ओलीको नयाँ अवतार
कुसुम सेञ्चुरी
माघ २२, २०७६ बुधबार १९:१३:५
२२ माघ, काठमाडौं । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका खड्गप्रसाद ओलीका पछिल्ला हाउभाउ र कार्यशैली धेरैका लागि विस्मयकारी लाग्न थालेकाे छ । साथै उनको आनीबानी विपरितका गतिविधिले धेरैलाई पत्याउनै मुश्किल भएको छ । प्रधानमन्त्रीका रुपमा उनका अहिलेका अभिव्यक्ति सारै नरम र प्रतिरक्षात्मक रहेका छन् ।
हिजै बेलुकी उनले प्रमुख सञ्चारगृहका सम्पादक र पत्रकारलाई आफ्नो सरकारी निवासमा बोलाएर कुरा सुने । दुई घण्टा पत्रकारका कुरा सुन्ने धैर्यता मात्र राखेनन् बरु आलोचना समेत चूपचाप सुने । केही साता अघि मात्रै उनले नेपालका सम्पादकहरुको मुटु नै नरहेको ठोकुवा गरेका थिए ।
प्रचण्डलाई साथ लिएर ओलीले झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतमसम्मको हुर्मत लिएका थिए । कहिले कसको मानमर्दन गर्ने त कहिले कस्को । ओलीको यो चालाले सबैमा चरम आक्रोश बढाएको थियो, तर उनी विरुद्ध मोर्चाबन्दी गर्ने हैसियत भने कसैको थिएन । त्यसैले नेताहरु मरिच जस्तै चाउरिएर बस्न बाध्य थिए । जब प्रचण्डविरुद्ध नै ओलीले फायर खोले त्यसले भने तरंग ल्याइ दियो । सभामुखबाट कृष्णबहादुर महरालाई षडयन्त्रपूर्वक बर्खास्त गर्ने तानाबाना तयार गरिएको रिपोर्टिङ प्रचण्डलाई भएपछि सो पदका लागि गतिलै अडान लिए ।
सरकारले गरेका राम्रो कामको प्रशंसा गर्न नसक्ने सम्पादकको उछित्तो काढेका ओली हिजो भने तिनै सम्पादकसँग आफ्ना भनाईको प्रतिरक्षा गर्दैै थिए, त्यो पनि विनोदी शैलीमा । पत्रकारले लगातार बलिङ गरेकाले आफूले पनि यसो व्याटिङ गरिदिएको उनको ठट्यौलो जवाफ थियो । आखिर किन त ओली जस्ता दम्भी र अहंकारी नेता गले भन्ने प्रश्न ज्यादै गहन र महत्वपूर्ण छ ।
जानकार भन्छन्–ओली पनि समय परिस्थितिलाई अनुकुल बनाउन छद्म रुप लिने माप्पाका खेलाडी हुन् । दुई वर्षको अवधिमा उनले राजकाज चलाउँदा सधैं हुँकार गर्ने उनको शैली र प्रवृत्ति एकाएक फेरिएको हो । त्यसको कारण भने पछिल्लो समय पार्टीभित्रको समीकरणमा आएको फेरबदल नै हो भन्ने ठम्याई उनी निकट नेताहरुकै रहेको छ ।
सभामुख प्रकरणमा ओली नमज्जाले फसे । उनले चाहेको सबै निर्णय हुने गरेको विगत यही प्रकरणबाट अवरुद्ध भयो । ओलीलाई आफू त्यति कमजोर भइसकेको हेक्का थिएन । नत्र एक महिनासम्म सभामुख प्रकरणलाई लम्ब्याएर संसद्लाई बन्धक बनाउने थिएनन् । जब सचिवालय सदस्यको समिकरण उनले अनुभूत गरे, त्यसबाट ओलीको चेत खुल्यो ।
पार्टीभित्र एक अर्काबीच झगडा लगाएर सधैं आफू अनुकूल बातावरण तयार गर्दै थिए ओली । प्रचण्डलाई साथ लिएर ओलीले झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतमसम्मको हुर्मत लिएका थिए । कहिले कसको मानमर्दन गर्ने त कहिले कस्को । ओलीको यो चालाले सबैमा चरम आक्रोश बढाएको थियो, तर उनी विरुद्ध मोर्चाबन्दी गर्ने हैसियत भने कसैको थिएन ।
त्यसैले नेताहरु मरिच जस्तै चाउरिएर बस्न बाध्य थिए । जब प्रचण्डविरुद्ध नै ओलीले फायर खोले त्यसले भने तरंग ल्याइ दियो । सभामुखबाट कृष्णबहादुर महरालाई षडयन्त्रपूर्वक बर्खास्त गर्ने तानाबाना तयार गरिएको रिपोर्टिङ प्रचण्डलाई भएपछि सो पदका लागि गतिलै अडान लिए । साथै सचिवालय सदस्यहरुलाई समेत यो प्रकरणमा प्रचण्डले विश्वासमा लिन सफल भए ।
नेता वामदेवको भैंसेपाटी निवासमा ६ जना सचिवालय सदस्यलाई भेला गराई प्रचण्डले ओलीलाई गतिलो जवाफ दिए । ९ सदस्यीय सचिवालयमा ३ जना मात्र ओली पक्षमा देखिएपछि समीकरणले नयाँ स्वरुप धारण गर्यो ।
जे भएपनि अहिले चाहिं ओलीमा नसोचेको परिर्वतन देखा परेको छ । सधैं अरुलाई सुनाउने उनको बानी फेरिएको छ । अरुका कुरा सुन्न थालेका छन् । साथै हिजो आफैंले बोलीचाली नै बन्द गरेका नेताहरुलाई बालुवाटारमा बोलाएर घण्टौं भलाकुसारी गर्न तयार भएका छन् । ओलीको यो अवतार नौलो लागेपनि राजनीतिका कुशल खेलाडीको परिचय दिन उनी सफल भएका छन् ।
परिस्थितिलाई ओलीले राम्रोसँग विश्लेषण गरे । अनि उनको नयाँ यात्रा प्रारम्भ भएको छ । तर ओलीको फेरिएको रुप स्थायी हैन भन्ने बुझाई केही विश्लेषकको रहेको छ । सिंहको जस्तो गर्जने ओली स्वभाव अहिले स्याल जस्तो देखिएको मात्रै हो । समय अनुकुल भएपछि आज मोर्चाबन्दी गर्नेलाई ओलीले गतिलै जवाफ दिने कुरा राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीको रहेको छ । केसी भन्छन् :– के पी ओली भनेको सर्प हुन्, आज उनलाई कमजोर बनाउनेलाई यथासमय आएपछि हिसावकिताव लिने छन् ।
बाम नेताहरुको समीकरण सधैं एउटै रहेको देखिंदैन । आज एउटा मोर्चामा रहेका नेता भोलि अर्कैमा पुग्ने गरेका छन् । त्यसैले अहिलेको परिवर्तित समीकरण कुनै पनि बेला फेरिन सक्छ । त्यस अर्थमा बुझ्ने हो भने ओलीमा आएको बदलाव अर्थपुर्ण हुन सक्छ ।
कमजोर अवस्थामा रहेका ओलीसँग सत्ताको ठूलो शक्ति छ, त्यसैले कुनै पनि बेला नेताको समीकरण बदलिन सक्छ–डा. केसीको बुझाई छ । प्रचण्ड पनि यस मामलामा खुँखार छन्, उनैले फेरि ओलीसँग नै हिमचिम बढाएर नयाँ खाले समीकरण बनाउन सक्छन्– केसी भन्छन् । कुनै सैद्धान्तिक अडान नभएका वाम नेताहरु सत्ता स्वार्थमा फस्ने चरित्रका भएकाले समय परिवेश अनुसार समीकरणमा बदलाव आउन सक्ने ठम्याई उनको छ ।
तर जे भएपनि अहिले चाहिं ओलीमा नसोचेको परिर्वतन देखा परेको छ । सधैं अरुलाई सुनाउने उनको बानी फेरिएको छ । अरुका कुरा सुन्न थालेका छन् । साथै हिजो आफैंले बोलीचाली नै बन्द गरेका नेताहरुलाई बालुवाटारमा बोलाएर घण्टौं भलाकुसारी गर्न तयार भएका छन् । ओलीको यो अवतार नौलो लागेपनि राजनीतिका कुशल खेलाडीको परिचय दिन उनी सफल भएका छन् । यो रफ्तारले कुन तह र हदसम्मको निरन्तरता पाउने हो, त्यो भने आगामी दिनमा विकसित हुने घटनाक्रमले निर्धारण गर्ने हो ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थप'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
सभापति देउवाले वरिष्ठ नेताबारे निर्णय नगर्दा कांग्रेसमा सधैं वरीयता विवाद
मंसिर २३, २०८१ आइतबार
बीआरआई सहकार्य फ्रेमवर्कपछि गठबन्धनमा खटपट बढेको आशंका, कांग्रेस नेताहरु बीच नै मतभेद
मंसिर २१, २०८१ शुक्रबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार