एतिहासिक लमजुङ दरबारमा प्रहरी पोष्ट
नेपालबहस संवाददाता
फागुन ५, २०७६ सोमबार १४:२:४७
५ फागुन, काठमाडौं । बेंसीसहर नगरपालिका र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा बेँसीशहर नगरपालिका–३ गाउँशहरस्थित लमजुङ दरबार परिसरमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ ।
बेँसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले आइतबार पोष्टको शुभारम्भ गर्दै सुरक्षा निकायले इमान्दार, कर्तव्यनिष्ठ र जिम्मेवारीपूर्वक काम गर्दै नागरिक तथा स्थानीयको मन जित्नुपर्ने बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले भने, “गाउँशहर ऐतिहासिक लमजुङ दरबार रहेको, धार्मिक महत्व बोकेको ठाउँ र यहाँ काउलेपानी घरवाससमेत सञ्चालन भएकाले विभिन्न घटना हुनसक्ने भएकाले सुरक्षा आवश्यक रहेकाले अस्थायी पोष्ट स्थापना गरिएको छ ।”
वडाध्यक्ष सूर्यकुमार श्रेष्ठले भने, “यहाँका स्थानीय असुरक्षित तरिकाले बसेका थियौं, तर अब अस्थायी प्रहरी पोष्ट भएसँगै केही सुरक्षाको अनुभूति भएको छ ।” अस्थायी प्रहरीचौकी स्थापनासँगै त्यहाँका स्थानीय हर्षित भएका छन् । जिल्लामा यस अस्थायी प्रहरी चौकीसहित तीन वटा अस्थायी प्रहरी चौकी रहेको छ ।
यस गाउँशहरमा सोह्रौँ शताब्दीमा निर्माण गरिएको लमजुङ दरबार नेपालकै पुरानो दरबार रहेको छ । यो दरबार समुद्री सतहदेखि एक हजार ४४५ मिटर उचाइमा रहेको छ । शाह वंशीय राज्यकालको उद्गमथले लमजुङ र त्यसैको विरासत लमजुङ दरबार रहेको छ । कास्कीकोटका राजा कुलमण्डलका माइला छोरा कालु शाहलाई लमजुङका खजेदुरालगायतले त्यहाँ ल्याएर राजा बनाएको इतिहास रहेको छ ।
त्यसको केही समयमै लमजुङमा शासनको बागडोर सम्हालेका तत्कालीन घलेराजाका सेनाले कालु शाहको हत्या गरिदिएको ऐतिहासिक कथन छ । सो घटनापछि उनीहरुले नै कुलमण्डलका कान्छा छोरा जशमु शाहलाई पुनः कास्कीकोटबाट ल्याएर राजकाज अघि बढायो । राजालाई १५ असार रविबारका दिन १५ घडीको सिंह लग्नमा विसंं १५५० मा राजगादी गराएको ऐतिहासिक शिलालेखमा उल्लेख छ ।
त्यसपछि विभिन्न नामका राजाले यो दरबारबाटै लमजुङको बागडोर सम्हालेको थियो । धेरैपछि यशोबह्मा शाह राजा भयो । उनको मृत्युपछि उनका जेठा छोरा नरहरि शाह राजा भए । उनीपछि विभिन्न शाह राजा भई लमजुङको अन्तिम राजा वीर शाह रहेको इतिहासमा उल्लेख छ ।
विसं १८३८ सम्म शाह वंशले लमजुङ दरबारमा राजा भएर राजगद्दी सम्हालेको स्थानीय बताउँछन् । त्यस्तै यस दरबार नजिकै काउलेपानी घरवास सञ्चालनमा रहेको छ । पर्यटकका लागि समेत सुरक्षामा टेवा पुग्ने देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
रौतहटमा हात्तीको उपद्रो, बिघौँबिघा जमिनमा लगाएको केराबारी नष्ट
पुष २६, २०८१ शुक्रबार
झापामा सीमास्तम्भ मर्मत गरिँदै
पुष २६, २०८१ शुक्रबार
धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना, चालक र सहचालकको मृत्यु
पुष २६, २०८१ शुक्रबार
५० शैय्याको अस्पताल भवन: थपिएको म्याद सकियो, निर्माण सकिएन
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार