पोखरामा सैनिक अस्पताल सञ्चालनमा
नेपालबहस संवाददाता
फागुन १४, २०७६ बुधबार २३:३९:१४
१४ फागुन, पोखरा । नेपाली सेनाका हिताधिकारीका लागि लक्षित गरी निर्मित अस्पताल आजदेखि सञ्चालनमा आएको छ । सैनिक कल्याणकारी कोषको रु १६ करोडको लागतमा निर्मित उक्त सैनिक अस्पतालको प्रधान सेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरेका छन् । नेपाली सेनाको भगवती गण दल फूलबारी ब्यारेकको हातामा लगभग साढे चार रोपनी जग्गामा निर्मित दुई तल्ले भवनसहितको अस्पताल ५० श्यया क्षमताको छ ।
नेपाली सेनामा कार्यरत एवं भूतपूर्व सेनाका आश्रित परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिने उक्त अस्पतालमा आकस्मिक सेवा, प्याथोलोजी, अल्ट्रासाउण्ड, एक्स–रे, सहित औषधि वितरण कक्ष, भौतिक चिकित्सा र जनरल ओपिडी सेवा रहेका छन् । त्यस्तै मेडिकल सघन उपचार केन्द्र, आइसोलेसन वार्ड, बालरोग, पुरुष, महिला, पोष्ट अपरेटिभ वार्डसहित प्रसूति शल्यक्रिया कक्ष, सर्जिकल शल्यक्रिया केन्द्र र मुख्य ओटी सेवा सञ्चालन गरिएको छ ।
अस्पताल सञ्चालनसँगै गण्डकी प्रदेशअन्तर्गतका नेपाली सेनामा कार्यरत एवं पूर्वभूपू सेनाका आश्रित परिवारलाई सर्वसुलभ स्वास्थ्य सेवा पुग्ने विश्वास व्यक्त गर्दै उनले यसबाट लक्षित वर्गले भरपुर उपयोग लिनुपर्नेमा जोड दिएका छन् ।
अस्पतालका प्राविधि प्रमुख सेनानी डा आरजु चन्द्र सिंहका अनुसार अस्पतालमा हाल विभिन्न विषयका चिकित्सकसहित ७७ कर्मचारीको व्यवस्था भइसकेको छ । अस्पताल सञ्चालनसँगै गण्डकी प्रदेश अन्तर्गतका ११ जिल्लाका २० हजारभन्दा बढी सेना र आश्रित परिवारलाई सुविधा पुग्ने विश्वास व्यक्त गर्दै उहाँले नेपाली सेनाले यसअघि ६३५ श्ययाको सैनिक अस्पताल छाउनी र ५० श्ययाको नेपालगञ्ज अस्पताल सञ्चालन भइसकेको तथा इटहरीमा ५० श्ययाको अस्पताल सञ्चालनको तयारीमा रहेको जानकारी दिएका छन् । अपाङ्गमैत्री सो अस्पताल भवन एक वर्षको अवधिमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधान सेनापतिद्वारा रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान
मंसिर १४, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार