एन्फाकाे निर्णय : स्वर्ण जित्नेलाई साढे पाँच लाख नगद
नेपालबहस संवाददाता
माघ २७, २०७६ सोमबार १५:२७:१७
२७ माघ, काठमाडाैं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा स्वर्ण पदक जित्ने नेपाली पुरुष फुटबल टोलीका खेलाडीलाई जनही रु पाँच लाख ५० हजार पुरस्कार दिने भएको छ । एन्फाको आज बसेको कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो ।
नेपालले फाइनलमा भुटानलाई हराउँदै साग फुटबलमा स्वर्ण जितेको थियो । सरकारले यसअघि स्वर्ण जितेको नेपाली पुरुष फुटबल टोलीका खेलाडीलाई जनही रु पाँच लाख दिने घोषणा गरिसकेको छ । साग फुटबलमा रजत पदक प्राप्त गरेको महिला टोलीका खेलाडीलाई जनही रु एक लाख ५० हजार पुरस्कार दिने एन्फाले निर्णय गरेको छ । फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।
यस्तै एन्फाले शहीद स्मारक बी डिभिजन लिग खेल्ने प्रत्येक क्लबलाई प्रतियोगिता तयारी स्वरुप रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । बी डिभिजन लिगको विजेतालाई रु १५ लाख, उपविजेतालाई रु आठ लाख, तेस्रो हुने क्लबलाई रु पाँच लाख तथा चौथो हुनेलाई रु तीन लाख पुरस्कार प्रदान गरिनेछ ।
यसैगरी सी डिभिजन लिगको तयारीका लागि प्रत्येक क्लबलाई रु सात लाख दिइने एन्फाले जनाएको छ । महिला फुटबल प्रतियोगिताका विजेतालाई रु १५ लाख, उपविजेतालाई रु आठ लाख, तेस्रोलाई रु पाँच लाख तथा चौथो हुनेलाई रु तीन लाख पुरस्कार प्रदान गर्ने एन्फाले निर्णय गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार