आक्रामक व्यापार विस्तारमा माछापुच्छ्रे बैंक, विगत ५ बर्षमा गर्यो लोभलाग्दो प्रगति
आर्थिक संवाददाता
माघ २२, २०७६ बुधबार २२:५५:१३
२२ माघ, काठमाडौं । गैह्रआवासीय नेपाली उपेन्द्र महतोदेखि स्वदेश कै प्रतिष्ठित उद्योगपति तथा व्यवसायीहरुको प्रत्यक्ष लगानीमा खुलेको माछापुच्छ्रे बैंकले पछिल्लो समय सकारात्मक वित्तीय परिसुचकहरु हासिल गर्न थालेको छ ।
सन् १९९८ मा पहिलो क्षेत्रीय बाणिज्य बैंकको रुपमा पश्चिमाञ्चलको पोखराबाट आफ्नो बैंकिङ सेवा शूरु गरेको माछापुच्छ्रे बैंकले राम्रो प्रतिफल दिन सफल भएको छ । पोखराका प्रतिष्ठित व्यवसायी एवं समाजसेवी सूर्यबहादुर केसीको सक्रियतामा शुरु भएको यस बैंकमा हाल एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोको परिवारको ठूलो हिस्सा संस्थापक शेयरमा लगानी रहेको छ भने उनकै भाई वीरेन्द्र महतो अध्यक्ष रहेका छन् ।
त्यस्तै संचालक सदस्यहरुमा रोशन केसी, गोपीकृष्ण न्याैपाने, जयमुकुन्द खनाल, विश्वप्रकाश गौतम, अमेशलाल श्रेष्ठ र हरिभक्त सिग्देल रहेका छन् । कम्पनीको आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन अनुसार कम्पनीमा शुन्य दशमलव ५ प्रतिशत भन्दा बढी शेयर स्वामित्व भएका २१ शेयरधनी रहेका छन् । जसमध्य सुरेन्द्र महतोको १२ दशमलव ४७ प्रतिशत शेयर स्वामित्व रहेको छ । सुरेन्द्र महतोको नाममा कम्पनीको १ करोड माथि कित्ता शेयर रहेको छ ।
यसैगरि बैंकको उच्च व्यवस्थापनमा कुशल बैंकर सुमन शर्मा सीईओको रुपमा कार्यरत छन् । त्यस्तै यूवा बैंकर सन्तोष कोइराला नायव सीईओको रुपमा कार्यरत छन् ।
समयमै वार्षिक साधारणसभा :
कम्पनीले यसपटक असोज २४ गते २१ औं वार्षिक साधारणसभा गर्दै ५ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको थियो । आर्थिक वर्ष ०७४/७५ मा कम्पनीले १० प्रतिशत नगद लाभांश प्रदान गरेको थियो । असोज भित्र नै वार्षिक साधारण सभा सम्पन्न गर्दा कम्पनी संस्थागत सुशासनमा राम्रो रहेको प्रस्ट देखिन्छ ।
लाभांशको ईतिहास:
कस्तो आयो दोश्रो त्रैमास ?
कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा अर्थात ६ महिनाको अवधिमा बैंकले ८२ करोड १८ लाख खुद मुनाफा गरेकोमा अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा कम्पनीले ७८ करोड १३ लाख खुद मुनाफा गरेको थियो । यसरी खुद मुनाफामा ५ प्रतिशतले वृद्धि भएको छ ।
प्रमुख आम्दानीको श्रोतमा राम्रो वृद्धि :
खुद मुनाफामा ५ प्रतिशतको मात्र वृद्धि भएपनि प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानीमा १७ प्रतिशतको वृद्धि देखिएको छ । अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा कम्पनीले १ अर्ब ६९ करोड खुद व्याज आम्दानी गरेकोमा चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ९८ करोड खुद व्याज आम्दानी गरेको छ । त्यस्तै, संचालन मुनाफा ८ प्रतिशतले वृद्धि हुँदै १ अर्ब २३ करोड पुगेको छ । अघिल्लो वर्षको दोश्रो त्रैमासमा कम्पनीले १ अर्ब १४ करोड संचालन मुनाफा गरेको थियो ।
अघिल्लो आर्थिक वर्ष कम्पनीले दोश्रो त्रैमासमा ११ करोड २० लाख कर्जा जोखिम शिर्षकमा व्यवस्थापन गरेकोमा चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा कम्पनीले १७ करोड ४८ लाख सो शिर्षकमा व्यवस्थापन गरेको छ ।
प्रतिशेयर आम्दानी २० रुपैयाँ नजिक :
कम्पनीको प्रतिशेयर आम्दानी १९ रुपैया ४३ पैसा हुन् आउछ। चुक्ता पुँजी ५ प्रतिशतले वृद्धि भएको अवस्थामा कम्पनीले सोही अनुपातमा खुद मुनाफा वृद्धि गरेकोमा कम्पनीको प्रतिशेयर आम्दानी घटेन ।
किताबी मूल्य कति ?
