सोमबार रिचार्जरको बिग सेल, एक्स्लुसिभ अफरसँगै छुट र उपहार
नेपालबहस संवाददाता
माघ ५, २०७६ सोमबार ३:५७:५
५ माघ काठमाडौं । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै जनवरी २० सोमबार का दिनमोबाइलएप रिचार्जरमा बिगसेल २०२० सञ्चालनहुँदैछ । उक्तदिन रिचार्जरले नेपाली बजारमा अहिलेसम्मकै सस्तो मूल्यमा विभिन्न वस्तु तथा सेवा उपलब्ध गराउँदैछ ।
भ्रमण वर्ष सचिवालयको आधिकारिक ई कमर्श प्लेटफर्म समेत रहेको रिचार्जरमा जनवरी २० का दिनराती००ः०० बजेदेखि बिगसेल चल्नेछ । ह्याप्पी आवर अन्तरगत प्रत्येक घण्टाको अन्तरमा २०२० रुपैंयामा एक्स्क्लुसिभ अफरहरु उपलब्धहुने रिचार्जरका अध्यक्ष अलाइभ ग्लाइडरले बताए ।
उनले भने, ‘रिचार्जरको सञ्जाल बढाउने अभियानमा प्रयोगकर्ताहरुलाई हामी बजारको तुलनामा सस्तोमा वस्तु तथा सेवाहरु उपलब्ध गराउँदै छौं । रिचार्जरको मोबाइल एप डाउनलोड गरी खाता सञ्चालन गरी अफरबाट लाभान्वित हुन अनुरोध गर्दछु ।’
बिगसेलमा मेगा डिल अन्तरगत ६० प्रतिशत सम्मको छुटमा वस्तु तथा सेवाहरु पाइनुका साथै क्यास भौचर, एक्स्ट्रा बैंक डिस्काउण्ट पनिपाउन सकिन्छ । यसै गरी हरेक खरिद कर्ताहरुलाई गोला प्रथाबाट विभिन्न किसिमका उपहारहरु समेत प्रदानगरिनेछ । विश्वभरी रहेका स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण वर्षको अफर अन्तरगत रिचार्जर बिग सेल २०२० मा सहभागिता जनाउन सक्ने छन् ।
भ्रमण वर्ष २०२० सचिवालयसँगको सहकार्यमा रिचार्जरले तीन वटा नयाँप्रोडक्ट तथा सर्भिस पनि बिगसेलदेखि सुरु गर्दैछ । जसमा डोमेस्टिक टूर प्याकेज, सोभिनियर्ज आइटम (नेपाली हस्तकलाका उत्पादन) र २४ सेभेन फूड सर्भिसमा एक्साइटिङ अफरहरु उपलब्ध हुनेछन् । जसमा २४ सेभेन फूड सर्भिस भने जनवरी २५ देखि मात्र सुरु हुनेछ ।
बिगसेलका दौरान नेपालीलाई नेपाल घुमाउने योजना अन्तरगत सस्तो मूल्यमा विभिन्न गन्तव्यको टूर प्याकेजहरु उपलब्ध हुनेछ । विभिन्नपर्यटकीय स्थलमा हेलिकप्टर मार्फत सस्तो मूल्यमा भ्रमण गर्ने प्याकेज पनि रिचार्जरमा उपलब्ध हुनेछ । जतिको रिचार्ज, त्यति नै क्यास व्याकभन्ने स्लोगान सहित इ कमर्श प्लेटफर्ममा अग्रणी स्थानमा रहेर सेवादिँदै आएको रिचार्जरमा उपलब्ध हुने वस्तु तथा सेवाको महसुल शुन्यप्रतिशत व्याजदरमा किस्ता बन्दीमा उपलब्ध हुने ग्लाइडरले जानकारी दिए ।
विभिन्न बैंकहरुसँगको सहकार्यमा यस्तो व्यवस्था गरिएको हो । इलेक्ट्रोनिक्स, ग्याजेट्स, टूर प्याकेजहरु किस्ता बन्दीमा उपलब्ध गराई सेवाग्राहीलाई वित्तीय भारबाट छुटकारा दिलाउने योजना रिचार्जरको छ । अहिले डाउनलोड गर्नुस, समय र पैसाको बचत गर्नुस् भन्ने नारा सहित रिचार्जरले दैनिक प्रयोगमा आउने सेवाहरु एकै स्थानमा उपलब्ध गराउँदै आएको छ ।
रिचार्जरले जतिको मोबाइल रिचार्ज गर्योत्यत्ति नै क्यास प्वाइन्ट दिँदै आएको छभने अन्य सेवामा खरिदमा २० प्रतिशत क्यास प्वाइन्ट दिँदै आएको छ । यसरी प्राप्तहुने क्यास प्वाइन्टलाई रिचार्जर बाट सामान खरिद गर्दा छुटका रुपमा प्रयोग गर्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १८, २०८१ मंगलबार
आजको मौसमः उच्च पहाडी तथा हिमाली भू भागमा हिमपात हुने
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीले आज चिनिया राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने
मंसिर १८, २०८१ मंगलबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार