दुर्लभ बन्यजन्तु रेड पाण्डाको छालासहित ४ जना पक्राउ
नेपालबहस संवाददाता
फागुन १३, २०७६ मंगलबार २०:१०:१४
१३ फागुन, काठमाडौं । काठमाडौं स्थित कपन खरिबोटबाट दुर्लभ बन्यजन्तु रेड पाण्डाको छालासहित चार जना पक्राउ परेका छन् । सिन्धुली तिनपाटन गा.पा वडा नं. ४ बालाजोर घर भई कपन पयैयुटार बस्दै आएका ३९ वर्षका सुर्यबहादुर भुजेल, धादिङ धुनिबेसी न.पा वडा नं.७ झाप्रे घर भई हाल ललितपुर ढोलाहिटी बस्दै आएका वर्ष ४० का सुकबहादुर लामा, कास्की मादी गा.पा, वडा नं.८ तारकाङ घर भई हाल काठमाडौं गौशाला बस्ने वर्ष ३७ का युवराज सापकोटा र काठमाडौं बुढानिलकण्ठ नगरपालिका १३ घर भएका ४० वर्षिया कमला तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उल्लेखित व्यक्तीहरुले रेड पाण्डाको छाला अबैध रुपमा ओसारपसार गर्ने गरेको प्रहरीले जनाएको छ । उनलीहरु यस्तो कार्यमा संम्लग्न रहेको र दुर्लभ रेड पाण्डा लगायतका दुर्लभ बन्यजन्तुका विभिन्न अंगहरुको अबैध बिक्री गर्ने गरेको भन्ने गोप्य सुचनाको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले शरीर खानतलासी गर्ने क्रममा सुर्यबहादुर भुजेलले पछाडी बोकेको कालो रंगको ब्याग भित्र निलो प्लाष्टिकमा बेरिएको अबस्थामा दुर्लभ बन्यजन्तु रेड पाण्डाको छाला १ थान फेला पारी पक्राउ गरेको जनाएको छ । आबश्यक कारवाहीको लागि जिल्ला बन कार्यालय हात्तीसार काठमाडौंमा पठाइएको प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंको काडाँघारीबाट साढे ४ सय किलो बढी रक्तचन्दन बरामद, दुई जना पक्राउ
माघ २, २०८१ बुधबार
भुटानी शरणार्थी प्रकरणः प्रतीकको मुद्दामा कैफियत प्रतिवेदन मगाउन सर्वोच्चको आदेश
पुष २२, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पर्सामा राष्ट्रिय एकता अभियानको कार्यालय स्थापना, चिनियाँ विस्तारवादको कडा आलोचना
माघ ११, २०८१ शुक्रबार
निकोन एक्सपेरिएन्स हव, नेपालले बजारमा ल्यायो निकोनको नयाँ क्यामरा जेड ५० टू
माघ १२, २०८१ शनिबार
तस्बिरमा हेर्नुस विभिन्न जङ्गली जनावरहरु
माघ १२, २०८१ शनिबार
अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसः स्वच्छ ऊर्जा रूपान्तरणमा नेपालले लिएको बाटो
माघ १२, २०८१ शनिबार