एमसीसी पारित गर्न ओलीलाई हम्मे
नेपालबहस संवाददाता
फागुन १०, २०७६ शनिबार २२:४०:३८
१० फागुन, काठमाडौं । बहुचर्चित अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीका लागि फलामकै चिउरा चपाए सरह हुने भएको छ ।
उक्त प्रस्ताव अनुमोदनका लागि सभामुख अग्निप्रसाद सापकोटालाई संसद्मा प्रस्ताव पेश गर्न ओलीले दवाब दिइरहेका बेला अध्ययन कार्यदलले परिमार्जनसहित पास गर्न सुझाव दिएपछि याे विषय अाेलीका लागि भालुको कन्पट बनेको हाे । हिजो मात्रै तीन सदस्य (झलनाथ खनाल, भीम रावल र प्रदिपकुमार ज्ञवाली) नेतृत्वको कार्यदलले एमसीसीमा परिमार्जन अपरिहार्य रहेको भन्दै अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिबेदन बुझाएको छ ।
साढे दुई वर्ष अघि नै कार्यान्वयनमा आइसकेको यो परियोजनामा दुई अर्ब रुपैयाँ भन्दा बढी खर्च भइसकेको छ । अब नयाँ शर्तसहित परियोजना अगाडि बढाउन सहज नहुने बुझ्दा बुझ्दै खनाल नेतृत्वको कार्यदलले प्रतिवेदन दिएपछि ओलीलाई अफ्ठेरो परेको छ ।
उता, यसै सन्दर्भमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज नवलपुरमा आयोजित एक कार्यक्रममा एमसीसी बाइबल नभएको भन्दै यसमा परिमार्जन गरिने अभिव्यक्ति दिएका छन् । उता, नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले भने एमसीसी बिना शर्त अनुमोदन गरिए मात्र नेपालले सहयोग पाउने अन्यथा सहयोग गर्न नसकिने यस अघि नै बताएका छन् ।
शारिरीक रुपमा सशक्त नरहेका प्रधानमन्त्री ओली पार्टी भित्रको पेचिलो अवस्थाले झन आजित भएका छन् । अहिले चौतर्फी घेराबन्दीमा परेको अनुभव गरिरहेका प्रधानमन्त्री ओलीले एमसीसीलाई कसरी पारित गराउने हुन् भन्ने चासो सर्वत्र बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीय संसदका ५ समितिको बैठक बस्दै, यस्तो छ छलफल हुने कार्यतालिका
पुष २६, २०८१ शुक्रबार
अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
रौतहटमा हात्तीको उपद्रो, बिघौँबिघा जमिनमा लगाएको केराबारी नष्ट
पुष २६, २०८१ शुक्रबार
झापामा सीमास्तम्भ मर्मत गरिँदै
पुष २६, २०८१ शुक्रबार
धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना, चालक र सहचालकको मृत्यु
पुष २६, २०८१ शुक्रबार
५० शैय्याको अस्पताल भवन: थपिएको म्याद सकियो, निर्माण सकिएन
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार