बाँस्कोटामाथि कारबाही गर : ट्रान्सपरेन्सी नेपाल
नेपालबहस संवाददाता
फागुन १६, २०७६ शुक्रबार २२:१६:१३
१६ फागुन, काठमाडौं । सेक्युरिटी प्रेस खरिद प्रकरणमा दोषी भनिएका तत्कालिन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटालाई जोगाउने नियतले प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ति सार्वजनिक भएसँगै भ्रष्टाचारविरोधी आन्दोलनको अगुवाई गर्ने ट्रान्सपरेन्सी नेपालले चासो देखाएको छ ।
ट्रान्सपरेन्सीको नेपाल च्याप्टरले तत्कालिन मन्त्री तथा त्यस प्रकरणका सम्पूर्ण मतियारलाई तत्काल छानबीनको दायरामा ल्याई कानूनी प्रकृया अघि बढाउन माग गरिएको छ । ट्रान्सपरेन्सी नेपालका च्याप्टर प्रमुख खेमराज रेग्मीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सो प्रकरणमा मुछिएका तत्कालिन मन्त्री लगायत सबै मतियारमाथि सम्वन्धित निकायले कारबाही गर्न माग गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ – भ्रष्टाचार उद्योग प्रकरणमा संलग्न तत्कालिन मन्त्रीसहित अन्य मतियारहरुलाई कुनै पनि शक्ति केन्द्रको दवाव र प्रभावमा नपरी निष्पक्ष तथा निर्भिकतापूर्वक यथाशीघ्र कारबाही प्रकृया अगाडि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत सम्बन्धित निकायहरुको गम्भिर ध्यान आकर्षण गराउन चाहन्छौं ।
प्रधानमन्त्री ओलीले हिजो एक सार्वजनिक कार्यक्रममा बाँस्कोटाको अडियो टेप सार्वजनिक गर्ने मानिस गलत भएकाले अपराध पुष्टी नभएको भनी बचाउ गरेका थिए । साथै आजै मात्र आरोपित बाँस्कोटाले अडियो टेप सार्वजनिक गर्ने विजयप्रकाश मिश्र विरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती मुद्धा दायर गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँचौँ ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन नेपालमा हुने
माघ ८, २०८१ मंगलबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार
लायन्सले वितरण गर्यो बेथानका बाढीपीडितलाई जस्ता
पुष २४, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पर्सामा राष्ट्रिय एकता अभियानको कार्यालय स्थापना, चिनियाँ विस्तारवादको कडा आलोचना
माघ ११, २०८१ शुक्रबार
अभिनेत्री ममता कुलकर्णी बनिन महामण्डेलश्वर
माघ १२, २०८१ शनिबार
निकोन एक्सपेरिएन्स हव, नेपालले बजारमा ल्यायो निकोनको नयाँ क्यामरा जेड ५० टू
माघ १२, २०८१ शनिबार
तस्बिरमा हेर्नुस विभिन्न जङ्गली जनावरहरु
माघ १२, २०८१ शनिबार