उपचारका क्रममा पूर्व सचिव कार्की पत्नीकाे मृत्यु, घटनाबारे प्रहरी अनुसन्धान जारी
नेपालबहस संवाददाता
माघ २७, २०७६ सोमबार १९:४८:९
२७ माघ, काठमाडौं । नेपाल सरकारका पूर्व सचिव अर्जुन कार्कीकी पत्नी मुनाकाे उपचारकाे क्रममा मृत्यु भएकाे छ । गम्भिर अवस्थामा फेला परेकी उनलाई उपचारकाे लागि प्रहरीले स्टार अस्पताल पुर्याएकाे थियाे । ललितपुरस्थित घरमै गम्भीर घाइते अवस्थामा फेला परेकी उनकाे अस्पतालमा मृत्यु भएको हाे ।
आज बिहान घरमा काम गर्ने एक जना कामदार विजय चौधरीले मुनाको हत्या प्रयास गरेको हुन सक्ने अनुमान गरिएको छ । घटना विवरण अनुसार सानेपा स्थित आफ्नै घरको भान्छा कोठामा भेटिएकी उनको टाउकोमा गम्भिर चोट लागेको भेटिएको थियो । रगतले लतपतिएको अवस्थामा उनलाई अचेत अवस्थामा फेलापारिएको प्रहरीले जनाएको छ । घटना किन र कसले कुन उद्देश्यले घटायो भन्नेबारे अहिले नै पुष्टि भैसकेको छैन ।
यस्तै कामदार चौधरी भने घरमै झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले घटनको पुष्टी गरेका छन् ।
एसएसपी राईका अनुसार, यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । पूर्व सचिव कार्की विहान पशुपतिनाथको दर्शन गर्न गएका थिए । उनी घर फर्कदा यस्तो दुखान्त घटना देखेका थिए । यस सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अहिले घटनास्थलमा फरेन्सिक विज्ञको टोलीले कार्य थालेको छ । घटनामा कसले र किन गरायो भन्ने अहिलेसम्म खुलेको छैन । घटनामा प्रयोग भएको हतियारबारे पनि प्रहरीले खुलाएको छैन । घटनाबारे प्रहरी अनुसन्धान भने जारी रहेकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
रौतहटमा हात्तीको उपद्रो, बिघौँबिघा जमिनमा लगाएको केराबारी नष्ट
पुष २६, २०८१ शुक्रबार
झापामा सीमास्तम्भ मर्मत गरिँदै
पुष २६, २०८१ शुक्रबार
धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना, चालक र सहचालकको मृत्यु
पुष २६, २०८१ शुक्रबार
५० शैय्याको अस्पताल भवन: थपिएको म्याद सकियो, निर्माण सकिएन
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार