यसरी बन्दै छ एनआईसी एशिया देशकै ठुलो बैंक
नेपालबहस संवाददाता
माघ २०, २०७६ सोमबार २०:१४:४२
२० माघ, काठमाडौं । आक्रामक रुपमा व्यापार विस्तार गर्दा धेरैले एनआईसी एशिया बैंकलाई निकट भविष्यमा अप्ठेरो पर्ने भनेपनि बैंकले दिन प्रतिदिन बलियो वित्तीय प्रतिवेदन निकाल्दै सबैको मन जित्दै आएको छ । अन्य वाणिज्य बैंकहरुको साधारणसभामा समेत लगानीकर्ताहरुले एनआईसी एशिया बैंकको उदाहरण दिँदै आफुहरुको बैंक पनि त्यस्तै हुनुपर्ने भन्दै संचालक र व्यवस्थापन समितिलाई ध्यानाकर्षण गर्दै आएका उदाहरण पनि छन् । ठुलो र स्थापित बैंक मध्येको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृतले समेत एनआईसी एशिया बैंक ठुलो बैंक बन्दै गएको अभिव्यक्त्ति दिएबाट पनि एनआईसी एशिया बैंकले नेपाली बेङ्किङ्ग क्षेत्रमा सबैको ध्यान केन्द्रित गर्दैछ ।
बैंकमा तुलसीराम अग्रवाल अध्यक्ष रहेका छन् भने संचालक सदस्यहरुमा त्रिलोकचन्द अग्रवाल, रामचन्द्र संघई, निकुञ्ज अग्रवाल, राजेन्द्रप्रसाद अर्याल, विनोदकुमार प्याकुरेल र गणेशमान श्रेष्ठ रहेका छन् ।
कम्पनीको आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन अनुसार कम्पनीमा शुन्य दशमलव ५ प्रतिशत भन्दा बढी शेयर स्वामित्व भएका २७ शेयरधनी रहेका छन् । जसमध्य अशोककुमार अग्रवालको ६ दशमलव ४५ प्रतिशत शेयर स्वामित्व रहेको छ । त्यस्तै जीवन बीमा कम्पनी मध्येको लिडर कम्पनी नेपाल लाईफ इन्स्योरेन्सको बैंकमा १० लाख १४ हजार कित्ता शेयर रहेको छ ।
यसैगरि बैंकको उच्च व्यवस्थापनमा रोशनकुमार न्यौपाने सीईओको रुपमा कार्यरत छन् । त्यस्तै सुधिरनाथ पाण्डे नायव सीईओको रुपमा कार्यरत छन् ।
बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४२६ एटीएम, १०३ वटा एक्सटेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्ग मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो सञ्जाल भएको बैंकको रुपमा सेवा प्रदान गर्दै आएको छ ।
बैंक भिजन १८–२२ को बाटोमा :
साधारण सभामा अध्यक्षको मन्तव्यलाई आधार मान्दा बैंकले रणनीति २०२० को लक्ष्यहरु समय भन्दा अगावै गर्न सफल भएको परिप्रेक्ष्यमा सोही मान्यता अनुरुप अझ उच्चस्तरको लक्ष्यको परिकल्पनासहितको भिजन १८–२२ बैंकले तर्जुमा गरेको छ । प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेको मन्तब्यलाई आधार मान्दा भिजन १८–२२ को समग्र उद्देश्य व्यवसायिक, आर्थिक तथा अन्य सूचकाङ्कहरुमा उच्चतम स्थान हासिल गरी बैंकलाई देशकै एक सबल तथा उच्च श्रेणीको बैंकको स्थानमा दीर्घकालीन रुपमा कायम गरिरहनु हो ।
समयमै वार्षिक साधारणसभा :
कम्पनीले यस पटक असोज १० गते २२ औ वार्षिक साधारण सभा गर्दै १० प्रतिशत बोनस शेयर र ११ दशमलव ०५२६ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको थियो । आर्थिक वर्ष ०७४/७५ मा कम्पनीले १० प्रतिशत बोनस शेयर र ० दशमलव ५२ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो । असोज भित्रनै वार्षिक साधारण सभा सम्पन्न गर्दा कम्पनी संस्थागत सुशासनमा राम्रो रहेको प्रस्ट देखिन्छ ।
लाभांशको ईतिहास:
कस्तो आयो दोश्रो त्रैमास ?
कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा अर्थात ६ महिनाको अवधिमा नै बैंकले २ अर्बमाथि खुद मुनाफा गर्न सफल भएको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म कम्पनीले २ अर्ब १ करोड खुद मुनाफा गरेकोमा अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा कम्पनीले १ अर्ब ५१ करोड खुद मुनाफा गरेको थियो । यसरी खुद मुनाफामा ३३ प्रतिशतले वृद्धि भएको छ ।
प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानीमा १ प्रतिशतको वृद्धि देखिएको छ । अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा कम्पनीले ३ अर्ब ६० करोड खुद व्याज आम्दानी गरेकोमा चालु आर्थिक वर्षको दोश्रो त्रैमास सम्म कम्पनीले ३ अर्ब ६४ करोड व्याज आम्दानी गरेको छ । त्यस्तै, संचालन मुनाफा ३६ प्रतिशतले वृद्धि हुँदै २ अर्ब ९० करोड पुगेको छ । अघिल्लो वर्षको दोश्रो त्रैमासमा कम्पनीले २ अर्ब १३ करोड संचालन मुनाफा गरेको थियो ।
अघिल्लो आर्थिक वर्ष कम्पनीले दोश्रो त्रैमासमा कम्पनीले ६० करोड २३ लाख कर्जा जोखिम शिर्षकमा व्यवस्थापन गरेकोमा चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा कम्पनीले १९ करोड २६ लाख सो शिर्षकमा व्यवस्थापन गरेको छ ।
प्रतिशेयर आम्दानी ४० रुपैया माथि:
कम्पनीको प्रतिशेयर आम्दानी पनि निकै आकर्षक रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ४१ रुपैया ५० पैसा हुन् आउछ। चुक्ता पुँजी १० प्रतिशतले वृद्धि भएको अवस्थामा कम्पनीले चुक्ता पुँजी भन्दा खुद मुनाफा धेरै वृद्धि भएको छ । यसरी पुँजी वृद्धिसंगै कम्पनीले नाफा पनि आर्कषक रुपमा वृद्धि गर्दै लगेको प्रस्ट देखिन्छ ।
किताबी मूल्य बलियो :
कम्पनीको किताबी मूल्य (प्रतिशेयर नेट्वर्थ) १६४ रुपैयाँ ८७ पैसा आउँछ ।
निक्षेप कर्जा कस्तो ?
कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म साधारण ग्राहकबाट १ खर्ब ७८ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ५१ अर्ब कर्जा प्रवाह गरेको छ । असार मसान्त र अहिलेको तथ्याकलाई दाँजेर हेर्दा कम्पनीको निक्षेप संकलन ४ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह ६ प्रतिशतले वृद्धि भएको छ ।
जगेडा कोष बढ्यो, संचित मुनाफा घट्यो :
जगेडा कोष २५ प्रतिशतले वृद्धि हुँदै ४ अर्ब ९७ करोड पुगेको छ भने संचित मुनाफा ३७ प्रतिशतले कम हुँदै १ अर्ब ३२ करोड पुगेको छ ।
निस्क्रिय कर्जा शुन्य दशमलव ४६ प्रतिशत :
कम्पनीको खराब कर्जा शुन्य दशमलव ४६ प्रतिशत रहेको छ । आक्रामक व्यापार विस्तार गर्दा खराब कर्जा बढ्ने आकंलन धेरैले गरेकोमा एनआईसी एशिया बैंकले खराब कर्जालाई शुन्य दशमलव ५० प्रतिशत भन्दा कम राख्न सफल भएको छ । आक्रामक व्यापार विस्तार गर्दा पनि खराब कर्जालाई नियन्त्रण गर्न सक्नु बैंक व्यस्थापनको सफलताका रुपमा लिन सकिन्छ ।
स्प्रेडदर ५ प्रतिशत भन्दा माथि :
व्याजदर अन्तर ५ प्रतिशत भन्दामाथि छ । बैंकको प्रकाशित स्प्रेडदर ५ दशमलव ०२ प्रतिशत रहेको छ । स्प्रेडदरलाई घटाउनु बैंकलाई चुनौती थपिएको छ। अघिल्लो आर्थिक वर्ष स्प्रेड दर ५ दशमलव ५५ प्रतिशत थियो ।
अन्य सूचक:
बैंकको कर्जा र निक्षेपको अनुपात “सीसीडी अनुपात” ७८ दशमलव १८ प्रतिशत रहेको छ आधार व्याजदर ९ दशमलव ६२ प्रतिशत रहेको छ ।
कम्पनी र दोश्रो बजार :
मूल्य आम्दानी अनुपात १२ गुणा भन्दा कम :
कम्पनीको माघ १९ बजार मूल्य ४९२ लाई आधार मान्दा कम्पनीको मूल्य आम्दानी अनुपात ११ दशमलव ८६ गुणा आउँछ । ११ भन्दा मुनी मूल्य आम्दानी अनुपातलाई लगानी गर्न राम्रै मानिन्छ ।
वास्तविक मूल्य :
बेन्जामिन ग्रामको सुत्रलाई आधार मान्दा कम्पनीको वास्तविक मूल्य ३९२ रुपैया प्रति कित्ता हुन् आउँछ ।
निस्कर्ष : यसरी बैंकले अधिकांश सूचकमा फड्को मार्न सफल भएको छ। खुद मुनाफादेखि प्रतिशेयर आम्दानीमा वृद्धि गर्दै लानु बैंकको सफलता रहेको छ । गत वर्ष भन्दा लाभांश बढ्दै गएको र यही रफ्तारमा अघि बढ्ने हो भने लगानीकर्ताले राम्रो लाभांश प्राप्त गर्ने सक्ने छन् । स्प्रेडदरलाई घटाउदै लाने र आधार व्याज दर कम गराउदै लाने चुनौती बैंक व्यवस्थापनमा थपिएको छ । आक्रामक रुपमा शाखा विस्तार गर्दै लागेको बैंकले ग्राहकलाई सरल र छिटो सुविधा दिदै जानु पर्ने देखिन्छ ।
बैंकले रणनीति २०२० को लक्ष्य हासिल गरेको जानकारी दिदै भिजन १८–२२ को लक्ष्य लिएको छ। रणनीति २०२० जस्तै बैंक अघि बढेमा नेपालकै ठुलो बैंकको रुपमा स्थापित हुने प्रस्ट देखिन्छ ।
उपलब्ध तथ्याङ्क आधारित विश्लेषण पूर्ण होइन, निर्णय लिँदा थप अनुसन्धान गर्नुपर्ने छ । – लेखक
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार