इजरायल र प्यालेस्टाइनबीच द्वन्द चर्कंदै : प्यालेष्टिनी कृषि निर्यातमा थप प्रतिबन्ध
नेपालबहस संवाददाता
माघ २७, २०७६ सोमबार १२:३७:४१
२७ माघ, काठमाडौं । इजरायलले प्यालेस्टाइनको कृषि निर्यातमा प्रतिबन्ध लगाइएको आइतबार प्यालेस्टिनी सरकारलाई जानकारी गराएको छ । जसका कारण इजरायल र प्यालेस्टाइनबीचको सम्बन्धमा झनै द्वन्द र अविश्वास पैदा हुँदै गएको छ ।
प्यालेस्टाइनको अर्थव्यवस्था मन्त्रालयका प्रवक्ता अज्मी अब्देल रहमानले अन्तराष्ट्रिय समाचारमाध्यामलाई भने – “इजरायली रक्षामन्त्री नफ्ताली बेनेटले जोर्डन हुँदै सबै प्यालेस्टाइनको कृषि निर्यातमा प्रतिबन्ध लगाउने निर्णय फेब्रुअरी छ देखि लागू गरिसकेको” जानकारी गराएका थिए ।
“इजरायली निर्णय जोर्डनतर्फको एलेन्बी सीमा पार गरेर हाम्रा किसानहरूको बिरूद्धमा लागू भइसकेको थियो, तर हामीलाई आज प्रतिबन्धका बारे आधिकारिक रूपमा सूचित गरिएको छ,” उनले भनेका छन् । इजरायलले निर्यातमा प्रतिबन्ध लगाएका प्यालेसस्टनी सामानहरूमा जैतुनको तेल र जडिबुटी रहेका छन् जस अन्तर्गत वार्षिक १० करोड अमेरिकी डलर मूल्य बराबरको कृषि उपजलाई इजरायल प्रवेशमा रोक लागेको रहमानले बताए ।
यसपहिले प्यालेस्टिनी सरकारले तरकारी, फलफूल, खनिज पानी र शीतल पेयजस्ता इजरायली उत्पादनहरू आयात गर्नमा प्रतिबन्ध लगाएको घोषणा गरेको थियो । गत सेप्टेम्बरमा प्यालेस्टाइन सरकारले मासुका लागि आयात गरिने इजरायली बाच्छाहरूलाई प्रतिबन्ध लगाउने निर्णय गर्दै विवादको सुरूवात भएको थियो । बदलामा प्यालेस्टिनी सरकारले इजरायली ताजा तरकारी र फलफूलमा प्रतिबन्ध लगाइएको थियो ।
“इजरायलले पेरिस प्रोटोकलको लगभग सबै धाराको उल्लङ्घन गरिसकेको छ,” अब्देल रहमानले भने । “प्यालेस्टाइन र जोर्डनबीचको निर्यातमा इजरायललाई हस्तक्षेप गर्न दिइनु हुँदैन“ उनले भनेका छन् ।
पेरिस प्रोटोकल सन् १९९४ मा इजरायल र प्यालेस्टाइन मुक्ति संगठनबीचको आर्थिक सम्बन्धलाई नियन्त्रण गर्नका लागि हस्ताक्षर गरिएको आर्थिक सन्धि हो । जसमा प्यालेस्टाइनहरुलाई इजरायलले बन्दरगाह र सीमा नाका स्वतन्त्र रूपमा उपयोग गर्न मिल्ने र दुबै पक्षले नियमित बैठकहरुमा सहभागिता जनाउने उल्लेख गरिएको छ । यद्यपि दुई पक्षबीचको संयुक्त आर्थिक समितिले सन् २००० मा बैठक गर्न बन्द ग¥यो । तर इजरायलले त्यसपछि एकपक्षीयरूपमा आफु अनुकुलका घोषणा गर्दै आएको अब्देल रहमानले बताए ।
“हामीले पटक–पटक बैठकका लागि आग्रह गरेका छौ तर इजरायलले स्वीकार गरेको छैन,” प्रवक्ता अब्देल रहमानले भने । वेस्ट बैंकमा रहेका प्यालेष्टिनीहरूले जोर्डन र विश्वका अन्य मुलुकसँग जोडिनका लागि एलेन्बी ब्रिज (पुल) को प्रयोग गर्छ । एजेन्सी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार
तिब्बतमा भूकम्पपछि एकहजार २११ परकम्पन
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
गुल्मीमा सुन्तला उत्पादन बढ्यो, कृषक खुसी
पुष २६, २०८१ शुक्रबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
रौतहटमा हात्तीको उपद्रो, बिघौँबिघा जमिनमा लगाएको केराबारी नष्ट
पुष २६, २०८१ शुक्रबार
झापामा सीमास्तम्भ मर्मत गरिँदै
पुष २६, २०८१ शुक्रबार
धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना, चालक र सहचालकको मृत्यु
पुष २६, २०८१ शुक्रबार
५० शैय्याको अस्पताल भवन: थपिएको म्याद सकियो, निर्माण सकिएन
पुष २६, २०८१ शुक्रबार