बाक्लो हिउँले विद्यार्थीको वार्षिक परीक्षा नै प्रभावित
नेपालबहस संवाददाता
फागुन १७, २०७६ आइतबार १:०:४२
१७ फागुन बलेवा । चिसो छल्न बेंसी झरेका अभिभावक हिमपातका कारण लेक फर्किन समय लाग्ने भएपछि यहाँका विद्यार्थीको वार्षिक परीक्षा नै प्रभावित हुने खतरा बढेको छ । बागलुङको ढोरपाटन नगरपालिका–९ बोवाङका विद्यार्थीको परीक्षा पछिल्लो पटक भएको हिमपातले प्रभावित हुने खतरा बढेको हो ।
हिउँदमा बेंसी झर्ने र बर्खामा लेक ‘घर’ फर्कने बागलुङको ढोरपाटन नगरपालिका–९ बोवाङ माथिल्लो क्षेत्रका स्थानीयको वार्षिक तालिका नै हो । सोहीअनुसार फागुनको तेस्रो साता शुरु हुँदा बेंसी झरेका बोवाङवासी लेक फर्केका छैनन् । चिसो बढेपछि स्थानीयवासी पशुचौपया लिएर बेंसी झर्छन् । हिउँदेबाली बेंसीमै लगाउन छन् । गर्मी महिनाको शुरुआतसँगै साविक बोवाङ गाविस वडा नं ६, ७, ८ र ९ का स्थानीय पुनःबर्खे खेती लगाउन लेक जान्छन् ।
जाडोको समयमा अभिभावक बेंसी झरे विद्यालय उमेर समूहका बालबालिका भने अध्ययनका लागि जाडो खेपेरै भए घरमा बस्न बाध्य हुन्छन् । यही साता परेको बाक्लो हिउँले ढोरपाटन नगरपालिका–९ चिसापानीस्थित ज्योति आधारभूत विद्यालयको पठनपाठन प्रभावित छ ।
बस्तीदेखि विद्यालयसम्म डेढ फिटसम्म बाक्लो हिउँ जमेका कारण बालबालिका विद्यालय आउन सकेका छैनन् । “चिसोमा आफँै पकाएर खाने विद्यार्थी विद्यालय आउन सकेका छैनन्”, ज्योति आधारभूत विद्यालयका प्रधानध्यापक टकबहादुर अदैले भने, “अभिभावक साथमा नहुँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।”
प्रधानध्यापक अदैका अनुसार बाक्लो हिउँका कारण अभिभावक घर फर्कंन सकेका छैनन् । अभिभावक घर नआउँदा सानासाना विद्यार्थी फागुन २७ गतेदेखि सञ्चालन हुने वार्षिक परीक्षामा सहभागी नहुने खतरा बढेको प्रधानाध्यापक अदैको भनाइ छ । “यो जाडोमा विद्यार्थीलाई खाना पकाएर खान मुश्किल छ कसरी विद्यालय आउन सक्छन्”, उनले भने, “सम्पर्क भएका अभिभावकलाई घर फर्कन अनुरोध गरेका छौँ, कति सफल हुन्छ हेर्न बाँकी छ ।”
फागुन महिनामा मात्रै ढोरपाटनमा तीनपटक हिमपात भएको छ । विद्यालयले पुस १५ गतेदेखि फागुन ३ गतेसम्म वर्षे बिदा दिएको थियो । अन्य विद्यालयले वर्षे बिदा दिँदा सो विद्यालयले भने जाडो बिदा दिँदै आएको छ । जाडोयाम शुरु भएसँगै त्यहाँका स्थानीय जाडो छल्न बोबाङ, अधिकारीचौरलगायतका स्थानमा घुम्ती बसाइँ सर्ने गर्दछन् ।
बाक्लो परेको हिउँ पग्लिन समय लाग्ने भएकाले विद्यालयले लिने वार्षिक परीक्षा शुरु हुनेबेलासम्म हिउँ पग्लिने सम्भावना कम छ । अभिभावक गाउँ नफर्केसम्म विद्यार्थी नियमित विद्यालय पुग्ने सम्भावनासमेत कम रहेको प्रधानाध्यापक अदै बताउनुहुन्छ ।
पूर्ण सरसफाइयुक्त जिल्ला बनाउने अभियान शुरु
बागलुङलाई पूर्ण सरसफाइयुक्त जिल्ला बनाउने अभियान थालिएको छ । सुआहारा परियोजना र बागलुङ नगरपालिकाले यो अभियान थालेका छन् । खानेपानी, सरसफाइ तथा स्वच्छता योजना निर्माणका लागि प्रारम्भिक कार्यशालामार्फत दीर्घकालीन योजना निर्माणमा सहकार्य थालिएको हो ।
अभियानमा प्रत्येक घरमा शौचालय, सङ्घसंस्थामा शौचालय र खुला दिशामुक्त बनाउनुका साथै घरघरमा साबुन पानीले हात धुने व्यवस्था गरिनेछ । घरघरमा भाडा धुने छुट्टै र सुकाउने स्थान, शौचालय गएर आएपछि साबुनपानीले हात धुने व्यवस्थालगायतका सूचक पूरा गरेको बनाउने छलफल भएको सुआहारा परियोजनाकी खानेपानी तथा स्वच्छता अधिकृत टीका उप्रेतीले बताए ।
‘हरेक बार, खाना चार’ भन्ने नारासहित आमा र बच्चाको स्वास्थ्यमा सुधार गर्ने कार्यक्रम चलाएको सुआहाराले मानव विकास सूचक वृद्धि गर्न सरसफाइका सबै संरचना निर्माणमा पनि नगरपालिकालाई उत्तरदायी बनाउन लागेको हो । चर्पी सफा बनाउने र पानीको व्यवस्थापन गर्दा हरेक घरको प्रतिष्ठा बढ्ने सन्देश प्रवाह गरिँदै आएको छ । नेपाल भ्रमण वर्ष सफल पार्न र गाउँगाउँमा पर्यटक लैजान हरेक घर सफा, शौचालय भएको, साबुन पानीले हातधुने बानी र उचित स्थानको व्यवस्थासमेत भएको बनाउन नगरपालिकालाई आग्रह गरिएको थियो ।
नगरप्रमुख जनकराज पौडेलले पूर्ण सरसफाइको अभियानमा नगरपालिकाले साथ दिने बताए । उनले सार्वजनिक शौचालय बनाएर व्यवस्थापन गर्ने चुनौती पूरा गर्ने र घरघरले फोहरको व्यवस्थापन गर्ने अवस्था सिर्जना गर्न लागेका बताए । उनले नगरपालिकाले व्यवस्थित ढल निकासको कार्यक्रमसमेत ल्याएकाले बागलुङ नगर सरसफाइमा अब्बल बन्ने विश्वास व्यक्त गरे।
नगरपालिकामा प¥र्याप्त खानेपानी र सरसफाइका लागि पानीको व्यवस्थापन गर्न पनि लागिएका हो । नगरपालिकाले धुवाँमुक्त, पूर्ण खोपयुक्तलगायतका सूचक पूरा गरिसकेको बताए । जिल्लाका सबै वडालाई पूर्ण सरसफाइ बनाउने र आगामी २०३० सम्ममा सबैका लागि सधैँका लागि सरसफाइ भएको देश बनाउने अभियान पूरा गर्नेसमेत बताइएको छ ।
त्यसका लागि हरेक वडातहमा खानेपानी तथा स्वच्छता समिति गठन गरेर सरसफाइको पूर्ण स्वामित्व लिने व्यवस्थापन गर्न लागिएको सुआहारा कार्यक्रमका जिल्ला संयोजक चिरञ्जीवी दाहालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविदेश पढ्न जाने नेपालीको संख्या बढ्दै, ५ महिनामा मात्रै ४७ अर्ब ३४ करोड खर्च
माघ ४, २०८१ शुक्रबार
यस वर्षको एसईई चैत ७ गतेदेखि सुरु हुने, यस्तो छ परीक्षा तालिका
माघ १, २०८१ मंगलबार
जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार