स्रोत नखुलेको पैसा झोलामा बोक्दै हुनुहुन्छ ? होस् गर्नुस है, प्रहरीको फन्दामा पर्नुहोला !
नेपालबहस संवाददाता
फागुन १४, २०७६ बुधबार १६:३२:३०
१४ फागुन, पर्सा । कतै तपाई स्रोत नखुलेको पैसा झोलामा बोकेर हिडिरहनु भएको त छैन् ? यदि छ भने होस् गनुर्स है ! नत्र प्रहरीको फन्दामा पर्नुहोला । यस्तै घटना हिजो बीरगञ्जमा घटेको छ ।
उनीहरुलाई वीरगंज महानगरपालिका-१० आदर्शनगरस्थित सडकबाट स्रोत नखुलेको रकम १९ लाख ७१ हजार रुपैयाँ सहित २ जनालाई सोमबार दिउँसो पसौ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका-१६ बस्नेहरु ४१ वर्षीय संजय कुमार साह र ३० वर्षीय जयलाल महतो रहेका छन् । वडा प्रहरी कार्यालय विर्ता पर्साबाट खटिएको प्रहरीले बा.४८ प ६५९७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार साहको साथबाट ९ लाख ७१ हजार रुपैयाँ र महतोको साथबाट १० लाख रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो ।
यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१६ स्थित ईनवा गाउँ जाने बाटोबाट स्रोत नखुलेको नगद ७ लाख रुपैयाँसहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत रक्सौल डुमरियाका ३५ वर्षीय विजयकुमार ठाकुर र पर्सा वीरगंज महानगरपालिका-१६ नगवा बस्ने ३१ वर्षीय राजुकुमार कलवार रहेका छन् ।
उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले सवारी साधन जाँच गर्ने क्रममा बिआर ०५ एए ७२५५ नम्बरको मोटरसाइकल चालक ठाकुरको साथबाट नगद ४ लाख रुपैयाँ र बिआर ०५ डि ५०१८ नम्बरको मोटरसाइकल चालक कलवारको साथबाट नगद ३ लाख रुपैयाँ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका सबै जना उपर अवैध वित्तिय कारोवार (हुण्डी) शीर्षक मुद्दामा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन
मंसिर १७, २०८१ सोमबार
आठ डीआईजीले पाए दर्ज्यानी चिन्ह
मंसिर १७, २०८१ सोमबार
नब्बे लाख बराबरको औषधीजन्य सामाग्रीहरूसहित ट्रक नियन्त्रणमा
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार