आर्मी हेडक्वार्टर बनाएको भुक्तानी नपाएपछि पीडितहरु आन्दोलनमा
नेपालबहस संवाददाता
फागुन १३, २०७६ मंगलबार २०:१२:१३
१३ फागुन, काठमाडौं । दुई बर्ष नौ महिना समय लगाएर भद्रकालीमा रहेको सैनिक हेडक्वार्टर बनाएको भुक्तानी नपाएपछि पीडितहरुले आन्दोलन गरेका छन् । हेडक्वार्टर असारदेखी संचालनमा आएको भएपनि पेटी ठेकेदार र कामदारले भने अहिलेसम्म भुक्तानी पाउन सकेका छैनन् ।
पटकपटक आग्रह गर्दा समेत काम गरेको भुक्तानी नपाएपछि आन्दोलन गर्नुपरेको पीडित पेटी ठेकेदार रमेश शिवाकोटीले नेपालबहस डटकमलाई बताए । करिब एक हजार मजदुरहरुको २० देखि २५ करोडसम्म भुक्तानी बाँकी रहेको पनि शिवाकोटीले बताए ।
शिवाकोटीका अनुसार उक्त सैनिक हेडक्वार्टर बनाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ३ सय ५१ करोडमा केसी कन्ट्रक्सनले ठेक्का पाएको थियो । त्यसपछि केसी कन्ट्रक्सनले कुईष्ट इन्फा प्राइभेट लिमिटेड नामक अर्को कन्ट्रक्सनलाई निमार्ण ठेक्काको जिम्मा दिएको थियो । ठेकेदार कुईष्टले विभिन्न साना ठेकेदारहरुलाई विभिन्न निमार्ण सम्बन्धि कामको जिम्मा दिएको थियो । तिनै साना ठेकेदारहरुले मजदुर लगाएर गरेको कामको अहिलेसम्म भुक्तानी नपाएपछि आन्दोलन गर्नुपरेको उनको भनाई छ ।
पेटी ठेकेदारले अहिलेसम्म कुल लागतको जम्मा २० देखि २५ प्रतिशतसम्म मात्रै भुक्तानी पाएको र बाँकी भुक्तानी नपाएका कारण कामदारलाई भुक्तानी गर्न नपाएको शिवाकोटीले बताए । भुक्तानी नपाएपछि प्रधानसेनापति लगायत मुख्य ठेकेदारसम्मलाई पटकपटक घच्घच्याउने र ज्ञापनपत्र बुझाउँदा समेत आफ्ना समस्याको कुनै सुनुवाई नभएपछि आन्दोलन गर्नुपरेको शिवाकोटीले नेपालबहसलाई बताए । भुक्तानी नपाउँदासम्म आन्दोलन जारी रहने उनको भनाई छ ।
आज बिहानदेखि भद्रकाली मन्दिर छेउमै रहेको सैनिक हेडक्वार्टर अगाडि गरिएको धर्नामा मजदुरदेखि सहायक ठेकेदारहरुको बाक्लो उपस्थिति रहेको छ । आफ्नो भुक्तानी बारे प्राधिकरणलाई जनाकारी गराउदा मुख्य ठेकेदारले सबै रकम लगिसकेको जानकारी दिने गरेपछि आफुहरुले भुक्तानी नपाउँदासम्म आन्दोलन गर्नुको विकल्प नभएको लेबर सप्लाईको जिम्मा लिएर भुक्तानी नपाएका पुरुषोत्तम दाहालको भनाई छ ।
यस विषयमा नेपालबहसले सम्पर्क गर्न खोज्दा केसी कन्ट्रक्सनका संचालक रोशन केसी र कुईष्ट इन्फा प्राइभेट लिमिटेडका संचालक सुमित शाहको मोबाइल बन्द भएको पाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पुष २४, २०८१ बुधबार
नवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै
पुष २४, २०८१ बुधबार
बादलुको घुम्टोभित्र घोराही र देउखुरी
पुष २४, २०८१ बुधबार
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार