अमेरिकामा राष्ट्रपति चुनावका लागि उम्मेदवार छान्ने प्रक्रिया सुरु
नेपालबहस संवाददाता
माघ २०, २०७६ सोमबार १९:१०:६
२० माघ एजेन्सी । अमेरिकामा राष्ट्रपति चुनावका लागि उम्मेदवार छान्ने औपचारिक प्रक्रिया सोमबारदेखि सुरु हुँदैछ । आउँदो नोभेम्बरमा हुने चुनावका लागि डेमोक्र्यााटिक तथा रिपब्लिकन पार्टीका समर्थकले आफ्नो तर्फबाट उम्मेदवार छान्नका लागि मतदान गर्नेछन् ।
रिपब्लिकन पार्टीकातर्फबाट अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्प नै आउँदो चुनावमा पनि उम्मेदवार बन्ने पक्का जस्तै छ । तथापी रिपब्लिकनबाट उमेदवार बन्ने होडमा अझै ११ जना आकाँक्षी रहेका बीबीसीले जनाएको छ । डेमोक्र्यााटिक पार्टीका आकाँक्षीहरु पनि चुनाव प्रचारमा व्यस्त छन् । पछिल्ला सर्वेक्षणहरुमा डेमोक्र्यााटिक पार्टीमा बर्नी सान्डर्स अघि रहेको बीबीसीले जनाएको छ ।
सन् २०१६ को चुनावमा हिलारी क्लिन्टनसँग पराजित भएर उम्मेदवारी नपाएका बर्नी यसपटक बलियो देखिएका छन् । पूर्व उपराष्ट्रपति जो बाइडेन पनि उम्मेदवार बन्ने होडमा छन् । उम्मेदवार चयनका लागि हुने मतदान आउँदो जुनसम्म चल्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
कञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
युक्रेनसँग सम्झौता नभए रुसमाथि थप प्रतिबन्ध लगाउन सक्ने ट्रम्पको संकेत
माघ ९, २०८१ बुधबार
सौर्य जहाज दुर्घटनाका पीडितद्वारा न्याय नपाएको गुनासो
माघ ९, २०८१ बुधबार
‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’
माघ ९, २०८१ बुधबार
संखुवासभाबाट एक अर्ब बढीको अलैँची निर्यात
माघ ९, २०८१ बुधबार