कुमारी बैंकको डिबेन्चर आवेदकले मागजति नपाउने
नेपालबहस संवाददाता
माघ १५, २०७६ बिहिबार ०:११:२५
१५ माघ, काठमाडौं । कुमारी बैंक लिमिटेडले निष्काशन गरेको डिबेन्चरमा मागभन्दा बढीको आवेदन परेको छ । सोही कारण बैंकको डिवेन्चर किन्नका लागि आवेदन दिने सबैं लगानीकर्ताले माग बमोजिम डिबेन्चर नपाउने भएका छन् । बैंकको डिबेन्चरमा सर्वसाधारण लगानीकर्ताले १ अर्ब ३० करोड मूल्य बराबरका लागि १३ लाख कित्ता आवेदन दिएका थिए ।
बैंकका अनुसार १ अर्ब २० करोड मूल्य बराबरको १२ लाख (४० प्रतिशत) एकाइ माग गरिएकोमा १ लाख कित्ता बढी आवेदन परेको हो । बाँकी १८ लाख एकाइ भने बैंकले अन्य संघ–संस्थालाई बिक्री गरिसकेको छ । कुमारी बैंक डिबेन्चर २०८६ लाई रेटिङ एजेन्सी इक्रा नेपालले वित्तीय सूचक औसतभन्दा राम्रो जनाउने ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ दिएको छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरूलाई चुक्तापुँजीको २५ प्रतिशतसम्म ऋणपत्र अनिवार्य जारी गर्नुपर्ने व्यवस्था गरेपश्चात् पछिल्लो समय सबैजसो बैंक ऋणपत्र निष्काशनमा जुटेकामा कुमारी बैंकले पनि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र पुस १४ गते निष्काशन गरेको थियो ।
बैंकले एक हजार रुपैयाँ अंकितदरका १० वर्ष भुक्तानी अवधि भएको वार्षिक १०.२५ प्रतिशत ब्याजदर अर्धवार्षिक रूपमा भुक्तानी गर्नेगरी ३० लाख इकाई ऋणपत्र निष्काशन गरेको हो । ऋणपत्रको ब्याजभुक्तानी हरेक साउन १ र माघ १ मा हुनेछ । सावॉ १० वर्षपछि अर्थात २०८६ सालमा एकमुष्ट फिर्ता हुने संस्थागत सुचना एवं सामाजिक उत्तरदाइत्व विभाग प्रमुख सीपा रेग्मीले नेपालबहस डटकमलाई जानकारी दिइन् ।
पञ्चमुनिदेव माध्यमिक विद्मालयलाई सहयोग
यसैबीच बैंकको दुलेगौंडा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पञ्चमुनिदेव माध्यमिक विद्मालयलाई २ थान मेडिकल बेड र १ थान स्ट्रेचर सहयोग गरेको छ । विद्मालयको स्वर्ण जयन्तीको अवसरमा बैंकका गण्डकी प्रदेश प्रमुख नविनराज पौडेलले विद्यालयका प्रधानाध्यापकलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।
प्रमुख अतिथि पूर्व राष्ट्रपति रामवरण यादवले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वको कदर गर्दै सम्मान स्वरूप कदर पत्र प्र्रदान गरेका थिए । विद्मालयले एक स्टाफ नर्स राखि प्राथमिक उपचार कक्ष संचालन गर्दै आएको छ । यस विद्मालयमा मेडिकल सामाग्री आवश्यकतालाई मध्यनजर गर्दै बैंकले उक्त सहयोग गरेको हो ।
आफ्ना देशव्यापी १२० शाखा संजाल, ११७ एटिएम्, ६ एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक सेवाहरु दिंदै आएको कुमारी बैंकले आगामी दिनमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्र्तगत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा यस्तै सेवामूलक तथा प्रभावकारी सेवा पुर्याउँदै जाने प्रतिबद्धता जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
विनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
रौतहट ट्राफिकद्वारा २२ दिनमा ३३ लाख बढी राजश्व संकलन
जेठ १०, २०८१ बिहिबार
ललितपुरको हात्तिवनमा उभौली पर्वको रौनक [ फोटोफिचर ]
जेठ १०, २०८१ बिहिबार
सिन्थेसिस: इतिहासको पुर्नव्याख्या, हिन्दु गणतन्त्र अपरिहार्य
जेठ १०, २०८१ बिहिबार
स्वयम्भू महाचैत्यमा दर्शनार्थीको भीड
जेठ १०, २०८१ बिहिबार
छामघाट खोला र चुप्रा खोलाको सङ्गमस्थल
जेठ १०, २०८१ बिहिबार
खेतबारीमा लहलह झुलिरहेका अन्न
जेठ १०, २०८१ बिहिबार