कृषिजन्य सामग्रीमा कर लिँदै गाउँपालिका
नेपालबहस संवाददाता
माघ २१, २०७६ बुधबार १:३३:३१
२१ माघ, काठमाडैं । स्थानीय तहले लिइरहेको करमाथि जनमानसबाट प्रश्न उठिरहेकै बेला चितवनको इच्छाकामना गाउँपालिकाले यहाँबाट लैजाने कृषिजन्य सामग्रीमा कर लिन थालेको छ ।
अन्य जिल्लाबाट ल्याइएका कृषिजन्य सामग्रीमा कर तिर्नुपर्दा व्यवसायी मारमा परेका छन् । स्थानीय उत्पादन बाहिर निर्यात गर्दा कर लिने भनी गाउँपालिकाले तीन ठाउँमा ढाट राखेका छन् । तर अन्यन्त्र जिल्लाबाट गाउँपालिका हुँदै लैजाने सामग्रीको पनि कर लिने गर्दा व्यवसायी मारमा परेका हुन् ।
कर उठाउने जिम्मेवारी पाएको आश्ना कन्सट्रक्सनले नारायणगढतर्फ रिग्दिखोलामा, काठमाडौंतर्फ फिस्लिङमा र पोखरातर्फ मुग्लिन पुल नजिकै ढाट राखेर कर असूली गर्दै आएको छ । बाहिरबाट ल्याइएको कृषिजन्य सामग्रीमा पनि गाउँपालिकाले अनाधिकृत रूपमा कर उठाएकोमा व्यवसायीहरु यो कार्यको विरोध जनाएका छन् ।
पोखराबाट नारायणगढतर्फ लैजाने कृषिजन्य वस्तुमा पनि कर लिने गरेको राष्ट्रिय फलफूल तथा तरकारी बिक्री सङ्घ कास्कीका कार्यसमिति सदस्य दुर्गा कँडेलले बताए । उनले यस विषयमा गाउँपालिका र जिल्ला प्रशासन कार्यालय चितवनमा पटक–पटक जानकारी गराउँदासमेत कुनै सुनवाई नभएको बताए । उनले भने, “स्थानीय प्रशासन र इलाका प्रहरी कार्यालय मुग्लिनमासमेत उजूरी दिएको छु तर अहिलेसम्म यसबारे कुनै सुनवाई भएको छैन् ।”
गाउँपालिकाभित्र उत्पादन भएका ढुङ्गा, गिट्टी बालुवा, इँटा, कटिङ ढुङ्गा, माटो, फलफुल, तरकारी तथा वनजन्य खयर, काठ, दाउरा, गोलिया, जडीबुटी, हाड, सिङ, छाला, चौपायालगायत अन्य शीर्षकमा गाउँपालिकाले यसै आर्थिक वर्षदेखि कर उठाउन शुरु गरेको हो । उक्त शीर्षकमा कर उठाउनका लागि आश्ना कन्सट्रक्सनलाई जिम्मेवारी दिएको छ ।
कँडेलले इच्छाकामनामा पार गर्दा लिएको करको आधादर्जन भन्दा बढी रसिद देखाउँदै भने, “हामीले पोखराबाट नारायणगढ लैजाने सामग्रीमा जबर्रजस्ती कर लिने गरिएको छ, सम्बन्धित जिल्ला प्रशासन कार्यालय र गाउँपालिकालाई पटक–पटक जानकारी गराएका छौँ, प्रहरीमा उजूरी पनि दिएका छौँ तर सुनवाई भएन, यसरी जथाभावी कर उठाउँदा व्यवसायी मर्कामा परेका छन्, उही सामान उही परिणामको भए पनि हरेक पटक फरक–फरक कर रकम असुल्ने गरेका छन् ।
कँडेलले उपलब्ध गराएको बिलमा पहिलो दिन कृषिजन्य शीर्षकमा प्रति टिप १०० रुपैयाँ शुल्क लिएकोमा क्रमशः पछिल्ला दिनमा प्रतिटिप रु २००, त्यसपछि प्रतिटिप रु २५० र पछिल्लो दिनमा रु ४५० सम्म अवैध रुपमा कर असूली गरेको देखिन्छ ।
गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले अब त्यसरी कर नउठाइने भनेर बारम्बार आश्वासन दिएपनि कर सङ्कलकले विभिन्न बाहनामा बखेडा झिकेर दादागिरी शैलीमा कर लिने गरेको प्रमाण नै पेश गर्दासमेत सुनुवाई नभएको उनले बताए।
बाहिरबाट आएको सामग्रीमा पनि इच्छाकामना गाउँपालिकाले कर उठाएकोबारे अध्यक्ष गुरुङसँग कुरा गर्दा उनले केही समय पहिले स्थानीय उत्पादित वस्तु पनि झुक्याएर बाहिरको भनेर कर नतिर्दा कर सङ्कलकले बाहिरको सामग्रीमा पनि कर लिएको तर अहिले अनुगमन पश्चात बाहिरको हो भनी आवश्यक प्रमाण र कागजपत्र भए कसैसँग कर नउठाएको र उठाएको भए तत्काल कर सङ्कलकलाई कारवाही गर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
गुल्मीमा सुन्तला उत्पादन बढ्यो, कृषक खुसी
पुष २६, २०८१ शुक्रबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
रौतहटमा हात्तीको उपद्रो, बिघौँबिघा जमिनमा लगाएको केराबारी नष्ट
पुष २६, २०८१ शुक्रबार
झापामा सीमास्तम्भ मर्मत गरिँदै
पुष २६, २०८१ शुक्रबार
धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना, चालक र सहचालकको मृत्यु
पुष २६, २०८१ शुक्रबार
५० शैय्याको अस्पताल भवन: थपिएको म्याद सकियो, निर्माण सकिएन
पुष २६, २०८१ शुक्रबार