कम्पनीको किताबी मूल्य (प्रति शेयर नेट्वर्थ) १३१ रुपैयाँ ८८ पैसा आउँछ ।
निक्षेप कर्जामा आक्रामक बन्दै बैंक
कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ९७ अर्ब ५२ करोड निक्षेप संकलन गरी ८७ अर्ब ५४ करोड कर्जा प्रवाह गरेको छ । असार मसान्त र अहिलेको तथ्यांकलाई दाँजेर हेर्दा कम्पनीको निक्षेप संकलन १४ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह १७ प्रतिशतले वृद्धि भएको छ । यसरी बैंक आक्रामक रुपमा व्यापार विस्तार गर्न लागेको देखिन्छ।
माछापुच्छ्रे बैंकले आर्थिक वर्ष ०७४/७५ को तुलनामा आर्थिक वर्ष ०७५/७६ मा निक्षेप संकलनमा २६ दशमलव ३३ प्रतिशतको वृद्धि हासिल गरेकोमा सोही अवधिमा कुल कर्जा रकम २० दशमलव ७४ प्रतिशतले वृद्धि गर्न सफल भएको थियो । सोही अवधिमा वाणिज्य बैंकहरूको औसत निक्षेप वृद्धिदर करिब १६ दशमलव ५३ प्रतिशत र औसत कर्जा वृद्धि दर १८ दशमलव ३६ प्रतिशत थियो । यसरी अघिल्लो आर्थिक वर्ष बैंकले राम्रो व्यापार गरेको प्रस्ट देखिन्छ।
जगेडा कोष बढ्यो, संचित मुनाफा घट्यो :
जगेडा कोष ११ प्रतिशतले वृद्धि हुँदै २ अर्ब ५ करोड पुगेको छ भने संचित मुनाफा ५३ प्रतिशतले कम हुँदै ६१ करोड ९ लाख पुगेको छ ।
निस्क्रिय कर्जा शुन्य दशमलव ४५ प्रतिशत :
कम्पनीको खराब कर्जा शुन्य दशमलव ४५ प्रतिशत रहेको छ । आक्रामक रुपमा कर्जा प्रवाह गर्दा समेत खराब कर्जा प्रतिशतलाई शुन्य दशमलव ५ प्रतिशत भन्दा कम राख्नु बैंक व्यवस्थापनको सफलताको रुपमा लिन सकिन्छ।
आधार व्याजदर घट्यो :
बैंकको आधार व्याजदर केही घट्दै १० दशमलव २६ प्रतिशत पुगेको छ।
स्प्रेडदर ५ प्रतिशत भन्दा माथि :
व्याजदर अन्तर ५ प्रतिशत भन्दा माथि छ । बैंकको प्रकाशित स्प्रेडदर ५ दशमलव २४ प्रतिशत रहेको छ । स्प्रेडदरलाई घटाउनु बैंकलाई चुनौती थपिएको छ । अघिल्लो आर्थिक वर्ष सोही अवधिमा स्प्रेडदर ४ दशमलव ०८ प्रतिशत थियो ।
अन्य सूचक:
बैंकको कर्जा र निक्षेपको अनुपात “सीसीडी अनुपात” ७८ दशमलव ७२ प्रतिशत रहेको छ ।
कम्पनी र दोश्रो बजार :
मूल्य आम्दानी अनुपात १२ गुणा :
कम्पनीको माघ २१ गतेको बजार मूल्य २३७ लाई आधार मान्दा कम्पनीको मूल्य आम्दानी अनुपात १२ दशमलव २० गुणा आउँछ ।
वास्तविक मूल्य :
बेन्जामिन ग्रामको सुत्रलाई आधार मान्दा कम्पनीको वास्तविक मूल्य २४० रुपैया प्रति कित्ता हुन् आउँछ । कम्पनीको बजार मूल्य ग्राम नम्बर कै सेरोफेरोमा कारोवार भएको देखिन्छ।
निष्कर्ष : यसरी बैंकले अधिकांश सूचकमा फड्को मार्न सफल भएको छ । बैंकले अहिले आफ्नो व्यापार विस्तारलाई प्राथमिकतामा राखेको देखिन्छ । निक्षेप संकलन र कर्जा प्रवाहलाई आक्रामक रुपमा वृद्धि गर्दै लागेको देखिन्छ । वृद्धि भएको स्प्रेड दरलाई घटाउदै लाने र आधार व्याज दर कम गराउदै लाने चुनौती बैंक व्यवस्थापनमा थपिएको छ ।
विगत ५ आर्थिक वर्षको निक्षेप , कर्जा र आम्दानीको तथ्यांक :
उपलब्ध तथ्याङ्क आधारित विश्लेषण पूर्ण होइन, निर्णय लिँदा थप अनुसन्धान गर्नुपर्ने छ । – लेखक
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार