स्याङ्जा समाजद्धारा बेल्जियममा भ्रमण बर्षको प्रचारप्रसार
नेपालबहस संवाददाता
माघ ९, २०७६ बिहिबार २१:१६:११
९ माघ, बेल्जियम । सरकारले २०२० लाई नेपाल भ्रमण बर्षको घोषणा गरेसँगै बेल्जियममा रहेका नेपालीहरुले प्रचार प्रसारका लागि सांस्कृतिक कार्यक्रम सम्पन्न गरेका छन् ।
युरोप यात्रामा आएका स्याङ्जा निवारी कलाकार खुमन अधिकारी, गायिकद्धय रमिला न्यौपाने र भीमु गुरुङको साथमा बिन खातीले भ्रमण बर्षलाई लक्षित राखेर गोधुली सन्ध्या चलाएको स्याङ्जा समाज बेल्जियम परिवारका महासचिव हुमनाथ पाण्डेले जानकारी दिए । बेल्जियमको आन्तवेरपेन शहरमा यो कार्यक्रम आयोजना गरिएको थियो ।
नेपालका पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने लक्ष्यसहित यो कार्यक्रम आयोजना गरिएको हो महासचिव पाण्डेले भने,“नेपाल बाहिर रहेका नेपालीहरुको पनि भ्रमण बर्षलाई सफल बनाउने दायित्व हो ।” देशको मात्रै नभएर आफ्नो गृह जिल्ला स्याङ्जाको पनि धार्मिक, सांस्कृति र पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्न यो कार्यक्रम गरिएको उनले बताए ।
कार्यक्रमबाट उठेको रकमलाई स्याङ्जा लगायत मुलुकका विभिन्न क्षेत्रमा सामाजिक कार्यमा खर्चिने आयोजकले जनाएका छन् । समाजले स्याङ्जाबाट बेल्जियम गएर बसोवास वा काम गर्दै आएका व्यक्तिको अफठ्यारोमा सहजीकरण गर्दै आएको छ । यस भन्दा अगाडी स्याङ्जाका युवक बेल्जियममा दुर्घट्नामा परेर निधन भएपछि उनको परिवारलाई आर्थिक सहयोग यही समाजले गरेको थियो ।
यस्ता कार्यक्रमले सरकारले लक्षित गरेको भ्रमण बर्षमा २० लाख पर्यटकहरु नेपाल भित्राउनेमा सघाउ पुग्ने विश्वास गरिएको छ । सरकारले पनि विदेशमा बस्ने नेपालीलाई भ्रमण बर्ष सफल बनाउन सहयोग गर्नु आवश्यक देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार