सकारात्मक ‘सर्किट ब्रेक’ले शेयर किन्न लगानीकर्ता बीच होडबाजी
नेपालबहस संवाददाता
फागुन १३, २०७६ बुधबार २:३:३३
१३ फागुन, काठमाडौं । उतारचढावका बीच साताको तेस्रो दिन आज पनि धितोपत्र बजारमा चमत्कारिक सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) खुलेको पाँच मिनेटपछि नै दाेस्राे बजार ओह्रालो लाग्न शुरु गरेको थियो । नेप्से झण्डै २६ अंकको गिरावट ल्याउँदै अगाडि बढ्यो । बजार घट्ने छाँटकाँट र आँकलन गर्दा नगर्दै नेप्सेले पुनः ११ः४५ मा १५११ अंक टेक्न पुग्यो । बजार त्यसपछि फेरि केही समय ओह्रालो लयमा लाग्यो । १२ः१८ सम्म १५०० को हाराहारीमा रहेको नेप्सेले त्यसपछि भने उकालो यात्रा सुरु गर्यो ।
उकालो यात्रा कायम राख्दै बढेको नेप्सेले अन्तिमा कारोबार समय ३ बज्दा ४३ दशमलव ०२ बिन्दू कायम गरी लगानीकर्तालाई उत्साहका साथ घर फर्काएको छ । नेप्से आज एक हजार पाँच सय ४५ दशमलव १९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ८ दशमलव ७५ ले वृद्धि भई तीन सय २६ दशमलव ५६ मा पुगेको छ ।
नेप्सेको उच्च अङ्कको वृद्धिसँगै कारोवार रकममा समेत वृद्धि भएको छ । कूल १८० कम्पनीको ७० लाख ५९ हजार ७१२ कित्ता शेयर रु दुई अर्ब ९९ करोड २१ लाख ६० हजार ५२४ मूल्य बराबरको शेयर कारोवार भयो ।
कारोवार भएका कूल १२ उपसमूहमध्ये आज सबै उपसमूहको शेयर वृद्धि भएको छ । त्यसमा बैंकिङ १२ दशमलव ८९, व्यापार ४७ दशमलव ०९, होटल ११ दशमलव २२, विकास बैंक ४४ दशमलव ४९, जलविद्युत् ४६ दशमलव ५१, वित्त १९ दशमलव ४२, निर्जीवन बीमा ३०७ दशमलव ०९, उत्पादन ११८ दशमलव ४२, अन्य ५१ दशमलव ०३, लघुवित्त ८३ दशमलव ४४, जीवन बीमा ६७३ दशमलव ४९ र सामूहिक लगानी कोष शुन्य दशमलव ०९ ले वृद्धि भउको छ ।
स्टकका अनुसार कारोवारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १६ करोड ३३ लाख ५१ हजार १६८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १४ करोड ३६ लाख १५ हजार १८२, शिखर इन्स्योरेन्स कम्पनी रु १० करोड ६५ लाख ३४ हजार ३६२, नेको इन्स्योरेन्स रु नौ करोड ४२ लाख ७७ हजार ५७९, एनएमबी बैंक रु नौ करोड ३५ लाख नौ हजार ६६६ र एनआइसी एशिया बैंकको रु नौ करोड सात लाख ५५ हजार ८५७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेका छन् ।
नेप्सेका अनुसार गुराँस लाइफ इन्स्योरेन्स, हिमालयन डिस्टिलरी र स्वदेशी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले कमाउँदा युनिलिभर नेपाल ९ दशमलव ९९, शिखर इन्स्योरेन्स ९ दशमलव ९८, र लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले ९ दशमलव ९३ प्रतिशतले कमाए । त्यस्तै दिव्यश्वरी हाइड्रोपावर ३ दशमलव ६३, प्रोगेसिभ फाइनान्स २ दशमलव ६७, रिलायन्स फाइनान्स २ दशमलव ६४, एभरेष्ट बैंक १ दशमलव ९२, एनआइब्एिल प्रगति फण्ड १ दशमलव १७ र पाँचथर पावर कम्पनीका लगानीकर्ताले ० दशमलव ७६ प्रतिशतले गुमाए ।
समग्रमा हेर्दा आजको शेयर कारोबारबाट के कुरा बुझ्न सकिन्छ भने लगानीकर्ता अझै शेयर बजारमा लगानी बढाउन चाहन्छन् । बजारमा शेयर बेच्ने भन्दा किन्नेको चाप अझै केही दिन बढ्न सक्ने देखिन्छ । यदि गएको तीन दिनलाई आधार मान्ने हो भने बजारमा नयाँ लगानीकर्ता र पुराना लगानीकर्ताहरु नै शेयर किन्नका लागि कस्सिएका छन् । यसले बजारमा उत्साह नै थपेको एक ब्रोकरले बताए ।
राम्रो लाभांश र बोनसहरु दिँदै आएका कम्पनीहरुका शेयर किन्नका लागि लागनीकर्ता बीच नै बढीबढाउ मुल्यमा शेयर किन्न हाेडबाजी नै चलेको उनले नेपालबहस डटकमलाई बताए । नेप्से परिसूचक बढेसँगै आज १० कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । युनिलिभर नेपाल, हिमालयन डिष्टिलरी, स्वदेशी लघुवित्त, गुराँस लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स लगायतका कम्पनीहरुमा सकारात्मक सर्किट ब्रेक लागेको हाे ।
सहयोगी विकासकाे लाभांश
सहयाेगी विकास बैंकले गतवर्ष भन्दा यसवर्ष दिने नगद लाभांश दर घटाएको छ । बैंकले अघिल्लाे वर्ष घोषणा गरेको लाभांशको तुलनामा अहिले ०.५७ प्रतिशत नगद लाभांश घटाएको छ । बैंकले हाल कायम चुक्ता पूँजीको १८.७२१५ प्रतिशत मात्र नगद लाभांश वितरण गर्ने भएको छ । यसअघि बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १९.३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
गत कात्तिक १६ गते सो दरमा नगद लाभांश वितरण गर्ने सञ्चालक समितिले निर्णय गरी स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको थियो । तर, राष्ट्र बैंकले आगामी साधारण सभाले स्वीकृत गरेपछि मात्र १८.७२१५ प्रतिशत नगद लाभांश वितरण गर्न अनुमति दिएको बैंकले जानकारी दिएकाे छ ।
शिखर इन्स्योरेन्सको मुल्य समायोजन
आजबाट शिखर इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएसँगै उच्च कारोबार भएको छ । इन्स्योरेन्सले चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद निष्काशन प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले नयाँ शेयरमूल्य निर्धारण गरेको हो । नेप्सेले इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता एक हजार ५३ रुपैयाँ ८५ पैसा कायम गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात १० बराबर ३ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले फागुन १३ गतेदेखि बुकक्लोज गरेको छ । यस अनुसार फागुन १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन सक्नेछन् ।
अपीलाई हकप्रद निष्काशनकाे अनुमति
अपी पावर कम्पनी लिमिटेडले हकप्रद निष्काशन गर्ने अनुमति पाएकाे छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हाल कायम चुक्ता पूँजीको ४७ प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति दिएको हो । कम्पनीले दुईसय प्रतिशत हकप्रद निष्काशनका लागि २०७५ पुस १ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । तर, बोर्डले ४७ प्रतिशत मात्र हकप्रद निष्काशनको अनुमति दिएको छ ।
हकप्रदकाे अनुमति पाएसँगै आज यस कम्पनीकाे शेयर मुल्य बढेकाे छ । कम्पनीले १ बराबर ०.४७ अनुपातमा हकप्रद निष्काशन गर्न फागुन १२ गते बोर्डबाट अनुमति पाएको छ । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । कम्पनीको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब १९ करोड ७ लाख रुपैयाँ छ । हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ करोड ३ लाख रुपैयाँ पुग्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप४९ अंकले बढेर सोमबार नेप्सेमा हरियाली, ६ अर्ब ३० करोड बढीका शेयर खरिदबिक्री भए
पुष २२, २०८१ सोमबार
पुँजीबजारको निष्पक्ष र पारदर्शी विकासका लागि प्रतिबद्ध छु : अध्यक्ष श्रेष्ठ
मंसिर २६, २०८१ बुधबार
नेप्सेमा गिरावट कायमै, कारोबार रकम साढे पाँच अर्बमा खुम्चियो
मंसिर २४, २०८१ सोमबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
रौतहटमा हात्तीको उपद्रो, बिघौँबिघा जमिनमा लगाएको केराबारी नष्ट
पुष २६, २०८१ शुक्रबार
झापामा सीमास्तम्भ मर्मत गरिँदै
पुष २६, २०८१ शुक्रबार
धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना, चालक र सहचालकको मृत्यु
पुष २६, २०८१ शुक्रबार
५० शैय्याको अस्पताल भवन: थपिएको म्याद सकियो, निर्माण सकिएन
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार