देउवाको सत्ता बार्गेनिङ : कांग्रेस ध्वस्त पार्ने खेल
नेपालबहस संवाददाता
माघ १२, २०७६ आइतबार २०:२२:४२
११ माघ, काठमाडौं । हत्या आरोपी अग्निप्रसाद सापकोटालाई सभामुख पदमा आसिन गराउन सफल भएका खड्गप्रसाद ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अब नयाँ रणनीति बनाउन जुटेका छन् । संक्रमणकालिन न्यायको नाममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फकाउन सफल भएको ओली–प्रचण्ड जोडी अहिले बालुवाटारमा वार्तालाप गर्दै छन् ।
खासगरी नेपाली कांग्रेसलाई नामेट पार्न देउवाको अभिष्ट पूरा गरिदिनु पर्छ भन्ने राम्रो हेक्का यी दुई काम्रेडलाई छ । त्यसैले उनीहरुको जालझेल निकै डरमर्दाे देखिन्छ । देउवालाई सत्ताको भागबण्डामा फसाउन सजिलो रहेको बुझाई दुई काम्रेडलाई भलिभाँती थाहा छ । सत्ता र पदलोलुप देउवा चरित्र र संस्कार खूबै राम्रोसँग बुझेका छन् उनीहरुले ।
त्यसैले देउवालाई एक्ला–एक्लै बालुवाटार बोलाएर कुकुरलाई हड्डी फ्ँयाक्ने जस्तो अभ्यास निरन्तर भइरहेको छ । गत साता ओलीको सरकारी निवास बालुवाटार बोलाएर सत्य निरुपण तथा बेपत्ता आयोगमा भागबण्डा दिए देउवालाई ।
त्यसबाट हौसिएका देउवाले व्यक्ति हत्याको आरोपमा सर्वाेच्च अदालतमा मुद्धा विचाराधिन रहेका सापकोटा विरुद्ध चूँसम्म गरेनन् । बरु सभामुखमा उम्मेदवारी नै नदिने निर्णय गरिदिए देउवाले । सर्वाेच्च अदालतमा परेको अर्काे रिटको सुनवाई समेत रोकिएपछि आज सापकोटालाई सभामुख हुनबाट कसैले रोक्ने अवस्था रहेन ।
लोकतन्त्रका हिमायतीहरुले एक स्वरले सापकोटाको विरोध गर्दा समेत प्रजातन्त्रको ठेकेदार ठान्ने नेपाली कांग्रेसको शीर्ष नेतृत्व निशब्द छ । सभामुखमा देउवाले उम्मेदवारी नदिनुको कारण उपसभामुख पदको बार्गेनिङ हो भन्ने बुझाई धेरैको रहेको छ । हुन पनि देउवा हिजो मात्रै ओली निवास पुगेर उपसभामुख र रिक्त विश्वविद्यालय पदाधिकारीका लागि बार्गेनिङ गरेको खबर सार्वजनिक भएको छ ।
कम्युनिष्टसँग भिड्न तयार युवा जमात देउवाको कार्यशैलीले गर्दा प्रतिरक्षात्मक अवस्थामा पुगेका छन् । इतिहास साक्षी छ, कम्युनिष्टले यो देशमा सधैं कांग्रेसलाई उपयोग मात्र गरेको छ । त्यसको पछिल्लो उदाहरण देउवालाई नै गत स्थानीय निर्वाचनमा प्रचण्डले दिएको धोका पर्याप्त छ । छोरी रेणु दाहाललाई जिताउन देउवाले गरेको जोडबल सबैका सामु छर्लङ्ग छ ।
कम्युनिटसँग उपसभामुख पदको भिख माग्नु पर्ने अवस्थामा रहेका देउवालाई सत्ताको ललिपप देखाएर जे पनि गर्न सकिन्छ भन्ने ओली देउवाको बुझाई नभन्दै सत्य सावित हुँदैछ । प्रजातन्त्र र प्रजातान्त्रिक प्रकृयाका लागि नेपाली कांग्रेसले आफूलाई पटक-पटक उत्सर्ग गरेको छ । बीपी, सुवर्ण सम्शेर, गणेशमान र कृष्णप्रसाद भट्टराई जस्ता नेताले निर्माण गरेको नेपाली कांग्रेस आज मगन्ते बनेको छ ।
पद र सत्तालाई सधैं गौण ठान्ने ती महान नेताका अनुयायीको सोच र चरित्र हेर्दा विरक्त लाग्ने अवस्था छ । देउवाको हातमा पार्टी पुगेपछि उच्च आदर्श, नैतिकता र सदाचार भन्ने शव्दावली नै विलुप्त भएको छ । सभामुख पदमा कांग्रेसले उम्मेदवारी नदिनुको गतिलो तर्क दिन देउवा चुकेका छन् । संसद्मा बहुमत छैन र सभामुखलाई विवादित पद नबनाऊँ भनेर कांग्रेसले उम्मेदवारी नदिएको रुञ्चे तर्कको कुनै अर्थ छैन ।
त्यसो भए भर्खरै सम्पन्न राष्ट्रियसभाको रिक्त १८ सदस्यका लागि भएको निर्वाचनमा कांग्रेसले किन उम्मेदवार उठाएको ? सबैलाई थाहा थियो कांग्रेसले चुनाव जित्दैन । तैपनि उम्मेदवार उठाइयो । किनभने त्यो प्रजातान्त्रिक प्रकृया थियो । कांग्रेसले लोकतन्त्रलाई बलियो बनाउन उम्मेदवारी दिएको थियो । त्यसैले एकै प्रकृतिको मुद्धामा दोहरो मापदण्ड कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन ।
कम्युनिष्टको बहुमत छ भन्दैमा प्रतिस्पर्धा नै नगर्ने काम नेपाली कांग्रेसले गर्नु भनेको ‘हरुवा गोरुको छेरुवा दाउ’ भन्नु पर्ने हुन्छ । प्रजातन्त्रमा जय पराजय स्वभाविक प्रकृया हो । पाँच वर्ष नेपाली कांग्रेसलाई प्रतिपक्षमा बस्ने जनाधिकार प्राप्त छ । प्रजातन्त्रमा जनताको अभिमत नै सर्वाेपरि हो । त्यही भावनालाई पार्टीले स्वीकार्नु पर्छ, जुन आदेश जनमतबाट प्राप्त भएको छ ।
अहिले कांग्रेसले लाभको पद प्राप्त गर्ने जनादेश छैन । त्यसको सम्मान गर्ने काम नेपाली कांग्रेसका नेताहरुले गर्नैपर्छ । आयोग, समिति वा उपसभामुखमा आफ्नो भागवण्डा खोज्नु नै गम्भिर विषय हो । यो प्रवृत्तिलाई भोलि जनताले कसरी लेलान् ?
देउवाको सत्तालिप्साले आम कार्यकर्ताको मनोबल खस्केको छ । कम्युनिष्टसँग भिड्न तयार युवा जमात देउवाको कार्यशैलीले गर्दा प्रतिरक्षात्मक अवस्थामा पुगेका छन् । इतिहास साक्षी छ, कम्युनिष्टले यो देशमा सधैं कांग्रेसलाई उपयोग मात्र गरेको छ । त्यसको पछिल्लो उदाहरण देउवालाई नै गत स्थानीय निर्वाचनमा प्रचण्डले दिएको धोका पर्याप्त छ । छोरी रेणु दाहाललाई जिताउन देउवाले गरेको जोडबल सबैका सामु छर्लङ्ग छ ।
केहीअघि मात्रै गिरिजाप्रसाद कोइरालालाई प्रचण्डले त्यसैगरी उपयोग गरे । राष्ट्रपति बनाउने भनी प्रचण्डले कोइरालालाई समेत बेबकुफ बनाए । अब देउवा कुन चाहिं महान व्यक्ति भए र प्रचण्डका लागि । त्यसैले ढुक्क भए हुन्छ–ओली प्रचण्डले देउवालाई उपसभामुख दिनेवाला छैनन् । बेकारको राँडो रुवाई गरेर कार्यकर्तालाई भुत्ते बनाउने काम देउवा गरिरहेका छन् ।
सरकारका गल्ती कमजोरीको धज्जी उडाएर अर्काे पटक सत्तामा पुग्ने आधार खडा गर्नु पर्ने हो । तर त्यति सामान्य ज्ञानसमेत देउवा मण्डलीमा रहेन । पदका लागि कम्युनिष्टको पुच्छर बन्ने कामा देउवाले गरिरहेका छन् । जनताले त्यो पक्कै मन पराएको छैन ।
भीख माग्ने प्रवृत्ति कांग्रेसको पछिल्लो नेतृत्वको संस्कार नै बनिसकेको लाग्छ । गत साता असन्तुष्ट भनिएका नेता रामचन्द्र पौडेल पनि प्रचण्ड निवास खुमलटार पुगेर उपसभामुख पद मागे । ओलीसँग कुरा गर्न सुझाए प्रचण्डले । लगत्तै देउवाले त्यही प्रस्ताव ओली प्रचण्डसँग गरेका छन् । यसको सन्देश कस्तो जाला ? कांग्रेस नेतृत्वले ख्याल गरेको लाग्दैन ।
कुनै पनि पद मागेर पाउने हैन कांग्रेसका लागि । जनताको अभिमत लिएर पाउने हो । प्रजातन्त्रमा जनमत नै मुख्य आधार हो । जब जनमत नै प्रतिपक्षमा बसेर सरकारको खबरदारी गर्ने रहेको छ भने किन भागबण्डा माग्ने ?
बरु सरकारका गल्ती कमजोरीको धज्जी उडाएर अर्काे पटक सत्तामा पुग्ने आधार खडा गर्नु पर्ने हो । तर त्यति सामान्य ज्ञानसमेत देउवा मण्डलीमा रहेन । पदका लागि कम्युनिष्टको पुच्छर बन्ने कामा देउवाले गरिरहेका छन् । जनताले त्यो पक्कै मन पराएको छैन ।
प्रतिपक्षको नेता बारम्बार प्रधानमन्त्रीलाई भेट्न सरकारी निवास जाने उपक्रम बढेको छ । प्रतिपक्ष भन्ने बित्तिकै सत्तापक्षको सातोपुत्लो जाने अवस्था नेपाली जनताले चाहेको हो । ओली सरकारले गरेका गलत कामको सडक र संसदबाट डटेर विरोध गर्नु नेपाली कांग्रेसको धर्म र कर्तव्य हो ।
त्यसो गरेन भने आउने निर्वाचनमा अहिलेको भन्दा गए गुज्रेको अवस्था हुने छ कांग्रेसको । त्यति नबुझेका नेता त पक्कै छैनन् होला नेपाली कांग्रेसमा । खासगरी दोस्रो र तेस्रो पुस्ताका नेता भनि आफूूलाई दावी गर्नेहरुले त ध्यान दिउन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तनहुँको म्याग्दे गाउँपालिका–२ जामुने क्षेत्रमा सडक कालोपत्र
जेठ ५, २०८१ शनिबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्री निवास बालुवाटार प्रमुख दलका शिर्ष नेताहरु छलफलमा जुटे
जेठ ५, २०८१ शनिबार
'कोपिलाका सुगन्ध’ बजारमा
जेठ ५, २०८१ शनिबार
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
जेठ ५, २०८१ शनिबार