भ्रमण वर्ष २०२०लाई लक्षित गर्दै हिल स्टेशन निर्माण
नेपालबहस संवाददाता
फागुन १४, २०७६ बुधबार २०:४८:२०
१४ फागुन, सिन्धुपाल्चोक । लिसङ्खुपाखर गाउँपालिका–५ स्थित मुढेमा ६० फिट उचाइको हिल स्टेशन निर्माण गरिने भएको छ । नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले वाग्मती प्रदेश सरकारको रु आठ करोड ८५ लाख अनुदान सहयोगमा निर्माण गर्न लागेको हो । दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त टावरको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको गाउँपालिकाको अध्यक्ष कमल नेपालले बताएका छन् । कूल ४० रोपनी क्षेत्रफलमा निर्माण गरिने सो स्थानमा बाल उद्यान, वनभोजस्थल, सामाजिक लज तथा बगैँचासमेत निर्माण गरिने छ ।
समुद्री सतहबाट २५०० मिटर उचाइमा पर्ने उक्त स्थानबाट नजिकै पर्ने दोलखाको सैलुङ, कालीञ्चोक मन्दिर, गौरी शङ्कर तथा सिन्धुपाल्चोकको जुगल हिम शृङ्खला दार्जे लाक्पालगायत देख्न सकिन्छ । त्यसैगरी दोलखा, सिन्धुपाल्चोक, रामेछाप, ओखलढुङ्गा तथा काभ्रे जिल्लाको समेत दृश्यावलोकन गर्न सकिन्छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रथम आरोही न्युजिल्याण्डका सर एडमण्ड हिलारी र नेपाली तेञ्जिङ नोर्गे सन् १९५३ मा त्यही बाटो भएर सगरमाथा आरोहणका लागि गएका थिए । उनीहरु सोही स्थानमा बास बसेको भन्नेसमेत स्थानीय वृद्धले बताएका छन् । उक्त हिल स्टेशनको वाग्मती प्रदेशका पर्यटन, उद्योग वन तथा वातावरणमन्त्री अरुण नेपालले हालै शिलान्यास गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०२४ मा १० हजार पर्यटकले गरे मनास्लु क्षेत्रको भ्रमण
पुष २४, २०८१ बुधबार
पर्यटकीयस्थल घोडेपानीमा हिमपात, जनजीवन प्रभावित
पुष २३, २०८१ मंगलबार
तालतलैयामा आगन्तुक चराको चहलपहल, जलपन्छी गणना सुरु
पुष २२, २०८१ सोमबार
५० किलो गाँजासहित ४ जना पक्राउ
पुष २४, २०८१ बुधबार
लागूऔषधसहित विभिन्न ठाउँबाट सात जना पक्राउ
पुष २४, २०८१ बुधबार
पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पुष २४, २०८१ बुधबार
नवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै
पुष २४, २०८१ बुधबार