मालपोत कार्यालयमा खुल्याे नेपाल बैंकको काउन्टर
नेपालबहस संवाददाता
माघ २७, २०७६ सोमबार १५:२८:१३
२७ माघ, काठमाडाैं । नेपाल बैंक लिमिटेडले मालपोत कार्यालय लहानमा आफ्नो एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । बैंकका कामु सहायक प्रमुख कार्यकारी अधिकृत होमबहादुर खड्का र मालपोत कार्यालय लहानका प्रमुख हरिनारायण चौधरीले शुक्रबार संयुक्त रुपमा सेवाको औपचारिक शुभारम्भ गरेकाे बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए ।
कामु सहायक प्रमुख कार्यकारी अधिृकत खड्काले ग्राहकहरूको सुविधाका लागि नेपाल बैंकले काम गरिरहेको र मालपोत कार्यालयको एक्सटेन्स त्यस्तै एउटा उदाहरण भएको बताए । मालपोत प्रमुख चौधरीले सेवाग्राहीको हित हुनेगरी काउन्टर खोलिदिएको भन्दै बैंकको व्यवस्थापनलाई धन्यवाद दिए ।
बैंकका प्रदेश नं– २ का प्रमुख प्रतिभा डङ्गोलले बैंकले अघि बढाएका विभिन्न योजनाका बारेमा जानकारी गराएका थिए । प्रवक्ता अधिकारीकाअनुसार हाल नेपाल बैंकले १७६ शाखा, २५ वटा एक्सटेन्सन काउन्टर र ११६ एटिएम मेसिनबाट ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । बैंकले चाँडै नै एटिएमको सङ्ख्या १४९ पुर्याउन लागेको र २०७७ सालको असार मसान्तसम्ममा २०० शाखाबाट सेवा प्रदान गर्ने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
रौतहटमा हात्तीको उपद्रो, बिघौँबिघा जमिनमा लगाएको केराबारी नष्ट
पुष २६, २०८१ शुक्रबार
झापामा सीमास्तम्भ मर्मत गरिँदै
पुष २६, २०८१ शुक्रबार
धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना, चालक र सहचालकको मृत्यु
पुष २६, २०८१ शुक्रबार
५० शैय्याको अस्पताल भवन: थपिएको म्याद सकियो, निर्माण सकिएन
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार