मेलनमा पनि करिब ३० प्रतिशत सहभागिता पुरुषको थियो र यो वर्ष पनि महिला पुरुष दुवैको सहभागिता रहनेछ ।
यो वर्ष ३०० भन्दा बढि सहभागीहरुको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ । कार्यक्रममा उद्यमी, श्रमिक महिला, विभिन्न व्यावसायीहरु लगायत विभिन्न विज्ञहरु र विद्यार्थीहरुको उपस्थिति रहने छ ।
कार्यक्रममा विभिन्न विज्ञहरुको सम्बोधन, प्रेरक वक्ताहरुको प्रस्तुति, प्यानल छलफल लगाय विभिन्न कार्यशालाहरुको पनि आयोजना गरिनेछ । कार्यक्रम माघ १२ गते लाजिम्पाटको र्याडिसन होटलमा आयोजना गरिनेछ ।
सम्मलेनका मुख्य आकर्षणहरु
♦ एकदिने यस सम्मेलनमा महिला उद्यमशिलताका विषयमा र उनीहरुले भोगेका चुनौती र अवसरहरुको बारेमा विभिन्न सत्रहरुमा छलफल गरिनेछ ।
♦सहभागीहरुको बौद्धिक तथा कार्य क्षमतालाई प्रोत्साहन गरिनेछ ।
♦ यो वर्षको सम्मेलन महिला उद्यमीहरुको लागि आफु जस्तै अन्य उद्यमिहरुसँग जनसम्र्पक बढाउनको लागि एउटा राम्रो अवसर हुनेछ ।
♦ यस सम्मेलनका मुख्य दुई सत्रहरु हुनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार