बजारको माहोल राम्रो बन्दा “ईण्ट्राडे हाईमा” बजार बन्द हुनुलाई कसरी हेर्ने ?
आर्थिक संवाददाता
माघ १३, २०७६ मंगलबार ०:२०:२४
१३ माघ, काठमाडाैं । आज दिउँसाे १२ : ३० बाट बजारमा खरिदकर्ता आकर्षित हुँदा दोश्रो बजारले राम्रो आकृति बनाएर बन्द भएको छ । साताको दोश्रो कारोवार दिन नेप्से परिसूचक २३ दशमलव ९५ अंकले बढेको छ । १ दशमलव ८८ प्रतिशतले वृद्धि भएको शेयरबजार १३०० दशमलव ६२ को विन्दुमा बन्द भएको छ । आज १८० कम्पनीहरुको ९१ करोड ७३ लाख बराबरको शेयर खरिदबिक्री भएको छ ।
आज सम्पूर्ण उपसुचकमा वृद्धि देखिएको छ । आज ट्रेडिङ्ग उपसुचकमा सर्वाधिक ४ दशमलव ४७ प्रतिशतको वृद्धि देखिएको छ ।
आज बजार १२७६ दशमलव ६८ को विन्दुमा खुलेको थियो भने आजको बजारको न्यून विन्दु १२७४ दशमलव ०३ थियो । बजारले ११ बजेर ३५ मिनेटमा न्यून विन्दु समातेको थियो । आज बजारले ३ बजे अर्थात बजार बन्द हुँदा उच्च विन्दु समातेको थियो । बजारको उच्च विन्दु र अन्तिम विन्दु एकै हुनुलाई प्राविधिक भाषामा ईण्ट्राडेहाई भनिन्छ । यस प्रकारको प्रवृत्तिलाई सकारात्मक मानिन्छ ।
नेपाल लाईफ इन्स्योरेन्सको शेयर सर्वाधिक कारोवार हुँदा समिट लघुवित्तका शेयरधनीले सर्वाधिक कमाए भने जोशी हाईड्रोपावरका शेयरधनीले सर्वाधिक गुमाए ।
आज सर्वाधिक कारोवार हुने, कमाउने र गुमाउने कम्पनीहरु:
प्राविधिक बिश्लेषण :
मुख्य प्रतिरोध : १३१० पहिलो टेवा : १२७५
- आज बजारमा क्रेताको चाप रहेको देखिन्छ । आज नेप्से परिसूचक १३०० दशमलब ६२ को बिन्दुमा बन्द भएको छ ।
- दुई दिनको कारोबारले “बुलिस एन्गल्फिङ्ग” मैनबत्तीको चित्र बनाएको छ । यसले बजार बढ्न सक्ने जनाउँदछ ।
- दैनिकी अवधिमा “आरएसआई” ६४ दशमलब ६४ को बिन्दुमा छ । आरएसआईको प्रवृत्तिले बजार सकारात्मक भई हालेको जानकारी गराएको देखिदैन् ।
- “एडिएक्स” तथा जोड र बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले विक्रेताको चाप हालसम्म रहेको जानकारी गराएको छ।
- “अन ब्यालेन्स भल्यूम” ले क्रेताको चाप हुन थालेको जनाएको छ ।
- नेप्से बढेमा पहिलो प्रतिरोध १३१० को क्षेत्रमा पाउने देखिन्छ र घटेमा पहिलो टेवा १२७५ को क्षेत्रमा पाउने देखिन्छ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार