दादुरा खोप अभियान शुभारम्भ
नेपालबहस संवाददाता
फागुन ६, २०७६ मंगलबार १९:११:१७
६ फाल्गुण, काठमाडौं । प्राणघातक रोग दादुरा रुबेला र पोलियो संसारबाट उन्मूलन गर्ने विश्व स्वास्थ्य सङ्गठनको अभियानमा प्रदेश सरकारमा सक्रिय सहभागिता जनाएको छ ।
दादुरा रुबेलाको कारण मानिसको ज्यान जान सक्ने र पोलियोका कारण मानिस अपाङ हुने भएकाले नै यो अभियान प्रदेश नं १ को सरकारले आजबाट शुरु गरेको हो । यो अभियानले कुनै बालबालिका छुट्न नहुने र नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई दादुरा रुबेला र जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकालाई पोलियो खोप अभियान सञ्चालनमा ल्याएको छ ।
यसअन्तर्गत प्रदेशभरिमा दादुरा रुबेला चार लाख २७ हजार १२ बालबालिकालाई र पोलियो तीन लाख पाँच हजार ३४२ बालबालिकालाई दुई चरणमा खुवाउने स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक चन्द्रदेव मेहताले जानकारी दिनुभयो । उहाँले यसका लागि आठ हजार १५२ खोप केन्द्र, त्यति नै सङ्ख्यामा स्वास्थ्यकर्मी र १६ हजार ३०४ स्वयंसेवक परिचालन हुने जानकारी दिनुभयो । मोरङमा दादुरा रुबेला ९२ हजार ८०५ जनालाई र पोलियो एक लाख नौ हजार ९२९ जनालाई खुवाउने र यसका लागि खोप केन्द्र ९००, स्वयंसेवक एक हजार ८०० र स्वास्थ्यकर्मी ९०० परिचालन गर्ने स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो ।
मोरङमा यो अभियान दुई चरणको कार्यक्रमअनुसार आठ स्थानीय तहलाई आजदेखि १४ गतेसम्म र दोस्रो चरणमा नौ स्थानीय तहलाई फागुन १६ देखि २४ गतेसम्म चल्ने बताइएको छ । पोलियो सुनसरी, मोरङ र झापामा मात्र खुवाउने कार्यक्रम छ ।
प्रदेश नं १ को सामाजिक विकासमन्त्री जीवन घिमिरेले आज मोरङको कटहरीमा स्थानीय दुई वर्ष चार महिनाकी बालिका नित्या साहलाई पोलियो थोपा खुवाउँदै दादुरा रुबेला खोप अभियान तथा नियमित खोप कार्यक्रम–२०७६ को शुभारम्भ गर्नुभयो ।
मन्त्री घिमिरेले भविष्यका कर्णधार बालबालिकालाई रोगमुक्त गर्न यो अभियान सञ्चालन भएको र यसलाई सफल बनाउन जनप्रतिनिधिले साथ दिनुपर्ने बताउनुभयो । स्वास्थ्य विभाग परिवार कल्याण महाशाखाका भरत भण्डारी, कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले पनि यो अभियानलाई सफल बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो पटक गौर अस्पतालमा आङ्ग खसेको रोगको सफलता पूर्वक अपरेसन
माघ ९, २०८१ बुधबार
जुम्लामा प्रसूति आवास गृह सञ्चालन हुँदा सुत्केरीलाई राहत
माघ ९, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार
व्यावसायिक स्याउखेती विस्तार गर्न कृषि प्रविधिकलाई तालिम
माघ १२, २०८१ शनिबार
भाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
ट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार