८ विकेटकाे लज्जास्पद हार
नेपालबहस संवाददाता
माघ २६, २०७६ आइतबार २३:६:४०
२६ माघ, काठमाडौं । ओमानसँग नै पहिलो खेल १८ रन अन्तरले हारेको नेपालले आज ८ विकेटको लज्जास्पद हार व्यहोरेको छ । ओमानका अकिब इलियासले अविजित रहँदै १०६ बल सामन गरे । उनले १०९ रन हानेपछि नेपाली खेलाडीको कुनै जोड चलेन ।
ओमानले जारी क्रिकेट विश्वकप लिग २ मा लगातार तेस्रो विजय हात पारेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज टस हारेर ब्याटिङममा आएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाइ २४९ रनको योगफल बनायो । तर, ओमानले १६ बल बाँकी हुँदा उक्त लक्ष्य भेट्टाएको थियो ।
यो खेल सँगै इलियाजले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक प्रहार गरेका छन् । कप्तान जिसन मक्सुद ६८ रन बनाइ अविजत रहे। दुवैको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा यो नै उच्च स्कोर बनेको छ । इलियाजले १२ चौका र १ छक्का प्रहार गरे । मक्सुदले ७८ बल खेली ८ चौका प्रहार गरे । ओपनर जतिन्दर सिंह २३ रन बनाइ कुशल मल्लको बलमा बोल्ड भए भने खावर अलीलाई सुसन भारीले ४१ रनमा बोल्ड गरे । यसजित सँगै ओमान लिग २ को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । ओमानले ९ खेलमा ७ विजय हात पार्दै १४ अंक जोडेको छ ।
अमेरिका १० खेलमा ६ विजय हात पार्दै १२ अंकको साथ दोस्रो स्थानमा छ । नेपालले ३ मध्येको दोस्रो हार व्यहोरेको हो । दुवै हार ओमानसँग रहेको छ । त्रिकोणात्मक शृंखलामा शनिबार नेपालले अमेरिकालाई ३५ रनले हराएको थियो । आउँदो बुधबार नै नेपालले अमेरिकासँग फेरि दोस्रो खेल खेल्नेछ ।
दुई पटक ‘जीवनदान’ पाएका अकिब इलियासले २५ औं ओभरको पाँचौ बलमा आरिफ शेख र ३३ औं ओभरको तेस्रो बलमा दीपेन्द्र सिंह ऐरीले गर्न नसकेको क्याचको राम्रो फइदा उठाए । आज बनाएको याेगफल भने एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा नेपालको दोस्रो ठूलो स्कोर हो । तर घरेलु मैदानमा घरेलु दर्शकको साथ पाएको नेपालले ओमानी ब्याट्सम्यानको विकेट झार्न नसक्दा ७ वर्षपछि पराजित गर्ने सपना अधुरै हुन पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीले जित्यो
पुष २५, २०८१ बिहिबार
प्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित
पुष २३, २०८१ मंगलबार
जय ट्रफी : वीरगञ्जमा आर्मीविरुद्ध पुलिस क्लबले ४ रनको झिनो अग्रता
पुष २२, २०८१ सोमबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
रौतहटमा हात्तीको उपद्रो, बिघौँबिघा जमिनमा लगाएको केराबारी नष्ट
पुष २६, २०८१ शुक्रबार
झापामा सीमास्तम्भ मर्मत गरिँदै
पुष २६, २०८१ शुक्रबार
धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना, चालक र सहचालकको मृत्यु
पुष २६, २०८१ शुक्रबार
५० शैय्याको अस्पताल भवन: थपिएको म्याद सकियो, निर्माण सकिएन
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार