पर्यटन गन्तव्यले निरन्तरता पायो
नेपालबहस संवाददाता
फागुन ७, २०७६ बुधबार १६:५८:४४
७ फागुन काठमाडौं । गत वर्षबाट रुकुमपूर्वमा शुरु भएको पर्यटन गन्तव्य कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाएको छ ।
प्रदेश नं ५ सरकारले जिल्लास्थित डिभिजन वन कार्यालयमार्फत पर्यटन गन्तव्य निर्माणको काम गरिरहेको छ । कार्यालयले जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिकाको केन्द्र तकसेरालाई केन्द्र मानेर पर्यटन गन्तव्यको विकास गर्ने कामको थालनी गरेको प्रदेशसभा सदस्य तेजबहादुर ओलीले जानकारी दिए।
यस कार्यक्रम कार्यान्वयनका लागि गत वर्ष रु एक करोड बजेट विनियोज गरिएको थियो । कार्यक्रम कार्यान्वयन गर्नका लागि यस वर्ष पनि त्यत्ति नै बजेट छुट्याइएको उनले बताए । उनका अनुसार गत वर्षको बजेटबाट पुथाउत्तरगङ्गा गाउँपालिका–१३ को विर्गुमगाउँमा उद्यान निर्माण, स्वागतद्वार, विर्गुमको टावरसम्म पदमार्ग निर्माण गरिएको छ । यसैगरी विर्गुम पोखरी संरक्षणका लागि पर्खाल लगाइएको छ भने भ्यूटावर निर्माणको काम पनि थालिएको छ ।
यस वर्ष यस कार्यक्रमबाट तकसेरामा सामुदायिक पाहुनाघर र सङ्ग्रहालय निर्माण गरिने छ । भूमे गाउँपालिकासहित पुथाउत्तरगङ्गा गाउँपालिकाका सबै वडालाई यस कार्यक्रमसँग जोडेर बृहत पर्यटन गन्तव्य बनाई पर्यटन क्षेत्रको विकास गर्ने प्रदेश सरकारको उद्देश्य रहेको जनाइएको छ । यस कार्यक्रमका लागि क्रमिकरूपमा बजेट छुट्याएर त्यस क्षेत्रलाई पूर्ण पर्यटन गन्तव्य बनाउने प्रदेश सरकारको योजना रहेको छ ।
प्रदेश नं ५ को एकमात्र हिमाली जिल्ला रुकुमपूर्व प्राकृतिक र सांस्कृतिक रूपले धनी मानिने जिल्ला हो । जिल्लावासीको जीवनशैली नै अन्य जिल्लाका मानिसका लागि नौलो लाग्ने गर्दछ । हिमाल, पहाड र तराई सबै ठाउँको मिश्रणबाट बनेको रुकुमपूर्वमा विभिन्न किसिमका हिमाल, तालतलैया, नदी, हिमताल, हिमनदी, बहुमूल्य जडीबुटी पाइने गर्दछन् । त्यसैगरी जनयुद्धको उद्गमस्थलका रुपमा चिनिने यस जिल्लामा युद्ध पर्यटनको सम्भाव्यता उत्तिकै छ ।
पछिल्लो समयमा गुरिल्ला पर्यटनको पनि विकास भइरहेको भूमे गाउँपालिकाले जनाएको छ । पछिल्लो चरणमा रुकुमपूर्वमा आन्तररिक पर्यटक मात्र नभई बाह्य पर्यटक पनि भित्रिरहेको पर्यटन सूचना केन्द्र रुकुमपूर्वले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच भेट
मंसिर १२, २०८१ बुधबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार