के तपाईसँग गणपति माईक्रो फाइनान्सकाे शेयर छ ? यस्तो आयो वित्तीय प्रतिवेदन
आर्थिक संवाददाता
माघ ७, २०७६ मंगलबार १६:५४:३६
७ माघ, काठमाडाैं । खुद मुनाफामा ९ प्रतिशतले वृद्धि गर्दै गणपति माईक्रो फाइनान्सले दोश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित रिपोर्ट अनुसार गणपति माईक्रो फाइनान्सले दोश्रो त्रैमाससम्म १ करोड ६६ लाख रुपैयाँ खुद मुनाफा गरेको छ ।
गत आर्थिक वर्षको दोश्रो त्रैमासमा कम्पनीले १ करोड ५१ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो । समिक्षा अवधिमा कम्पनीको खुद मुनाफा ९ प्रतिशतले वृद्धि भएको र चुक्ता पुँजीमा ४८ प्रतिशतको वृद्धिको कारणले गर्दा कम्पनीको प्रतिशेयर आम्दानी २६ प्रतिशतले घटेको देखिन्छ ।
कम्पनीकाे प्रकाशित प्रतिशेयर आम्दानी ३२ रुपैया १० पैसा छ । गत आर्थिक वर्षको दोश्रो त्रैमासमा कम्पनीको प्रकाशित प्रतिशेयर आम्दानी ४३ रुपैया ३८ पैसा थियो ।
कम्पनीले ७७ करोड ४७ लाख रुपैया सापटी लिएको छ । सापटी रकम ६९ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै कर्जा प्रवाह ६५ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ९ करोड पुगेको छ । निक्षेप संकलन ६६ प्रतिशले वृद्धि २८ करोड ८२ लाख पुगेको छ ।
प्रमुख आम्दानीको श्रोतकाे रूपमा रहेको खुद व्याज आम्दानी ६४ प्रतिशतले वृद्धि हुँदै ४ करोड ३७ लाख पुग्दा संचालन मुनाफा ७१ प्रतिशतले वृद्धि हुँदै २ करोड ३९ लाख पुगेको छ ।
कम्पनीको माघ ५ गतेको बजार मूल्य ७५८ लाई आधार मान्दा कम्पनीको मूल्य आम्दानी अनुपात २३ दशमलव ६१ गुणा रहेको छ ।
विश्लेषण : चुक्ता पुँजी वृद्धि कै हाराहारीमा कम्पनीले खुद मुनाफा वृद्धि गर्न नसक्दा कम्पनीले प्रतिशेयर आम्दानी वृद्धि हुन सकेन । कम्पनीको मूल्य आम्दानी अनुपात २४ गुणा रहेको छ । कम्पनीको बजार मूल्यलाई प्रतिशेयर आम्दानीसँग दाज्दाँ कम्पनीको बजार मूल्य अलिकता धेरै भएको अनुभूति हुन्छ । सापटी रकम, निक्षेप संकलन र कर्जा प्रवाहलाई लघुवित्तले आक्रामक रुपमा वृद्धि गर्दै लागेको देखिन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा ग्लोबल आइएमई बैंकको नयाँ एटीएम सञ्चालन
असार ४, २०८१ मंगलबार
वित्तीय समावेशीकरण नीति जारी
जेठ १८, २०८१ शुक्रबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
प्रदेशको बजेट, उठाउनै नसक्ने आन्तरिक ऋण !
असार १२, २०८१ बुधबार
इजरायलले उत्तरी गाजाबाट हमास सरकारलाई विस्थापित गर्ने योजना ल्याउँदै
असार १२, २०८१ बुधबार
बारामा ८७ हजार मेट्रिकटन मकै उत्पादन
असार १२, २०८१ बुधबार
एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ
असार १२, २०८१ बुधबार
एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने निर्णय
असार १२, २०८१ बुधबार