पार्टी नीति विपरित जन्मदिनमा रमाउँदै प्रम ओली
नेपालबहस संवाददाता
फागुन ११, २०७६ आइतबार १९:०:३६
११ फागुन, काठमाडौं । उमेरको ६९ वर्ष पार गरेका प्रधानमन्त्री खड्गप्रसाद ओली आजबाट सातौं दसकमा प्रवेश गरेका छन् । यसै उपलक्ष्यमा आज बिहान सरकारी निवास बालुवाटारमा जन्मदिन मनाएका ओली दिउँसो भने आफ्नो पुरानो घर एवं उनको निजी निवास तेह्रथुमको आठराई गएका छन् ।
गत साल पनि सरकारी निवासमा भड्किलो जन्मदिन मनाएका ओलीले त्यस लयलाई कायम राखेका छन् । भोज, भत्तेर, खाइ, पिई गरेर जन्मदिन मनाउँदै आएका ओलिको यो जन्मदिन अझ विशेष बन्न पुगेको छ । विषेश यस अर्थमा उनी हेलिकप्टर नै चढेर जन्मदिनमा आफ्नो जन्मघर गएका छन् ।
निजी निवास आठराईमा प्रधानमन्त्री ओलीले बडो तामझामका साथ आफ्नो जन्मदिन मनाउँदै छन् । सरकारी निवासमा आयोजित जन्मदिको शुभकामना आदन–प्रदान कार्यक्रममा उनले केक काटेर जन्म दिनको खुशी साटेका छन् । कार्यक्रममा प्रधानमन्त्रीका ९० वर्षीय पिता मोहनप्रसाद ओलीका साथै पत्नी राधिका शाक्य,उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल, संसदीय दलका उप नेता सुभाषचन्द्र नेम्बाङ, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, पूर्व गृह सचिव प्रेमकुमार राई लगायत निकटस्थहरु उपस्थित भएका थिए ।
उपस्थित सबैले प्रधानमन्त्री ओलीलाई सुस्वास्थ र दीर्घ जीवनको शुभकामना दिए । यसैबीच प्रधानमन्त्री ओली आजै आफ्नो जन्मथलो तह्रथुमको आठराई प्रस्थान गरेका छन् । बिहानको भेटघाट र रमाइलोलाई विश्राम गर्र्दै उनी आज दिउँसो नै निजी निवास तेह्रथुमको आठराई पुगेका छन् । दिनभरि उनी जन्मथलोमै रहने कार्यक्रम तय भएको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् । प्रधानमन्त्री ओलीको जन्मोत्वस भव्यताका साथ मनाउन स्थानीय पार्टी कमिटीले विशेष कार्यक्रमको आयोजना गरेको जानकारी पनि प्रेस सल्लाहकार थापाले दिए ।
ओलीको जन्म दिन मनाउन आज आठराई गाउँपालिकाले सार्वजनिक बिदाको घोषणा गरेको छ । आफ्नो जन्म दिनका अवसरमा प्रधानमन्त्री ओलीले विकास निर्माणका कामको शिलन्यास र उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । सोही कार्यक्रममा स्थानीय चार सय जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम ओलीले व्यक्तिगत रुपमा राखेका छन् ।
यसका साथै प्रधानमन्त्री ओलीका पुराना दौंतरीले समेत विशेष कार्यक्रम राखेको जानकारी सल्लाहकार थापाले दिएका छन् । प्रधानमन्त्री ओलीको जन्म दिनलाई विशेष बनाउन गाउँपालिकाले विभिन्न स्थानमा स्वागतद्वार र तस्बिर सहितको व्यानरको व्यवस्था गरेका छन् ।
पार्टीको आचारसंहिता विपरित ओली
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत महिना जारी गरेको ११ बुँदे पार्टी आचारसंहिता विपरित प्रधानमन्त्री ओलीले आज जन्मदिन मनाएका छन् ।
आचारसंहिताको बुँदा नं। द्ईमा जन्मदिन, व्रतवन्ध पास्नीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सिमित गर्नुपर्ने उल्लेख छ तर प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफ्नो जन्मदिनको अवसरमा नै आफैँले जारी गरेको आचारसंहिता विपरितका कार्यहरु गरेका छन् । बालुवाटारमा परिवारबाहेकका अन्य सदस्यहरुसमेतको भिडभाडले उनको भनाइ र गराइमा आकाश जमिनको फरक देखिएको एक सहभागीले नेपालबहसलाई बताए ।
उनले भने :– प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्षको त यो गतिविधि देखियो भने रामान्य कार्यकर्ता र जनताले नियम, कानुन र सामाजिक मान्यतामा बसेनन् भन्नु लज्जाको विषय हो ।
र याे पनि कम्रेड ! अबदेखि ‘तँ’ नभन्नुस् है
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
लोकतन्त्रको आधारशीला मान्नुपर्ने संसदको आधारभूत चरित्र नै पारदर्शी भएन
असार १६, २०८१ आइतबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
ओलीलाई भेट्न पत्नी आरजुसहित देउवा किन पुगे बालकोट ?
असार १५, २०८१ शनिबार
'मीराः स्याडो अफ अ रेन्बोको सामाजिक प्रदर्शनी गरिने, पहिलो प्रदर्शनी पोखरामा हुँदै
असार १६, २०८१ आइतबार
कृषकलाई आलु भित्र्याउने चटारो
असार १६, २०८१ आइतबार
बिजुली बजार सडक खण्डमा फल्चा शैलीमा निर्मित बस बिसौनी शुभारम्भ
असार १६, २०८१ आइतबार
घरको छतमा ट्रयाक्टर खस्दा दुई बालिका घाइते
असार १६, २०८१ आइतबार
सीईओ भण्डारीपछि लालीगुराँस सहकारीका अध्यक्ष र कोषाध्यक्ष पनि पक्राउ
असार १६, २०८१ आइतबार
पाहुना चरालाई वार्षिक ५० लाखको माछा खुवाउँदै रुपाताल
असार १६, २०८१ आइतबार