बामदेवका कारण नेकपा टुक्रने खतरा
नेपालबहस संवाददाता
फागुन १४, २०७६ बिहिबार १:१६:५६
१४ फागुन, काठमाडौं । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष खड्गप्रसाद ओलीले पार्टीका प्रभावशाली नेता बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य स्वीकार नगर्ने जनाएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टी सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई एक मात्र खालि रहेको राष्ट्रियसभाको सदस्य बनाउने निर्णय आज नै गरेको थियो । यदि समय थप नहुने हाे भने आगामी फागुन २० गते कार्यकाल सकिएपछि वर्तमान अर्थमन्त्रीसमेत रहेका राष्ट्रियसभा सदस्य डा. युवराज खतिवडा स्वतः पदमुक्त हुँदैछन् ।
यदि पार्टी सचिवालयको आज भएको निर्णय प्रधानमन्त्री ओलीले नमानेर पुनः हालका अर्थमन्त्रीलाई नै समयावधी धपेर खतिवडालाई नै अर्थमन्त्रीको रुपमा निरन्तरता दिने कसरत गरेमा पार्टीभित्र नै ओलीविरुद्ध अविस्वासको प्रस्ताव ल्याउन पर्ने अवस्था सिर्जना हुने एक नेकपा नेताले बताए ।
उनले भने “सिगो पार्टी कमिटी नै बसेर गरेको निर्णयमा यो र त्यो बहानामा प्रधानमन्त्री एकलौटी सत्ता र पार्टी संचालन गर्ने सोचमा हुनुहन्छ भने त्यो कदापी मान्य हुँदैन” । उनले भने “यदि प्रधानमन्त्री विभिन्न बहानाबाजी गर्दै पार्टी कमिटीलाई नै चुनौती दिनुहन्छ भने गौतामजीको विवादले उग्र रुप लिने छ र यस कारण पार्टीले ठूलो क्षती व्यहोर्न पर्ने हुन्छ ।”
उनले भनेका छन् :– “आज पार्टीलाई एकढिक्का हुन जसले जुटायो उसैलाई प्रधामन्त्री ओलीले नमान्नुको कारण मैले बुझन् सकेको छैन । यस विषयमा पार्टीको शिर्षतहमा नै भित्री छलफल भइरहेको छ ।” यसअघि पार्टी प्रवक्तासमेत रहेका नेता नारायणकाजी श्रेष्ठले बामदेव गौतमको विषयमा सचिवालय बैठकमा सर्वसम्मत निर्णय भएको जनाकारी दिएका थिए ।
र याे पनि …प्रचण्ड, खनाल र गौतमलाई खातैखात
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध भए, अध्यक्षसहित बाँकी पदमा मतदान जारी
माघ १२, २०८१ शनिबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
दाङ पुगेर प्रचण्डले गरे सहिद परिवारसँग भेटवार्ता
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पर्सामा राष्ट्रिय एकता अभियानको कार्यालय स्थापना, चिनियाँ विस्तारवादको कडा आलोचना
माघ ११, २०८१ शुक्रबार
अभिनेत्री ममता कुलकर्णी बनिन महामण्डेलश्वर
माघ १२, २०८१ शनिबार
निकोन एक्सपेरिएन्स हव, नेपालले बजारमा ल्यायो निकोनको नयाँ क्यामरा जेड ५० टू
माघ १२, २०८१ शनिबार
तस्बिरमा हेर्नुस विभिन्न जङ्गली जनावरहरु
माघ १२, २०८१ शनिबार