स्याङ्जामा भैसी चोर्ने गिरोह पक्राउ
नेपालबहस संवाददाता
फागुन ६, २०७६ बुधबार ०:२६:५०
६ फाल्गुण, स्याङ्जा । वडा प्रहरी कार्यालय वालिङले भैसी चोर्ने गिरोह पक्राउ गरेको छ । फागुन ३ गते राती भीरकोट १ बस्ने तेजबहादुर केसीको दुई बर्षको पाडी र फागुन ४ गते राती भीरकोट २ बस्ने जमुना केसीको ७ बर्षको लैनो भैसी गोठबाटै चोरी भएको थियो ।
भैसी चोरी भएको उजुरी प्रहरीलाई दिएपछि अनुसन्धान थालेको प्रहरीले फागुन ५ गते जीपसहित दुईजनालाई पक्राउ गरेको छ । भीरकोट २ बस्ने बर्ष २४ को अजमत अलि र सोही जीपमा सवार सोही स्थानका बर्ष २७ का महमद अलिलाई पक्राउ गरेको हो । ग १ ज ५८४१ नम्वरको जीपमा भैसी र पाडी लोड गरेर बयरघारीतर्फ ल्याउदै गर्दा प्रहरीले सोधपुछ गर्दा भैसी किनेको खुलाउन नसकेपछि नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । तेजबहादुर र जमुनालाई सोही स्थानमा बोलाई भैसी पाडी देखाउदा निजहरुले आफ्नो बताएपछि जीपसहित प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी निरिक्षक निरन्जन घिमिरेले बताए ।
प्रहरीले भैसी चोरमा संलग्न भएका अलिद्धयलाई जिल्ला अदालतमा म्याद थपी थप अनुसन्धान थालेको जनाएको छ । दुईतीन बर्ष अगाडीदेखि भैसी चोरीको घट्ना हुदै आएको खुलेको छ, प्रहरी निरिक्षक घिमिरेले भने,“चोरीको घट्नामा अन्य व्यक्तिहरु पनि संलग्न छन् या छैनन् भन्ने विषयमा अनुसन्धान भईरहेको छ ।” भैसी चोरी गर्ने घट्नामा ठुलै गिरोह हुन सक्ने शंका उत्पन्न भएको प्रहरीले आशंका गरेको छ । भैसी चोर्ने घट्ना भने स्याङ्जामा यो नै पहिलो हो । मानिसले भैसी हराएको मानेका कारण पनि खासै यो बाहिर नआएपनि यो घट्नाले भने सबै तथ्य पत्ता लगाउनेमा प्रहरी विश्वस्त रहेको छ ।
अन्य सामाग्री चोरीका घट्ना आएपनि भैसी चोरीको घट्ना भने जिल्लामा पहिलो भएको हुनसक्ने प्रहरीले जनाएको छ । भैसी चोरी भएको उजुरी प्रहरीकोमा आउन साथ प्रहरीले २४ घण्टामा चोर पक्राउ गर्नुले प्रहरीले सफलता हासिल गरेको स्थानीयले बताएका थिए । चोरीमा संलग्नलाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद २० को दफा २२४ को उपदफा २ बमोजिम ३ बर्ष कैद र ३० हजार जरिवानाको व्यवस्था गरिएको छ । चोरीमा संलग्न अभियुक्तलाई सोही अनुसारको मुद्धा चलाइएको वडा प्रहरी कार्यालयका मुद्धा शाखा प्रमुख तथा प्रहरी नायव निरिक्षक युवराज चन्दले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन
मंसिर १७, २०८१ सोमबार
आठ डीआईजीले पाए दर्ज्यानी चिन्ह
मंसिर १७, २०८१ सोमबार
नब्बे लाख बराबरको औषधीजन्य सामाग्रीहरूसहित ट्रक नियन्त्रणमा
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार