सचिव ज्यू ! ‘पहिला थुन्ने, अनि कुरा सुन्ने सरकारकाे नीतिले व्यवसायी पीडामा छन्’
नेपालबहस संवाददाता
फागुन ८, २०७६ शुक्रबार १:१२:४६
८ फागुन, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र गृहसचिव महेश्वर न्यौपाने बीच भेटवार्ता भएको छ । श्रेष्ठ नेतृत्वमा गएको प्रतिनिधिमण्डलले हालै गृह मन्त्रालयको कार्यभार सम्हालेका सचिव न्यौपानेसँग भेट गरी उनलाई बधाई तथा कार्यकालको पूर्ण सफलताको कामना गरेको छ ।
साेही क्रममा उनीहरुले व्यवसायिक शान्ति सुरक्षाको प्रत्याभुति गृह प्रशासनबाट हुने कुरामा सम्पूर्ण निजी क्षेत्र वा व्यवसायीहरु ढुक्क हुनसक्ने वातावरण कायम राख्न आग्रह गरेका छन् । ‘पहिला थुन्ने, अनि कुरा सुन्ने सरकारकाे नीतिले व्यवसायी पीडामा छन्’ भन्दै उनीहरूले गृहसचिवलाई व्यवसायीकाे पीडा पनि बताएका छन् ।
माल वस्तुको सहज, सरल र नियमित आपूर्तिको व्यवस्था गर्न वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभाग रहेको छ । उनीहरुले अनुगमनको क्रममा अनाश्यक धरपकड नगर्न समेत अनुरोध गर्दै यसबाट व्यवसायिक वातावरण बिग्रने बताएका छन् । औद्योगिक एवं व्यवसायिक शान्ति सुरक्षाका लागि औद्योगिक क्षेत्र, इन्डस्ट्रियल कल्स्टर आदिमा सशक्तता अपनाउन आग्रह गरे । ट्राफिक व्यवस्थापनमा निर्यातलाई इमरर्जेन्सी एम्बुलेन्स जस्तो बनाइ प्राथमिकतामा राख्नका लागि बंगलादेशको उदाहरण पेश गरे ।
साथै कालोबजारी संम्बन्धी पुराना कानून खारेज गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन् । निजी क्षेत्र शहरी ट्राफिक व्यवस्थापनमा सहकार्य गर्न तयार रहेको, विपद व्यवस्थापनमा चेम्बरले सहयोग गरि राखेको र अब विपद व्यवस्थापन प्राधिकरण बनिसके पनि वित्तपोषण जोखिम रणनीति बनाउन चेम्बरले गृह मन्त्रालयसँग सहकार्य गरिरहेको बताउँदै चेम्बरको करिब सबै जिल्लामा सञ्जाल विस्तार भई कार्य भइरहेकोले गृह अन्र्तगत संघिय, प्रदेश र स्थानिय स्तरमा चेम्बरको प्रतिनिधि बनाउन अनुरोध गरेका छन् ।
पहिला थुन्ने अनि सुन्ने सरकारको नीतिबाट व्यवसायी त्रसित छन् । त्यसैले अनुसन्धान नगरी थुन्ने कार्यले व्यवसायीको शाखमा गिरावट आउने हुँदा यसमा गम्भिरताका साथ बिचार गर्नुपर्ने चेम्बरले बताएको छ । अध्यागमनमा हाल भारत जाँंदा स्थलमार्गबाट प्रस्थानमा छाप नलगाउने हुँदा साना, मझौल र ठूलो सबै उद्यमी व्यवसायीहरुलाई नकरात्मक असर परि व्यवसायीको लागत बढ्ने, अध्यागमन झन्झटिलो भई उद्योग व्यवसायी लगानी प्रवद्र्धनमा नकारात्मक असर पर्ने अध्यक्ष श्रेष्ठले बताएका छन् । उनले सो व्यवस्था व्यवसायीको हकमा तत्काल खारेजी गरिनु पर्ने सुझाव दिएका छन् ।
सो अवसरमा गृहसचिव महेश्वर न्यौपानले प्रतिनिधिमण्डलले राखेको प्रस्तावहरुलाई सरकारको तर्फबाट सकारात्मक सोचका साथ अगाडि बढ्ने कुराको विश्वास दिलाउँदै सरकार र निजी क्षेत्र बीच समन्वयनात्मक भूमिका खेल्ने कुरामा विश्वास दिलाएका थिए । यसको साथै सीसीटीभीको प्रयोगले अपराध नियन्त्रण हुने उनले बताएका थिए ।
उक्त कार्यक्रममा नेपाल सरकार, गृह मन्त्रालयका वरिष्ठ अधिकृतहरु, चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, लगायत पदाधिकारीहरु, कार्य समिति सदस्य, उद्यमी व्यवसायीको उपस्थिती रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
मेची भन्सारबाट २ अर्ब ९५ करोड बराबरको चिया निर्यात
माघ ८, २०८१ मंगलबार
मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छः अर्थमन्त्री पौडेल
माघ ६, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पर्सामा राष्ट्रिय एकता अभियानको कार्यालय स्थापना, चिनियाँ विस्तारवादको कडा आलोचना
माघ ११, २०८१ शुक्रबार
निकोन एक्सपेरिएन्स हव, नेपालले बजारमा ल्यायो निकोनको नयाँ क्यामरा जेड ५० टू
माघ १२, २०८१ शनिबार
तस्बिरमा हेर्नुस विभिन्न जङ्गली जनावरहरु
माघ १२, २०८१ शनिबार
अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसः स्वच्छ ऊर्जा रूपान्तरणमा नेपालले लिएको बाटो
माघ १२, २०८१ शनिबार