पाँच अंकले बढेकाे बजारमा कमाउने १० ठूला कम्पनी कुन-कुन हुन् ? हेराैं आजकाे बजार काराेबार
नेपालबहस संवाददाता
फागुन ७, २०७६ बिहिबार ०:३२:५८
७ फागुन, काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक समान्य अङ्कले बढेको छ । धितोपत्र बजारमा शेयर कारोबारमा आएको वृद्धि सँगै नेप्सेले उकालो यात्रा कायम नै राखेको छ ।
पाँच दशमलव २४ बिन्दुले सुधार आई बजार आज एक हजार चार सय ५ दशमलव २५ बिन्दूमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ० दशमलव ९९ ले बढेर दुई सय ९५ दशमलव ९४ मा पुगेको छ । कूल १ सय ७७ कम्पनीको ३४ लाख ५५ हजार ६८२ कित्ता शेयर रु एक अर्ब ६२ करोड ८८ लाख ४१ हजार ३८९ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये छ उपसमूहको शेयर उकालो लागेको छ भने छ उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार आठ दशमलव २९, विकास बैंक ५ दशमलव ५२, जलविद्युत् ४ दशमलव ८१, उत्पादन ९४ दशमलव ७१, अन्य ४ दशमलव ५६ र लघुवित्त एक सय चार दशमलव ३९ ले वृद्धि भएको छ । यस्तै बैंकिङ तीन दशमलव ७५, होटल शुन्य दशमलव २७, वित्त तीन दशमलव २७, निर्जीवन बीमा ५२ दशमलव ७८, जीवन बीमा १९ दशमलव ४२ र सामूहिक लगानी कोष शुन्य दशमलव शुन्य तीनले बढेको छ ।
कारोवारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १४ करोड ७१ लाख ६२ हजार ९१३ मूल्यमा खरिद बिक्री भई शीर्ष स्थानमा रह्यो । यस्तै हिमालयन डिस्टिलरी रु १२ करोड ८९ लाख ५५ हजार, गरिमा विकास लघुवित्त वित्तीय संस्था रु छ करोड ६१ लाख ४२ हजार ३६८, एनआइसी एशिया बैंक रु पाँच करोड ९९ लाख ६६ हजार ३७८, सानका किसान विकास बैंक रु पाँच करोड ९९ लाख एक हजार ७८४, शिखर इन्स्योरेन्स कम्पनी रु पाँच करोड दुई लाख ९१ हजार ८२० र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको रु तीन करोड ७९ लाख ४० हजार १०३ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
त्यस्तै आशा लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले कमाउँदा बोटलर्स नेपाल तराई नौ दशमलव ९९, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक नौ दशमलव ९०, सिजी लघुवित्त वित्तीय संस्था नौ दशमलव ६४, हिमालयन डिस्टिलरी आठ दशमलव ४७ र साना किसना विकास बैंकका शेयरधनीले सात दशमलव ६२ प्रतिशतले कमाएका छन् ।
यसैगरी मल्टीपर्पोज फाइनान्स नौ दशमलव ५५, प्रोगे्रसिभ फाइनान्स तीन दशमलव ५७, माउण्टेन हाइड्रो तीन दशमलव शुन्य ९, राष्ट्रिय बीमा कम्पनी दुई दशमलव ९८, सिद्धार्थ इक्विटी फण्ड दुई दशमलव ९८ र एनआइबिएल समृद्धि फण्ड एक का लगानीकर्ताले दुई दशमलव ४३ प्रतिशतले गुमाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
आजको विनिमयदर : अमेरिकी डलर र युरोको भाउ घट्यो
भदौ १४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
यस वर्ष दशैंको टीकाको साइत बिहान ११ः३६ बजे
असोज ४, २०८१ शुक्रबार
सांस्कृतिक आदानप्रदान र दिगो विकासमा पर्यटनको भूमिका महत्वपूर्णः पर्यटनमन्त्री
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार
नागढुङ्गा-नौबीसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिने सहमति
असोज ४, २०८१ शुक्रबार
आईफोन–१६ अब अर्को आईफोनबाट ताररहित रूपमा पुनर्स्थापित गर्न सकिने
असोज ४, २०८१ शुक्रबार