नेपाली खेलाडीलाई पहिलोपटक आइटिएफ टेनिसको उपाधि
नेपालबहस संवाददाता
फागुन ३, २०७६ आइतबार १:७:४२
३ फागुन कास्की । अन्तरराष्ट्रिय टेनिस फेडेरेशन ‘आइटिएफ’को विश्व वरियता जुनियर यु–१८ टेनिस प्रतियोगितामा नेपाली खेलाडीले पहिलोपटक उपाधि जित्न सफल भएका छन् । नेपालका प्रेरणा कोइरालाले यु–१८ सर्किट दुईको प्रतिष्पर्धामा महिला एकलतर्फ उपाधि जित्न सफल भए ।
कास्की जिल्ला टेनिस सङ्घको आयोजना तथा अन्तरराष्ट्रिय टेनिस महासङ्घको समन्वयमा पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा माघ २७ गतेदेखि शुरु भएको प्रतियोगिताको आज सम्पन्न अन्तिम खेलमा नेपालको राष्ट्रिय वरियतामा शीर्ष स्थानमा रहनुभएका कोइरालाले नेपालकै अभिलाषा विष्टलाई ६–२, ६–७ ९४०, ६–१ को सेटमा पराजित गर्दै महत्वपूर्ण ३० अङ्क जोड्न सफल भए ।
कोइरालाले भारतीय खेलाडी गर्जी पावर र विष्टले सिङ्गापुरका डेन्ना चोलाइ सेमिफाइनलमा पराजित गर्दै पहिलोपटक फाइनलमा स्थान पक्का गर्न सफल भएका थिए। त्यसैगरी पुरुष एकलतर्फ भारतका अमन धहियाले उपाधि हासिल गरे । पुरुषतर्फ उनले भारतकै सिद्धार्थ जैसविनलाई ६–४ र ६–१ को सोझो सेटमा पराजित गरी उपाधि ३० अङ्क प्राप्त गरेका हुन् ।
त्यसैगरी महिला र पुरुष डवल्सतर्फको दुवै विधामा भारतीय खेलाडीहरुले उपाधि जित्न सफल भए । पुरुषतर्फ आदित्य रोय र जस्विन टिडानाको जोडीले अमनलइया र हिरक बोहोराको जोडीलाई ६–३ र ६–३ को समान सेटमा पराजित गरी उपाधि हासिल गरे। महिलातर्फ भारतका रिया अभेजा र एरिका कन्हागीको जोडीले उदय शाह र गारगी पावरको जोडी माथि २–६, ६–४ र १२–१० को सेटमा जित हासिल गरिन।
प्रतियोगितामा विभिन्न ११ देशका पुरुष ३२ र महिला ३२ गरी ६४ जना खेलाडीले प्रतिष्पर्धा गरेका थिए । विजेता खेलाडीहरुलाई नेपाल टेनिस सङ्घका अध्यक्ष ज्योति राणा, उपाध्यक्ष विनोद कायस्थ, प्रतियोगिता संयोजक एवं कास्की जिल्ला टेनिस सङ्घका सल्लाहकार सूर्य भुजेललगायतले पुरस्कार वितरण गरेकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार