आज उच्च पहाडी र हिमाली भेगमा पानी र हिउँ पर्ने सम्भावना
नेपालबहस संवाददाता
माघ ६, २०७६ सोमबार १४:३०:१४
६ माघ काठमाडौं । देशभरको मौसम सुधार हुने क्रममा रहे पनि र सोमबार दिनभरजसो अधिकांश क्षेत्रको मौसम सामान्यतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव सामान्य रहेको छ । यसले गर्दा अहिले पूर्वी भूभागमा सामान्यतया बदली भएको छ । यस्तै पहाडी क्षेत्रमा आंशिक बदली भएको छ । तराईका क्षेत्रमा बाक्लो हुस्सु–कुहिरो लागेको छ ।
सोमबार दिउँसो पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । मध्य र पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली हुने मौसमविदले बताएका छन् । पश्चिम र मध्यका उच्च पहाडी भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
यस्तै राति देशका पश्चिमी भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। पूर्व र मध्यका तराई भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ ६ गते (सोमबार)
दिउँसो : पश्चिमी भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ भने देशका मध्य र पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिम र मध्यका उच्च पहाडी भेगमा हल्का देखी मध्यम हिमपातको सम्भावना रहेको छ।
रातीः देशका पश्चिमी भू-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। पूर्व र मध्यका तराई भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना रहेको छ।
माघ ७ गते (मंगलबार)
दिउँसो : देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी र मध्य भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना रहेको छ।
रातीः देशको पूर्वी भू-भागमा सामान्य देखि पूर्ण बदली रही मध्य तथा पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना रहेको छ।
माघ ८ गते (बुधबार)
दिउँसो : पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रहनेछ। तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको छ।
रातीः पूर्वी नेपालमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी भेगका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):– उच्च हिमाली भेगका हल्का हिमपात हुने सम्भावना रहेको साथै तराईका केही स्थानहरुमा हुस्सु/कुहिरो समेत रहने भएकोले चिसोबाट बच्नु हुन सर्वसाधारण लाई अनुरोध छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
कञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
युक्रेनसँग सम्झौता नभए रुसमाथि थप प्रतिबन्ध लगाउन सक्ने ट्रम्पको संकेत
माघ ९, २०८१ बुधबार
सौर्य जहाज दुर्घटनाका पीडितद्वारा न्याय नपाएको गुनासो
माघ ९, २०८१ बुधबार
‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’
माघ ९, २०८१ बुधबार
संखुवासभाबाट एक अर्ब बढीको अलैँची निर्यात
माघ ९, २०८१ बुधबार