६० लाख रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ
नेपालबहस संवाददाता
फागुन ५, २०७६ मंगलबार ४:२:५१
५ फागुन काठमाडौं । अमेरिकाको भिसा प्रक्रियाका लागि बैंक ब्यालेन्स देखाउन भनी रु ६० लाख रुपैयाँ लिई ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध नियन्त्रण महाशाखा काठमाडौंको टोलीले भक्तपुरको ठिमीबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बागलुङ जिल्लाको बागलुङ नगरपालिका–२ घर भई ललितपुर इमाडोल बस्ने ३४ वर्षीय रामचन्द्र कुँवर र काभ्रेपलाञ्चोक चौउरे देउराली घर भई सोही ठाउँ बस्ने ३४ वर्षीय गणेश लामा रहेका छन् । काठमाडौं तार्केश्वर नगरपालिका–२ बस्ने नुवाकोटकी एक महिलालाई कुँवरले अमेरिका जानका लागि बैक ब्यालेन्स देखाउनु पर्ने भन्दै प्रलोभनमा पारेर आफ्नो बैंक खातामा रु ६० लाख रुपैयाँ राख्न लगाएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।
उनीहरुले पैसा राखे लगत्तै बैंकका विभिन्न शाखाबाट नक्कली कागजपत्र र नक्कली सवारी चालक अनुमतिपत्र राखी रकम निकाली ठगी गरी सम्पर्कविहिन भएका थिए । उक्त सूचनाको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई गएराति पक्राउ गरेको हो ।
उनीहरुले अन्य तीन जनाबाट पनि झण्डै रु ७० लाख रुपैयाँ लिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको महाशाखाले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । गएराति पक्राउ परेका उनीहरुलाई आज महाशाखाले सार्वजनिक गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
कञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
युक्रेनसँग सम्झौता नभए रुसमाथि थप प्रतिबन्ध लगाउन सक्ने ट्रम्पको संकेत
माघ ९, २०८१ बुधबार
सौर्य जहाज दुर्घटनाका पीडितद्वारा न्याय नपाएको गुनासो
माघ ९, २०८१ बुधबार
‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’
माघ ९, २०८१ बुधबार
संखुवासभाबाट एक अर्ब बढीको अलैँची निर्यात
माघ ९, २०८१ बुधबार