ढोरपाटन महिला भलिबल : एपिएफको अपराजित यात्रा कायमै
नेपालबहस संवाददाता
माघ २२, २०७६ बिहिबार ३:३७:८
२२ माघ एजेन्सी । यहाँ जारी १५औँ संस्करणको ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिपमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको खेल मैदानमा आज भएको खेलमा एपिएफले चितवन टाइगर्सलाई ३–० सेटले हरायो । एपिएफले उक्त खेल २५–१०, २५–१८ र २५–१० अङ्कले जितेको हो ।
जितसँगै एपिएफले आठ खेलमा २३ अङ्क जोड्दै शीर्ष स्थानमा उक्लेको छ । अर्को खेलमा त्रिभुवन आर्मी क्लबले ढोरपाटन क्लब तथा पारामाउन्ट स्कुललाई पराजित ग¥यो । आर्मीले पहिलो खेलमा ढोरपाटनलाई २५–९, २५–९ र २५–११ अंकले हरायो भने दोस्रो खेलमा आर्मीले पारामाउन्ट स्कुललाई २५–१०, २५–२० र २५–९ अंकले पराजित गरेको हो । जितसँगै आर्मीले सात खेलबाट १५ अंक जोडेको छ ।
यसैगरी न्यु डाइमण्ड स्पोर्ट्स क्लबलाई नेपाल पुलिस क्लबले ३–१ को सेटमा हरायो । पुलिसले डायमण्डलाई १४–२५, २५–१९, २७–२५ र २५–१७ अंकले हरायो । पुलिसले प्रतियोगितामा हालसम्म सात खेलबाट १९ अंक जोडेको छ भने न्यु डायमण्डले १२ अंक बटुलेको छ । यस्तै बुलबुले रारा क्लबले चितवन टाइगर्सलाई २५–१९, २३–२५, २६–२४, २२–१५ तथा १६–१४ अंकले पराजित ग¥यो । ढोरपाटन स्पोर्ट्स क्लबको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा १० टोली सहभागी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएलको टिकट आजदेखि खुला
मंसिर १०, २०८१ सोमबार
सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी मेन्टर हज नेपालमा
मंसिर १०, २०८१ सोमबार
आइपीएल अक्सनको पहिलो दिन, ७२ खेलाडीका लागि ७४८.७२ करोड खर्च
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
एनपीएलको टिकट आजदेखि खुला
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
मंसिर १०, २०८१ सोमबार
तेलङ्गाना सरकारले अदानी समूहबाट प्राप्त एक अर्बको अनुदान अस्वीकार गर्ने
मंसिर १०, २०८१ सोमबार