सप्तकोशीमा पानीजहाज बन्द : सुरक्षा माग
नेपालबहस संवाददाता
फागुन २, २०७६ शुक्रबार १४:२९:४७
२ फागुन विराटनगर । असुरक्षाको कारण देखाउँदै सप्तकोशी नदीको सुनसरीस्थित चतराबाट सञ्चालन हुँदै आएको पानीजहाज बुधबारदेखि बन्द भएको छ । विगत दुई वर्षदेखि व्यावसायिकरुपमा सात पानीजहाज सञ्चालन हुँदै आएको थियो ।
सञ्चालकले बिहीबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी स्थानीय नदी किनाराका केहीले हुलहुज्जत गर्दै कमिशनको माग, बिना टिकट यात्रा, रोजगारी, अनाधिकृत बुकिङ लगायतक माग राखी जहाज सञ्चालनमा अवरोध सिर्जना गरेपछि बन्द गर्नुपरेको जनाएका छन् । शान्ति सुरक्षाको प्रत्याभूति नगरिएसम्म सेवा बन्द गर्ने उनीहरुले जानकारी दिएका छन् ।
जेटबोट ‘पानीजहाज’मा करोडौँको लगानी रहेको, यसले मुलुकको पर्यटन प्रवद्र्धनमा सेवा दिएको र स्थानीयलाई आवागमनमा सहज भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । सञ्चालक राजेन्द्र कार्कीले सप्तकोशीमा नदीमा तीन सिटका तीन, आठ सिटका दुई, ७० सिटको एक र १८ सिटको एक गरी सात पानीजहाज सञ्चालन हुँदै जानकारी दिए । एक यात्रु बराबर रु पाँच लाखको दुर्घटना बीमा रहेको छ ।
बराहक्षेत्र जल यातायत तथा पर्यटन सेवा प्रालि, नेपाल रिभर ट्रान्सपोर्ट प्रालि, बराहक्षेत्र मरिन एण्ड रिर्सोट्स प्रालि र सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोर्टेशन प्रालि गरी सात पानीजहाज सञ्चालन हुँदै आएको छ । पानीजहाजबाट सुनसरीको चतराबाट भोजपुरको सीमाना सिम्मेसम्म सञ्चालन हुँदै आएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार