१ अर्ब ५० करोड माथिको कारोवार हुँदा बजार मुख्य प्रतिरोध क्षेत्रमा पुगेकै हो ?
आर्थिक संवाददाता
माघ २८, २०७६ मंगलबार २३:५५:३२
२८ माघ, काठमाडौं । साताको तेश्रो कारोवार दिन नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि देखिएको छ । हिजो सामान्य अंकले वृद्धि भएको बजार आज १७ दशमलव ११ अंकको वृद्धि देखाएकाे छ । आज ४० लाख १८ हजार कित्ता शेयर खरीद बिक्री भएकोमा कारोवार रकम भने वृद्धि भएर १ अर्ब ५४ करोड पुगेको छ । आज बजारले बुलिश आकृति बनाएको थियो ।
बजारलाई मुख्य ड्राइभ गर्ने वाणिज्य बैंकको उपसुचकमा १ दशमलव २७ प्रतिशतको वृद्धिसंगै बजारलाई टेवा पुगेको देखिन्छ । आज माईक्रोफाईनान्स उपसुचकमा सर्वाधिक ३ दशमलव २ प्रतिशतको वृद्धि हुँदा ट्रेडिङ्ग उपसुचकमा सर्वाधिक १ दशमल ३३ प्रतिशतको गिरावट आएको छ। आज ट्रेडिङ्ग उपसुचहक बाहेक सम्पूर्ण उपसुचकमा वृद्धि देखिएको छ ।
बजार १३२४ दशमलव ३१ को विन्दुमा खुलेकोमा १३४२ दशमलव ९१को उच्च विन्दु सम्म पुगेको थियो । बजारले ११ बजेर ३७ मिनेटमा उच्च विन्दु समातेको थियो । त्यस्तै बजारको न्यून विन्दु र खुला विन्दु एकै रहेको छ । बजारले ११ बजेर ३७ मिनेटमा बनेको आजको उच्च विन्दु तोड्न धेरै प्रयास गरे पनि त्यो असफल भएको थियो । अन्त्यमा बजार उच्च विन्दुमै बन्द हुन खोजेको थियो ।
आज सर्वाधिक कारोवार हुने, कमाउने र गुमाउने कम्पनीहरु :
माघ २८ गतेको प्राविधिक विस्लेषण
मुख्य प्रतिरोध : १३५० देखि १३६० पहिलो टेवा : १३३०
- आज नेप्से बढ्दो प्रवृत्तिमा रहेको छ। बढेको बजारमा कारोबार रकमले समर्थन गरेको छ ।
- आजको मैनबत्तीले “बुलिस मारुबोजु” चित्र बनाएको छ। यसले बजार बढ्न सक्ने जानकारी गर्दछ ।
- दैनिकी अवधिमा “आरएसआई” ६५ दशमलब २५ को बिन्दुमा छ। आरएसआईको प्रवृत्तिले बजारमा खरिदकर्ताको चाप हुन थालेको जानकारी गराएको छ ।
- “एडिएक्स” सामान्य रहे पनि जोड र बेजोड “डाइरेक्सनल इन्डेक्स”हरुले खरिदकर्ताको चाप हुन थालेको जानकारी दिएको छ ।
- “अन ब्यालेन्स भल्यूम” ले आज बजारमा खरिदकर्ताको चाप रहेको जनाएको छ ।
- नेप्से बढेमा मुख्य प्रतिरोध १३५० देखि १३६० को क्षेत्रमा पाउने देखिन्छ र घटेमा पहिलो टेवा १३३० को क्षेत्रमा पाउने देखिन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार