एसिसी पूर्वी क्षेत्रीय क्रिकेटका लागि खेलाडी छनोट
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
माघ १७, २०७६ शनिबार ३:३१:२४
![](https://nepalbahas.prixacdn.net/media/albums/cricket_hjM7D8JDzq.jpg)
१७ माघ काठमाडौं । नेपाल क्रिकेट सङ्घ ‘क्यान’ले एसिसी पूर्वी क्षेत्रीय पुरुष टी–२० क्रिकेट प्रतियोगिताका लागि आज १८ खेलाडी छनोट गरेको छ ।
आगामी फागुन १५ देखि २३ गतेसम्म थाइल्यान्डमा आयोजना हुने उक्त प्रतियोगिताका लागि क्यानले सार्वजनिक गरेको टोलीमा ज्ञानेन्द्र मल्ल ‘कप्तान’, पारस खड्का, विनोद भण्डारी, करण केसी, दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी, आरिफ शेख, सन्दीप लामिछाने, अभिनाश बोहोरा, पवन सराफ, कुशल मल्ल, सन्दीप जोरा, भुवन कार्की, सुशन भारी, किशोर महतो, लोकश बम, रोहित पौडेल र शेर मल्ल रहेका छन । शेर मल्ल पहिलोपटक सिनियर टोलीको १८ खेलाडीभित्र परेका छन् ।
यस्तै भुवन कार्की लामो समयपछि टोलीमा पर्न सफल भएको छ । क्यानले आज जारी गरेको १८ खेलाडीको सूचीबाट १४ खेलाडी छनोट गर्नेछ । सो प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । उक्त समूहमा आयोजक थाइल्यान्ड, मलेसिया र म्यान्म छन् । यस्तै समूह ‘बी’ मा हङकङ, सिङ्गापुर, भूटान र चीन छन् । नेपालले पहिलो खेल चीनसँग, दोस्रो खेल थाइल्यान्ड तथा तेस्रो खेल मलेसियासित खेल्नेछ ।
दुवै समूहको शीर्ष दुई–दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । उक्त प्रतियोगिताको विजेता टोली पाकिस्तानमा आयोजना हुने एसिसी एशिया टी–२० कपका लागि छानिनेछ । प्रतियोगितामा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तानले समेत खेल्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
अफगानिस्तान टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश
असार ११, २०८१ मंगलबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
असार १०, २०८१ सोमबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
जंगली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ बिरामी
असार ११, २०८१ मंगलबार
सुदूरपश्चिममा सरकारले सार्वजनिक नगर्दै बजेट पुस्तिका बाहिरियो, कांग्रेसले गर्यो विरोध
असार ११, २०८१ मंगलबार
नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक सम्पन्न
असार ११, २०८१ मंगलबार
६० केजी सुन तस्करी प्रकरण : दोस्रो चरणको अनुसन्धानमा २० जना पक्राउ, १५ जना अझै फरार
असार ११, २०८१ मंगलबार
अबैध उत्खनन गरी बालुवा ल्याइरहेको ३ ट्याक्टर चालकसहित पक्राउ
असार ११, २०८१ मंगलबार