एनआईसी र सूर्या लाईफबीच डिजिटल भुक्तानी सम्बन्धी सम्झौता
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
माघ २२, २०७६ बिहिबार ०:५७:१५
![](https://nepalbahas.prixacdn.net/media/albums/Surya-life-and-NIC-ASIA-Bank-mou_micWc4ldj1.jpg)
२२ माघ, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र सुर्या लाईफ इन्स्योरेन्सबीच सम्झौता भएको छ । विभिन्न डिजिटल भुक्तानी सेवाहरुको प्रयोग गरि सूर्या लाइफ इन्स्योरेन्सको बीमा शूल्क, पोलिसी लोनको ब्याज, किस्ता लगायत विभिन्न शुल्क अब एनआईसी एशिया मार्फत बुझाउन सकिने भएको छ ।
उक्त समझदारीपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका छन् । यस बैंकले डिजिटल भुक्तानीलाई व्यापकता दिंदै आइरहेकामा पछिल्लो पटक सूर्या लाइफ इन्स्योरेन्ससँगको समझदारीले ग्राहकहरु थप लाभान्वित हुने भएका छन् ।
उक्त समझदारी अनुसार सूर्या लाइफका ग्राहक महानुभावहरुले यस बैंकका त्तच् ऋयमभ, ऋबचम एइक्, इन्टरनेट बैंकिङ, मोवाइल बैंकिङ लगायत विभिन्न डिजिटल भुक्तानी माध्यमहरुको प्रयोग गरि रकम भुक्तानी गर्न सक्नेछन् ।
यस समझदारी पश्चात सेवाग्राहीले ठूलो नगद रकम बोक्ने झन्झटबाट मुक्ति पाउनुका साथै छिटो, सरल सेवा पनि प्राप्त गर्न सक्ने भएका छन् । साथै, आगामी दिनहरुमा बैंकले संचालनमा ल्याउने इन्टरनेट भुक्तानी गेटवे लगायत अन्य डिजिटल सेवा समेत सूर्या लाइफ इन्स्योरेन्सका ग्राहकहरुलाई उपलब्ध गराइनेछ । विश्वमा बैंकहरुले डिजिटल सेवालाई जोड दिइरहेकोमा एन आइ सी एशियाले पनि यसै गरि डिजिटल भुक्तानीलाई बढाउदै लानेछ ।
बैंकका अनुसार आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा नै मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४४१ एटिएम, १०४ वटा एक्स्टेन्सन काउण्टर एवं ४८ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने यो बैंक मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।
करिब २१ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेको बैंकको दावी छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको नायब प्रमुख सूचना अधिकारी अर्जुनराज खनियाँले नेपालबहसलाई जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा ग्लोबल आइएमई बैंकको नयाँ एटीएम सञ्चालन
असार ४, २०८१ मंगलबार
वित्तीय समावेशीकरण नीति जारी
जेठ १८, २०८१ शुक्रबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
सत्ता सजिलै नछाड्ने प्रधानमन्त्री प्रचण्डको संकेत, अब कसरी गठन हुन्छ नयाँ सरकार ?
असार १९, २०८१ बुधबार
नुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?
असार १८, २०८१ मंगलबार
वरियतामा हार्दिक पाण्डेय अलराउण्डरको वरियतामा शिर्ष स्थानमा
असार १९, २०८१ बुधबार
भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो
असार १९, २०८१ बुधबार
अधिवेशन गर्न नसकेर थला परेका कांग्रेसका १० भ्रातृ संस्थाको चैतसम्म थपियो म्याद
असार १९, २०८१ बुधबार
मनाङको बाटो सधैँ जोखिमपूर्ण
असार १९, २०८१ बुधबार
बेनीका ग्रामीण क्षेत्रका सडक धमाधम कालोपत्र
असार १९, २०८१ बुधबार