आइसीसी विश्वकप लिग दुई : ओमानलाई उछिन्ने प्रयासमा अमेरिका
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
माघ २८, २०७६ मंगलबार १५:१९:१०
![](https://nepalbahas.prixacdn.net/media/albums/crikert_FXA84UpyLa.jpg)
विक्रम गिरी / रासस
२८ माघ काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत अमेरिका र ओमान भिड्दैछन् । ओमानलाई उछिन्ने अमेरिकाको आजको खेलमा प्रयास रहनेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिका ओमानसित दोस्रोपटक खेल्न लागेको हो ।
यसअघि अमेरिका ओमानसित माघ २३ गते पहिलो खेलमा छ विकेटले पराजित भएको थियो । अमेरिकाको पूरै ध्यान ओमानलाई उछिनेर शीर्षस्थानमा उक्लिने रहनेछ । ओमान हालसम्म नौ खेलमा सातमा जित तथा दुईमा हारका साथ १४ अङ्कसहित शीर्षस्थानमा छ । उसको रनरेट राम्रो छैन । अमेरिकाले आजको खेल जिते शीर्षस्थानमा पुग्नेछ । हालसम्म खेलेको १० खेलमध्ये छ मा जित र चारमा हारेको अमेरिकाले १२ अङ्क बटुलेको छ ।
हालसम्म ओमानले दुईपटक टस जितेको छ । दुवैपटक उसले फिल्डिङ नै रोजेको थियो । पहिलो खेलमा हारेको अमेरिका त्यसको बदला लिने दाउमा छ । ओमानले हालसम्म कीर्तिपुरमा खेलेको तीनवटै खेलमा शतप्रतिशत नजिता निकालेको छ । उसले नेपाललाई दुवै खेलमा पराजित गरेको थियो । ओमानले नेपाललाई पहिलो खेलमा १८ रनले तथा दोस्रो खेलमा आठ विकेटले हराएको थियो । ओमानको ब्याटिङ पक्ष बलियो देखिएको छ ।
नेपालसितको दोस्रो खेलमा शतकीय पारी खेलेका अलराउन्डर अकीब इलियासमाथि सबैको ध्यान हुनेछ । तेस्रो नम्बरमा ब्याटिङ गर्दै आएका इलियासले हालसम्म तीन खेलमा १९७ रन बनाएका छन् । नेपालसितको पहिलो खेलमा १६ रनमा रनआउट भएका उनले दोस्रो खेलमा अविजित १०९ रन बनाएका थिए । यस्तै इलियासले अमेरिकासितको पहिलो खेलमा ७२ रन बनाएका थिए ।
इलियासले बलिङ पनि राम्रो गरेका छन् । उनले हालसम्म तीन खेलबाट सात विकेट लिइसकेका छन् । यस्तै ओमानको ब्याटिङ इलियाससँगै कप्तान जेशन मक्सुद, मोहमद नदिम, खबर अली र सुरज कुमारमाथि निर्भर रहनेछ । ओमान बलिङका लागि इलियाससँगै जेशन मक्सुद, बिलाल खान, कलिमउल्लाह र मोहमद नदीममाथि भर पर्नेछ । नदीमले हालसम्म तीन खेलबाट सात, मक्सुदले पाँच, बिलालले चार तथा कलिम उल्लाहले तीन विकेट लिन सफल भएका छन् ।
यसैगरी अमेरिका ब्याटिङका लागि इयान होल्याण्ड, अक्षय होमराज, मोनाङ्क पटेल, जेभियर मार्शल र आरोन जोन्समाथि निर्भर रहनेछ । अमेरिकाको ओपनिङ खासै जमेको छैन । ओमानसितको पहिलो खेलमा प्रारम्भिक ब्याटस्म्यान मार्शल र आरोनले २५ रनको साझेदारी निभाएका थिए । सो खेलमा मार्शलले १३ रन तथा आरोनले १२ रन बनाएका थिए ।
नेपालसितको खेलमा पनि उनीहरु सफल हुन सकेका थिएनन् । उक्त खेलमा मार्शलले मात्र दुई रन बनाएका थिए । आरोनले पाँच रन हानेका थिए । अमेरिकाका लागि सबैभन्दा भरपर्दा ब्याटस्म्यान अहिलेसम्म इयान होल्याण्ड देखिएका छन् । उनले ओमानसितको पहिलो खेलमा ६५ रन तथा नेपालसितको खेलमा ७५ रन बनाएका थिए । यसबाहेक अक्षय होमराजले ओमानसितको पहिलो खेलमा ४४ रन बनाउनुबाहेक अन्य ब्याटस्म्यानले उल्लेख्य रन बनाउन सकेका छैनन् ।
यस्तै बलिङतर्फ अमेरिका कप्तान सौरभ नेत्रावाल्कर, केमरुन स्टभेन्सन, स्टेभन टेलर, रुस्टी थेरेन, इयान होल्याण्ड र एलमोर हुचिन्सनमाथि भर पर्नेछ । हालसम्म खेलेका दुई खेलमा केमरुन र सौरभले तीन–तीन तथा अन्यले एक–एक विकेट मात्र लिएका छन् । केमरुनले नेपालसितको खेलमा तीन विकेट लिएका थिए भने सौरभले दुई विकेट लिएका थिए ।
समग्रमा लिगको शीर्षस्थानमा उक्लिनका लागि ब्याटिङ, बलिङ र फिल्डिङमा निकै मेहनत गर्नुपर्नेछ । सामान्य खेल प्रदर्शनले उसको शीर्षस्थानको लक्ष्य पूरा हुनेछैन । ओमान अहिले उत्कृष्ट लयमा छ । उसको ब्याटिङ, बलिङ र फिल्डिङ निकै बलियो छ । यही कारणले हालसम्मका तीनवटै खेलमा जित हात पारेको हो । त्यसैले आजको खेलमा ओमानलाई हराउन अमेरिकालाई सहज हुनेछैन ।
ओमानको ब्याटिङ लाइनलाई नियन्त्रणमा लिनसके अमेरिकाले जित निकाल्न सक्छ । शीर्षस्थानमा रही प्रसन्नताका साथ घर फर्किने इच्छा पूरा हुनेछ । अमेरिका र ओमानले गत वर्ष एकदिवसीय मान्यता पाएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
अफगानिस्तान टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश
असार ११, २०८१ मंगलबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
असार १०, २०८१ सोमबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
जंगली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ बिरामी
असार ११, २०८१ मंगलबार
सुदूरपश्चिममा सरकारले सार्वजनिक नगर्दै बजेट पुस्तिका बाहिरियो, कांग्रेसले गर्यो विरोध
असार ११, २०८१ मंगलबार
नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक सम्पन्न
असार ११, २०८१ मंगलबार
६० केजी सुन तस्करी प्रकरण : दोस्रो चरणको अनुसन्धानमा २० जना पक्राउ, १५ जना अझै फरार
असार ११, २०८१ मंगलबार
अबैध उत्खनन गरी बालुवा ल्याइरहेको ३ ट्याक्टर चालकसहित पक्राउ
असार ११, २०८१ मंगलबार