बामदेव राष्ट्रियसभामा आउन राजी भएपछि ओलीलाई राजनीतिक लाभ
नेपालबहस संवाददाता
फागुन १४, २०७६ बुधबार २०:३४:५१
१४ फाल्गुण, काठमाडौं । सत्ताधारी नेकपाको आज बिहान बसेको सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा नियुक्तिका लागि सरकारलाई सिफारिश गर्ने निर्णय गरेको छ । साथै, यसअघिको सचिवालय बैठकले गठन गरेको भनिएको विवादास्पद संविधान संशोधन कार्यदल खारेज गरेको छ ।
राष्ट्रिय राजनीतिमा महत्वपूर्ण अर्थ राख्ने यी दुबै निर्णयले देशको आगामी राजनीतिक यात्रा समेत निर्धारण गर्नेछ । आगामी फागुन २० गतेदेखि पदमुक्त हुन लागेका अर्थमन्त्री डा. युवराज खतिवडाको ठाउँमा लैजान प्रधानमन्त्री केपी ओलीलाई सचिवालय बैठकले आग्रह गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
गौतमलाई राष्ट्रियसभामा लैजान सचिवालयले सिफारिश गरेपछि अर्थमन्त्री डा. खतिवडाको जागिर धरापमा परेको छ ।नेपालको संविधान अनुसार मन्त्री बन्न कुनैपनि सदनको सदस्य अर्थात सांसद हुनु अनिवार्य छ ।
उपाध्यक्ष गौतमलाई प्रधानमन्त्रीको कोटाबाट मनोनयन गर्न राष्ट्रपति समक्ष सिफारिश गरिने छ । साथै, संविधान संशोधन कार्यदल खारेज भएपछि गौतमको प्रधानमन्त्री बन्ने चाहना र आकांक्षा तत्कालका लागि भने टरेको छ ।
यो निर्णयले प्रधानमन्त्री ओलीलाई राजनीतिक रुपमा ठूलो प्राप्ति भएको बुझाई कतिपयको रहेको छ । गौतमलाई आफ्नो मन्त्रिमण्डलमा ल्याउन ओली सफल भएभने उनी विरुद्धको मोर्चाबन्दी मत्थर हुने धेरैको बुझाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री ओली बेइजिङमा, चिनियाँ उपमन्त्रीले गरे स्वागत
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार