भीरकोट महोत्सवको समापन, जनतामा आशा जगाउन मन्त्रीको माग
नेपालबहस संवाददाता
फागुन ११, २०७६ सोमबार १:२६:२३
११ फागुन, काठमाडौं । भूमी व्यवस्था सहकारी तथा गरिबी निबारण मन्त्री पद्माकुमारी अर्यालले जनतामा निरासाभन्दा आशा जगाउने सन्देश दिन आग्रह गरेकी छन् । जनतामा नकरात्मक सन्देश फैलाउदा जनतालमा निरासा हुने गरेको मन्त्री अर्यालको भनाई थियो ।
स्याङजाको भीरकोट उद्योग वाणिज्य संघले आयोजना गरेको दोस्रो भीरकोट महोत्सबको समापन गर्दै मन्त्री अर्यालले सबै राजनैतिक दल मिलेर जनतालाई आशाको सन्देश प्रबहा गर्नुपर्ने बताइन् । जनतामा गलत सन्देश फैलाउदा मुलुकमा ठुलो दुर्घट्ना हुनसक्छ मन्त्री अर्यालले भनिन्, “जनतालाई निरासाभन्दा उत्साहको सन्देश दिनु आजको आवश्यकता हो ।” सरकार सबैदललाई मिलेर देश बनाउन आव्हान गरेको उल्लेख गर्दै मन्त्री अर्यालले अफावह नफैलाउन राजनीतिकदललाई आग्रह छ उनले भनिन् ।
यस्ता मेला महोत्सवले जिल्लाको आर्थिक गतिविधि सगै पर्यटनको विकासमा टेवा पुग्ने मन्त्री अर्यालको भनाई थियो । सरकार मुलुकलाई समृद्धिको बाटोमा गुडाई रहेको उल्लेख गर्दै यसमा साथ दिन मन्त्री अर्यालले सबैलाई आग्रह गरिन् । स्याङ्जाको विकासमा आफुले कुनै कसुर बाकी नराख्ने बताउदै नेकपाले जितेको स्थानीय तहलाई धेरै र काँग्रेसले जितेको स्थानीय तहमा थोरै सहयोग नगरी समान रुपले काम गरेको मन्त्री अर्यालको दावी थियो ।
फागुन १ गतेदेखि संचालन गरिएको महोत्सबको समापनमा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबं संबिधान सभा सदस्य मिन विश्वकर्माले मुहानमा शुद्धिकरण गर्न आबश्यक रहेको बताउँदै बालुवाटार र सिहंदरबारमा बसेर ऐन मार्फत भ्रष्टचार गर्नेलाई शुद्धिकरण गर्न आबश्यक रहेको औँल्याए ।
सरकारलाई राम्रा काममा प्रतिपक्ष दल नेपाली कांग्रेसले सहयोग गरेको बताउदै पुर्व उद्योग मन्त्री समेत रहेका विश्वकर्माले सरकारले गरेका नराम्रा गतिविधिमा भने काग्रेस चुप लागेर नबस्ने दावी गरे । सरकारमै रहेका मन्त्रीहरु भष्ट्रचारमा लाग्न थालेपछि कसरी मुलुकको समृद्ध हासिल हुन्छ भन्दै प्रतिप्रश्न गरे ।
एघार दिनसम्म जारी महोत्सबमा कला संस्कती झल्किने सांस्कृतिक प्रदर्शनी, आँधिखोलामा डुङ्गा, नौमती बाजा प्रदर्शन, भलिबल प्रतियोगिता सगै स्थानीय उत्पादनलाई जोड दिइएको थियो । उक्त महोत्सवमा ३ लाख पचास हजार दर्शकले अबलोकन गर्ने र ४ करोडको कारोबार गर्ने लक्ष्य राखिएको महोत्सब मुल समारोह समितिका महासचिब नुवादत्त अर्यालले जानकारी दिए ।
भीरकोट महोत्सवले सरकारले घोषणा गरेको २०२० लाई सफल बनाउन आयोजना गरिएको महोत्सवले थप सहयोग मिलेको महोत्सवका अध्यक्ष भक्तबहादुर केसीले बताए । सरकार नीजि क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सकरात्मक नहुदा पनि मेला महोत्सवले स्थानीय पर्यटन, कला र कृषिलाई बढावा दिएको उनले बताए । स्थानीय स्तरमा महोत्सवले देखाएको भुमिकाको स्थानीय सरकार भीरकोटका उपप्रमुख सिमाकेसी कर्माचार्यले प्रशंसा गरिन् । फागुन १ गतेदेखि महोत्सव आयोजना गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
गुल्मीमा सुन्तला उत्पादन बढ्यो, कृषक खुसी
पुष २६, २०८१ शुक्रबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
रौतहटमा हात्तीको उपद्रो, बिघौँबिघा जमिनमा लगाएको केराबारी नष्ट
पुष २६, २०८१ शुक्रबार
झापामा सीमास्तम्भ मर्मत गरिँदै
पुष २६, २०८१ शुक्रबार
धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना, चालक र सहचालकको मृत्यु
पुष २६, २०८१ शुक्रबार
५० शैय्याको अस्पताल भवन: थपिएको म्याद सकियो, निर्माण सकिएन
पुष २६, २०८१ शुक्रबार