सामान्य विवादमा प्रहरीको बल प्रयोग भन्दै कांग्रेसले निकाल्यो विज्ञप्ति
नेपालबहस संवाददाता
फागुन १२, २०७६ सोमबार २२:५९:११
१२ फागुन, काठमाडौं । पोखराको पृथ्वीनारायण क्याम्पसमा दुई विद्यार्थी समूहहरु बीचको सामान्य विवादलाई प्रहरी प्रशासनको आडमा भड्काउन खोजिएको भन्दै नेपाली कांग्रेसले विज्ञप्ति जारी गरेको छ ।
क्याम्पस प्रशासनले विवाद मिलाउन भन्दै दुवै विद्यार्थी समूहका प्रतिनिधिहरुलाई क्याम्पस परिसरमा बोलाएको थियो । तर क्याम्पस परिसरबाटै नेपाल विद्यार्थी संघका रोशन हमाललाई सुनियोजित रुपमा विना कारण प्रहरीद्वारा गिरफ्तार गरी झुठ्ठा मुद्दामा फसाउने नियतका साथ षडयन्त्र गरेको विरोधमा नेपाल विद्यार्थी संघले रोशन हमालको रिहाइको माग गर्दै निकालेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी प्रशासनद्वारा नेपाल विद्यार्थी संघ समर्थित विद्यार्थीहरुमाथि जथाभावी बल प्रयोग गरेको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाली कांग्रेस कास्कीको पार्टी कार्यालय भित्रै प्रवेश गरी सरकारको आडमा सुरक्षाकर्मीद्वारा विद्यार्थी नेताहरुमाथि लाठी प्रहार गरी सख्त घाइते बनाएको तथा विष्णु पहारी र सुमन विमलीलाई गिरफ्तार समेत गरेको, साथै, एक छुट्टै शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रममा आजै निर्दोष विक्रम पौडेल र असिम सुवेदी लगायतलाई पनि गिरफ्तार गरेको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएकोछ । संविधानले सुरक्षित गरेको शान्तिपूर्ण विरोध गर्न पाउने अधिकार तथा अभिव्यक्ती स्वतन्त्रताको रक्षा गर्न कांग्रेसले पटक पटक सरकारलाई आग्रह गर्दै आएको छ ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमार्फत शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न पाउने नागरिकको नैसर्गिक अधिकारमाथि वर्तमान सरकारले ठाडो हस्तक्षेप गरेको भन्दै नेपानली कांग्रेसले यस घटनाले सरकारको अधिनायकवादी र सर्वसत्तावादी चरित्र उदाङ्गो बनाएको बताएकोछ । यस घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गरेको छ । घाइते विद्यार्थी नेताहरुको उपचारको व्यवस्था र गिरफ्तार विद्यार्थीलाई तत्काल रिहाई गर्न नेपाली कांग्रेस जोडदार माग गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध भए, अध्यक्षसहित बाँकी पदमा मतदान जारी
माघ १२, २०८१ शनिबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
दाङ पुगेर प्रचण्डले गरे सहिद परिवारसँग भेटवार्ता
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पर्सामा राष्ट्रिय एकता अभियानको कार्यालय स्थापना, चिनियाँ विस्तारवादको कडा आलोचना
माघ ११, २०८१ शुक्रबार
अभिनेत्री ममता कुलकर्णी बनिन महामण्डेलश्वर
माघ १२, २०८१ शनिबार
निकोन एक्सपेरिएन्स हव, नेपालले बजारमा ल्यायो निकोनको नयाँ क्यामरा जेड ५० टू
माघ १२, २०८१ शनिबार
तस्बिरमा हेर्नुस विभिन्न जङ्गली जनावरहरु
माघ १२, २०८१ शनिबार