पोखराको हिलसाइडममा आयोजित वक्तृत्वकलामा केफका आयुष पहिलो
नेपालबहस संवाददाता
माघ २६, २०७६ आइतबार १८:१०:६
२६ माघ, पोखरा । पोखराको मालेपाटनस्थित हिलसाइड इङ्लिस स्कुलले आफ्नो रजत जयन्तीका सन्दर्भमा शनिबार आयोजना गरेको कास्की जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा करुणानिधि एजुकेशन फाउन्डेशन (केफ), सिम्पानीका आयुष अधिकारी पहिलो भएका छन् ।
‘नेपालमा प्राविधिक शिक्षा र यसका चुनौतीहरु’ विषयक प्रतियोगितामा ११ विद्यालयका १८ जना प्रतियोगी सहभागी थिए । प्रतियोगितामा ज्ञान सरोवर बोर्डिङ स्कुल, हेमजाकी सरिस्मा बाँस्तोला, मदरल्याण्ड माविकी कृतिका थापा क्रमशः दोस्रो र तेस्रो भए भने केफकै जागृति अधिकारी र धर्मस्थली आधारभूत विद्यालयकी रन्जू दाहालले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका थिए । प्रतियोगितामा उद्घोषण तथा भाषण कलाका प्रशिक्षक, गजलकार अनुराग अधिकारी, साहित्यकार तथा सञ्चारकर्मी रुपिन्द्र प्रभावी र उत्प्रेरणा प्रशिक्षक भक्तराज रसाइली निर्णायक रहेका थिए ।
अतिरिक्त क्रियाकलाप विभागका प्रमुख मिनप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि आदर्श समाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक कृष्णप्रसाद बाँस्तोलाले बोली–बोली मात्र नभई कलासँग सम्बन्धित रहेको धारणा राखे । हरेक क्षेत्र र विधामा सफलताका लागि बोलीको प्रभावकारिता आवश्यक पर्ने भन्दै स्वतन्त्र पत्रकार सङ्घका संस्थापक अध्यक्षसमेत रहेका बाँस्तोलाले यस्ता प्रतियोगिताले जीवनमा सफल हुन प्रेरणा दिने बताए ।
संयोजक विष्णु हमालले सञ्चालन गरेको कार्यक्रममा निर्देशक लीलाप्रसाद पराजुलीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । विद्यालयले आगामी फागुन २ गते हुने रजत जयन्तीका अवसरमा विजेता विद्यार्थीहरुलाई नगदसहितको पुरस्कार वितरण गर्ने प्रिन्सिपल सन्तोष लामिछानेले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविदेश पढ्न जाने नेपालीको संख्या बढ्दै, ५ महिनामा मात्रै ४७ अर्ब ३४ करोड खर्च
माघ ४, २०८१ शुक्रबार
यस वर्षको एसईई चैत ७ गतेदेखि सुरु हुने, यस्तो छ परीक्षा तालिका
माघ १, २०८१ मंगलबार
जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पर्सामा राष्ट्रिय एकता अभियानको कार्यालय स्थापना, चिनियाँ विस्तारवादको कडा आलोचना
माघ ११, २०८१ शुक्रबार
हेलिकोप्टरबाट पानी खन्याउँदा पनि महाभारतको डढेलो निभेन, नियन्त्रणको प्रयास जारी
माघ ११, २०८१ शुक्रबार
निकोन एक्सपेरिएन्स हव, नेपालले बजारमा ल्यायो निकोनको नयाँ क्यामरा जेड ५० टू
माघ १२, २०८१ शनिबार
तस्बिरमा हेर्नुस विभिन्न जङ्गली जनावरहरु
माघ १२, २०८१ शनिबार
अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसः स्वच्छ ऊर्जा रूपान्तरणमा नेपालले लिएको बाटो
माघ १२, २०८१ शनिबार