आधुनिक उपकरणसहित ५० श्ययाको सैनिक अस्पताल सञ्चालनमा
नेपालबहस संवाददाता
फागुन १६, २०७६ शुक्रबार २२:१२:१७
१६ फागुन, इटहरी । पूर्वी पृतनामा आधुनिक उपकरणसहितको ५० श्ययाको सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएको छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले आज एक समारोहबीच अस्पतालको उद्घाटन गर्दै नेपाली सेनाका बहालवाला तथा सेवानिवृत्त आफन्त तथा परिवार स्वास्थ्य समस्याबाट पीडित भएर काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्यका लागि सेनाले अस्पताल निर्माण गरेको बताएका छन् ।
अस्पताल सञ्चालनमा आएपछि प्रदेश एक तथा आसपासमा बसोवास गर्ने सेनाका आफन्त तथा उनीहरुका आश्रितले सामान्य रोगको उपचार गराउन काठमाडौँ जानु नपर्ने बताएका छन् । यहाँ उपचार हुन नसक्ने बिरामीको लागि विराट अस्पतालसँग सम्झौता भएकाले तुरुन्तै यहाँबाट रेफर गरेर पठाइने बिरामीको त्यस अस्पतालमा सबै किसिमको उपचार हुने समेत उनले बताए ।
प्रधानसेनापति थापाले अहिले यस अस्पतालमा बहालवाला सेना तथा उहाँका आश्रितको मात्र उपचार हुने भए पनि पछि यहाँका जनप्रतिनिधि तथा उद्योगी व्यापारीको अनुरोधमा सर्वसाधारण नागरिकको पनि उपचार गराइने बताए । हाल यस अस्पतालबाट छातीरोग, बालरोग, स्त्रीरोग, दन्त चिकित्सा, हाडजोर्नी तथा मेडिकल सेवा उपलब्ध हुने भईरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजङ्गीअड्डामा ‘नेपाली सेना फोटो प्रदर्शनी’ हुँदै
माघ ४, २०८१ शुक्रबार
सेनाको सहयोगमा पाँच सय ३१ जनाको निःशुल्क आँखाको शल्यक्रिया
माघ ३, २०८१ बिहिबार
रूपेन्देहीमा रवि लामिछानेको थुनछेक बहस सुरू
माघ ९, २०८१ बुधबार
कञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
२६ लाख राशीको सभापति कप फुटबल प्रतियोगिता आजदेखि सुरु
माघ १०, २०८१ बिहिबार
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
माघ १०, २०८१ बिहिबार
आन्तरिक स्रोत साधन परिचालन गरी ४५ किलोमिटर सडक स्तरोन्नति हुँदै
माघ १०, २०८१ बिहिबार
गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन
माघ १०, २०८१ बिहिबार
भारतमा रेलमा आगलागीको अफवाह पछि भागदौड हुँदा ४ नेपालीसहित १३ जनाको मृत्यु
माघ १०, २०८१ बिहिबार
सुप्रिम सहकारी ठगी प्रकरणः रावि लामिछानेमाथि आजदेखि थुनछेक बहस
माघ १०, २०८१ बिहिबार