ढुङ्गे पदमार्ग खोज्दै पर्यटक, सरकार र स्थानीय निकायको ध्यान भने कङ्क्रिट निर्माणमा
नेपालबहस संवाददाता
माघ २७, २०७६ सोमबार १७:१:२६
२७ माघ, काठमाडौं । विश्व भेगन अर्गनाइजेशनमा आबद्ध २१ विदेशी पर्यटक घुम्नलाई दुई महिना अगाडि बागलुङ आएका थिए । एक रात बागलुङ बजार घुमेर जिल्लाको पहिलो घरवास अतिथि सत्कार घरवासमा पैदल यात्रा (पदमार्ग) मार्फत भकुण्डे पुगे । जिल्लालाई भ्रमणको पहिलो रोजाइ बनाएका भेगनका पर्यटक त्यहाँ पुग्दा केही कमी भएको अनुभव गरेको प्रतिक्रिया दिए ।
पहिलेको ढुङ्गे (परम्परागत) पदमार्ग सडक विस्तारका क्रममा भत्काइएपछि अहिले पक्की (कङ्क्रिट) पदमार्ग निर्माण थालिएको छ । तर, पर्यटन व्यवसायी महादेव शर्माले पर्यटकले पक्की पदमार्ग नरुचाउने बताए । उनले भने “विश्व भेगन समूहलाई बागलुङमा टे«किङ गराई पर्यटनको विकास गर्न एक वर्ष पहिला सम्भाव्यता अध्ययन गरेका थियौँ । अध्ययनका क्रममा पहिलेका ढुङ्गे पदमार्ग मासेर ढलान गरेर पदमार्ग बनाएको पाइयो, पक्की पदमार्ग खर्चिलोमात्र होइन पर्यटकले समेत रुचाउँदैनन् ।” अन्नपूर्ण बेस क्याम्प पुग्ने पदमार्ग नयाँ मोटरबाटो निर्माणका कारण छोटो भएपछि त्यहाँ आउने पर्यटकलाई यहाँ ल्याउन थालिएको उनले जानकारी दिए ।
यहाँ पदयात्रा व्यवसायको सम्भावना भए पनि पुरानाको संरक्षण र नयाँ पदमार्गको पहिचान र निर्माण गर्नुपर्न व्यवसायी शर्माको जोड रहेको छ । बिना योजना खनिने ग्रामीण सडकका कारण पुराना पदमार्ग हराउने अवस्थामा पुगेको भन्दै पर्यटन व्यवसायीले चिन्ता व्यक्त गरेका छन् ।
परम्परागतभन्दा पक्की पदमार्ग खर्चिलो हुने, कम आकर्षण हुने र पदयात्रा गर्दा छिटो थाक्ने ट्रेकिङ व्यवसायी बताउँछन् । जिल्लामा सञ्चालित २८ वटा घरवासले समेत पूर्वाधार निर्माणअन्तर्गत धमाधम पदमार्ग निर्माण थालेका छन् । यसमा पनि पक्की ढलान सहितका बढी छन् ।
चर्चित पदमार्गका रुपमा रहेको अन्नपूर्ण आधार शिविर पुग्ने मार्ग सडकका कारण छोटिँदै गएपछि ट्रेकिङ व्यवसायी बिस्तारै बागलुङ, म्याग्दी तथा मुस्ताङतर्फ आकर्षित हुन थालेका छन् ।
जिल्लामा सबैभन्दा लामो पञ्चकोट हुँदै ढोरपाटन पुग्ने धौलागिरि चक्रीय पदमार्गको समेत पहिचान गरिएको छ । उक्त मार्गलाई अग्र्यानिक पदमार्गका रुपमा विकास गर्न सकिएमा यहाँ टे«किङ व्यवसायको राम्रो सम्भावना देखिन्छ ।
विश्व भेगन अर्गनाइजेशनसँग बागलुङ नगरपालिकाले संस्थागत रुपमा पर्यटक भित्र्याउन सहकार्य थालनि गरेको छ । उक्त समूहले अधिकांश क्षेत्रमध्ये बागलुङलाई पहिलो रोजाइमा पारेको भेगनले जनाएको छ ।
यहाँका पर्यटकीयस्थल ढोरपाटन, घुम्टेको धुरी, गाजाको दह, सर्वसिद्धिधाम पञ्चकोट पुग्ने पदमार्ग बिस्तारै नासिँदै गएको बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले जानकारी दिए ।
अहिले घुम्टे पुग्ने परम्परागत पदमार्ग मासेर ढलानको पदमार्ग बनाउन लागिएको छ । हाल चार किलोमिटरभन्दा बढी ढुङ्गे पदमार्ग रहेको घुम्टेमा धमाधम डेढ किलोमिटर सिमेन्टेड पदमार्ग निर्माण थालिएको हो ।
यसैगरी शिवधुरी सामुदायिक घरवास र तङ्ग्रामको फापरखेत सामुदायिक घरवास पुग्ने मार्गसमेत ढलान गरिएको छ । हाल यहाँको काठेखोला गाउँपालिकाको बिहुँ घोडाबाँधेदेखि लेखानी हुँदै गाजादह पुग्ने तथा रेसदेखि सत्यवती हुँदै गाजादह आउने मार्ग निर्माणले तीव्रता पाएको छ ।
पर्यटन मन्त्रालयको रु ४५ लाखको लागतमा मदन भण्डारी मार्ग निर्माण भइरहेको छ । निर्माण हुने मार्गमा सिमेन्टको प्रयोग नगरी ढुङ्गा छापेर परम्परागत शैलीमा निर्माण भइरहेको काठेखोला गाउँपालिका–७ रेसका वडाध्यक्ष प्रेम लामिछानेले बताए ।
पदमार्ग पर्यटकले रुचाउने हुनुपर्ने बागलुङका पर्यटन व्यवसायी निलेश राजभण्डारी बताउँछन् । नितान्त प्राकृतिक तथा कम खर्चिलो पदमार्गमा टे«किङ गर्न पर्यटकले रुचाउने गर्छन् । यहाँ चिनियाँ र कोरियन पर्यटक आउन थालेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए । गलकाेट संवाददाता, बागलुङ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
रौतहटमा हात्तीको उपद्रो, बिघौँबिघा जमिनमा लगाएको केराबारी नष्ट
पुष २६, २०८१ शुक्रबार
झापामा सीमास्तम्भ मर्मत गरिँदै
पुष २६, २०८१ शुक्रबार
धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना, चालक र सहचालकको मृत्यु
पुष २६, २०८१ शुक्रबार
५० शैय्याको अस्पताल भवन: थपिएको म्याद सकियो, निर्माण सकिएन
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार