यसरी हुन्छ, एनआईसी एशिया बैंकमा खाता खोल्दा २ लाख १४ हजारसम्मको फाइदा
नेपालबहस संवाददाता
फागुन ११, २०७६ आइतबार १६:४०:३२
११ फाल्गुण, काठमाडौं । बैंकमा खाता खोल्दा सर्वसाधरणहरूको मनमा के खुलदुली होला ? आफ्नो बचतको उच्चतम ब्याजदर उनीहरूको पहिलो रोजाई हुने गर्छ । तर एनआईसी एशिया बैंकसँग आबद्ध हुने ग्राहकहरूका हकमा भने उनीहरूले अनुमान गरेभन्दा बढि पाउनेछन् र वास्तवमै ग्राहकले प्राप्त गर्ने उक्त फाइदाहरू अतुलनीय र असिमित रहेको बैंकको दावी छ ।
केही समय अघिदेखि एनआईसी एशिया बैंकले ल्याएको न्यू चमत्कारिक बचत खाता योजना अन्तर्गतका विभिन्न खाता सुविधाहरूमार्फत ग्राहकहरूले ३० वटासम्म चमत्कारिक फाइदा पाउन सक्नेछन् । बैंकले यो योजना अन्तर्गत खाता खोल्दा न्युनतम ५० हजार रूपैयाँदेखी २ लाख १४ हजार रूपैयाँसम्मको चमत्कारिक फाइदा पाउने सुविधा दिएको छ । उक्त खाता खोल्ने ग्राहकले अतुलनीय तथा असिमित फाइदाहरूबाट लाभ लिनेछन् । जसमा बीमा सम्बन्धी ३ आकर्षक चमत्कारिक फाइदा, कर्जामा २ चमत्कारिक फाइदाका साथै २५ वटा अन्य चमत्कारिक फाइदाहरू बैंकले अघि सारेको छ ।
बैंकका अनुसार २१ लाख रूपैयाँको बीमा सुविधा बैंक बाहिरबाट लिँदा भन्दा बैंकको न्यू चमत्कारिक खाताअन्तर्गत गर्दा करिब १४ हजार रूपैयाँ बराबर ग्राहकलाई फाइदा देखिन्छ । जस्तै बैंकले दुर्घटना बीमा, घातक रोगहरू र मेडिकल बीमा अन्तर्गत २१ लाख रूपैयाँ बराबरको बीमा सुविधा प्रदान गरेको छ । बीमा सुविधा अन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्णरुपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा उपलब्ध हुनेछ भने १८ घातक रोगहरूको लागि १० लाख रूपैयाँसम्मको बीमा सुविधा र १ लाख रूपैयाँसम्मको औषधी उपचार (मेडिकल) बीमाको लाभ समेत खातावालाले पाउनेछन् । मेडिकल बीमा अन्तर्गत अस्पतालमा भएका सामान्य खर्च जस्तै डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधि खर्च लगायतका खर्चहरु बापत २० हजार रूपैयाँसम्म र अस्पताल भर्ना वापत ८० हजार रूपैयाँँसम्मको हकदार ग्राहक हुनेछन् ।
नेपालको बैंकिङ्ग क्षेत्रमध्ये अत्याधिक फाइदाले भरिएको यो बीमा सुविधाले ग्राहकहरूको मन जितिरहेको दावी बैंकको छ ।योसँगै खुद्रा कर्जा प्रवाह गर्दा २ चमत्कारिक फाइदाहरू पनि रहेको बैंकले प्रष्ट पारेको छ । जसमा खातावालालाई कर्जाको प्रशासनिक शुल्कमा २५ बेसिस प्वाइन्टसम्मको छुट प्राप्त हुनेछ भने कर्जा ब्याजदरमा विशेष सहुलियतको सुविधा दिइएको छ । यस्तो बचत खाता हुने ग्राहकले यदि ५० लाख रूपैयाँको कर्जा लिदाँ करिब एक लाख १३ हजार रूपैयाँ बराबरको ब्याज तथा कर्जा प्रशासनिक शुल्कमा फाइदा पुग्ने बैंकले जनाएको छ ।
यसबाहेक विभिन्न खालका निशुल्क योजनाहरू जस्तै डेबिट-क्रेडिट कार्ड, खुद्रा कर्जाको प्रशासनिक शुल्क तथा ब्याजदरमा छुट, कुनैपनि बैंकका एटीएम मेसिनबाट रकम झिक्दा निशुल्क, लकर मार्जिन शुल्क छुट, मासिक निक्षेप सुविधा निःशुल्क, डिम्याट खाता निःशुल्क, ई–कमर्श निशुल्क, निःशुल्क होम बैंकिङ्ग, स्वीप इन–स्वीप आउट जस्ता २५ चमत्कारिक सुविधाबाट ग्राहकलाई ८७ हजार रूपैयाँसम्मको फाइदा पुग्ने बैंकले जानकारी दिएको छ ।
स्वीप इन–स्वीप आउट सुविधा
बैंकका बचत खाताहरूमार्फत बीमा, कर्जा र अन्य सुविधा बाहेक बैंकले नेपालमै पहिलोपटक अत्यन्त पृथक एवं लाभदायी स्वीप इन– स्वीप आउट सुविधा आफ्ना ग्राहकहरू सामु पस्केको छ । जसमा एनआईसी एशिया बैंकको जुनसुकै शाखामा न्यू सुपर चमत्कारिक बचत खाता खोल्ने ग्राहकले स्वतः मुद्दती खाताको लाभ प्राप्त गर्नेछन् । यसलाई बैंकले एक विशेष किसिमको सुविधा भएको बताएको छ ।
यदि ग्राहकहरूले बचत रकममा उच्चतम ब्याज आम्दानी गर्ने बाटो खोज्दैछन् भने यस बैंकको स्वीप इन– स्वीप आउट सुविधा अन्तर्गत बैंकले न्यू सुपर चमत्कारिक बचत खातामा २ लाख रूपैयाँभन्दा बढी रकमलाई १० हजार रूपैयाँले गुणन गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर हुने र बचत खातामा ६.५% ब्याजदर पाइरहेका ग्राहकले मुद्धती खातामा जाने बित्तीकै ९.७५% सम्मको ब्याज पाउनेछन् ।
बैंकले देशभर ३१९ शाखा कार्यालयहरु, ४४५ एटीएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्ग सेवामार्फत देशको सर्वाधिक ठूलो वित्तीय सञ्जालमार्फत ग्राहकहरूलाई सहज रुपमा बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ । एन आई सी एशिया बैंकले असिमित सुविधा तथा अतुलनीय फाइदा भएको न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरू अन्तर्गत ग्राहकहरूको दैनिक जीवनलाई सहज बनाउनुका साथै भविष्यमा आइपर्न सक्ने चुनौतीको पनि सामना गर्न आकर्षक बीमा योजनाहरू उक्त बचत योजनाहरूमा समावेश गरेको छ ।
हालसम्म बैंकले बीमा रकम बापत देशभरका १ सय २ जना चमत्कारिक तथा सुपर चमत्कारिक खातावालाहरूलाई तीन किसिमका बीमा योजनाहरू जस्तै घातक रोग, खातावालाको दुर्घटनाबाट मृत्यु वा पूर्णरुपमा अशक्त र अस्पताल भर्ना भएबापत करिब ६० लाख रूपैयाँ बीमा रकम बैंकले उपलब्ध गराइसकेको छ । यसमा मेडिकल बीमा वापत ३७ लाख १२ हजार ६३ रूपैयाँ, घातक रोगहरूको लागि १५ लाख रूपैयाँ र दुर्घटना बीमा वापत ७ लाख ८६ हजार ५ सय ५६ रूपैयाँ ग्राहकहरूले सुविधा पाएका छन् । आम जनमानसमा बचत खातामा केबल सामान्य बचत मात्र गर्ने भन्ने मानसिकतालाई चिर्दै यस बैंकले ल्याएको चमत्कारिक बचत खाताद्धारा केवल बचत मात्रै होइन भविष्यमा आइपर्ने भवितव्यलाई समेत सामना गर्न आर्थिक सहयोग पुगेको यसबाट प्रमाणित भएको बताइएको छ ।
त्यस्तै ग्राहकले आफ्नो अनुकूल हुने र इच्छाएको रकम बचत गर्नका लागि यस खाता अन्तर्गत सिल्भर, गोल्ड र डायमण्ड श्रेणीका बचत योजनाहरू प्राप्त गर्न सक्नेछन् । तसर्थ यस्ता योजनाहरूबाट ग्राहकहरूमा उत्कृष्ट सेवा प्रदान गर्न एन आई सी एशिया बैंक लागिरहेका बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले नेपालबहस डटकमलाई जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार